काठमाण्डौ । ललितपुरबाट एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् ।

खोटाङ साकेला गाउँपालिका स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने २३ वर्षीय शिवकुमार बिक पक्राउ परेका हुन् । मापसे गरेर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले खानतलास गर्दा कम्बरमा भिरेको मनी व्यागमा ५००००४९१ नम्बरको चाइनिज पेस्तोल (म्याग्जिनसहित) फेला परेको ललितपुर प्रहरीले जनाएको छ । 

उनको साथबाट प्रहरीले चार लाख ७८ हजार रुपैयाँ पनि बरामद गरेको छ ।