विराटनगर ।  झापाको मेचीनगर नगरपालिका-६ मेचीपुल स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई र नियन्त्रित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


कार्तिक ७ गते साँझ इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ का २१ बर्षीय अशोल राजवंशी र २२ बर्षीय रिचार्ड श्रेष्ठको साथबाट २ ग्राम ६ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिएको थियो ।


यसैगरी मोरङको प्रहरी चौकी अमरदहले चेकजाँचको क्रममा कार्तिक ७ गते दिउँसो १ बजे को २१ प २८३३ नम्बरको मोटरसाईकलमा जेब्रा झोला भित्र ३० वटा प्याकेटमा प्याक गरेर ल्याउदै गरेको १५ हजार नियन्त्रित ट्याब्लेट सहित मोटरसाईकल चालक मोरङको कटहरी गाउँपालिका-१ का ३५ बर्षीय निरज राजवंशीलाई नियन्त्रणमा लिएको हो ।


उनको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भई रहेको छ ।