काठमाण्डौ  ।  युनाइटेड परिवर्तन समूहका सदस्यहरू माइतीघरबाट पक्राउ परेका छन।

माइतीघर मण्डलामा ‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत भदौ २३ र २४ गतेको ‘जेन्जी आन्दोलन’मा मृत्यु भएका सहिदहरूको सम्झनामा फोटोसहितको ब्यानर प्रदर्शन गर्ने तयारी गरेका थिए ।

तर प्रहरी प्रशासनले अनुमति बिना सार्वजनिक प्रदर्शन गर्न नपाइने भन्दै उनीहरूलाई रोक्दै नियन्त्रणमा लिएको हो । माइतीघर विभिन्न जेनजी समूह तथा अन्य समूहले दिनहुँजसो प्रदर्शन गर्दै आइरहेका थिए । सरकारलाई दबाब दिने उद्देश्यले उनीहरूले प्रदर्शन जारी राखेको बताउँदै आएका छन् । अनुमति नलिई नै प्रदर्शनमा आउनेहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार हालसम्म नियन्त्रणमा लिइएकाहरूको सङ्ख्या ७५ जना पुगेको छ ।