एजेन्शी । उत्तरपश्चिम क्यानडामा ७ म्याग्निच्युडकाे शक्तिशाली भूकम्प गएको छ।अमेरिकाको अलास्का र क्यानडाको युकोन क्षेत्रको सिमानामा शक्तिशाली भूकम्प गएको छ। यो भूकम्पलाई देशकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ।
भूकम्प युकोन टेरिटोरीमा स्थानीय समय अनुसार शनिबार दिउँसो १:४१ बजे गएको हो। अमेरिकी भूगर्भ सर्वेक्षणका विज्ञहरूका अनुसार भूकम्प करिब १० किलोमिटर गहिराइमा गएको थियो।
भूकम्पको केन्द्रबिन्दु अलास्काको जुनाउबाट लगभग ३७० किलोमिटर उत्तरपश्चिममा र युकोनको ह्वाइटहर्सबाट लगभग २५० किलोमिटर पश्चिममा थियो। अमेरिकी अधिकारीहरूले भूकम्पपछि दुई परकम्प पनि गएको बताएका छन्। भूकम्पबाट भएको छ्यती बिवरण आउन बाकि छ।






































