विराटनगर ।  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले तिनजना प्रहरिलाइ मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोसित गरेको छ।1जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव निरीक्षक धर्मेन्द्र कार्की, इलाका प्रहरी कार्यालय पथरी मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक नमराज कार्की र कोशी प्रदेश प्रहरी कार्यालय विराटगर (PIT) मा कार्यरत प्रहरी सहायक हवल्दार टिका राम निरौलालाई मंसिर महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।2विभागीय मूल्य-मान्यताआदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव निरीक्षक धर्मेन्द्र कार्कीले सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी सफारी चालक ४५ बर्षीय  दिनेश कुमार चौधरीलाई  गोली प्रहार गरी हत्या गरेको घटनाको मुख्य योजनाकार नन्दकिशोर साह सहित  ७ जनालाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन मुख्य भूमिका निर्वाह गरेको साथै प्रहरी सहायक निरीक्षक नमराज कार्की र प्रहरी सहायक हवल्दार टिका राम निरौलाले मोरङको लेटाङ नगरपालिका-२ का नविन गौतमको छोरी १२ बर्षीया अंशु गौतमको हत्या भएको घटनाको अनुसन्धानको क्रममा महत्वपूर्ण भूमिका वहन गरी संलग्न लेटाङ-२ का पदम बहादुर अधिकारीलाई नियन्त्रणमा लिई कानूनी कारवाहीको दायरामा ल्याउन उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।3आम नागरिकहरु र जनमानसमा शान्ति सुरक्षाको अनुभूति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट वहन गरेको हुँदा निज प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै संयुक्त रुपमा २०८२ साल मंसिर महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो