काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज (आइतबार) भारत भ्रमणमा जाँदै छन् ।
उनको सचिवालयका अनुसार भारतमा रहँदा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल-भारत सम्बन्ध, क्षेत्रीय सहकार्य तथा लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा विचार विमर्श गर्नेछन् ।
भट्टराईले आईआईटी बम्बईमा आयोजित कार्यक्रममा कि-नोट स्पिच दिनेछन् । दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजित कार्यक्रममा प्रमुख वक्ताको रूपमा सहभागी हुनेछन् ।
भट्टराईका स्वकीय सचिव रेखी गुरुङका अनुसार उनी पुस ९ गते भारत भ्रमण पूरा गरी स्वदेश फर्कने कार्यक्रम छ ।






































