काठमाडौं— आज २०८२ साल माघ १२ गते सोमबार माघ शुक्ल पक्षको अष्टमी तिथि ।

मेषः शिक्षामा गरेको मेहनतको फल मिल्नेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । बोली र व्यवहारमा एकरुपता देखाउन नसक्दा शनिदेवको प्रभाव पर्नसक्ने भएकाले बिहान धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ ।
वृषः रोगको उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मिथुनः आजको दिन तपाईको लागि शुभ छ । नयाँ कामको थालनी गर्दा फाइदा हुने देखिन्छ । तर बोली र व्यवहारमा एकरुपताको खाँचो छ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
कर्कटः शुभग्रहको बहुमत रहेको छ । धार्मिक क्षेत्रको काममा सहभागी हुँदा मन शान्त बन्नेछ । तपाईंका विरोधी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।
सिंहः दिन राम्रो छ । साथीको साथ र सहयोग मिल्नेछ । शिक्षामा भन्दा स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । व्यापारमा फाइदा हुने योग रहेको छ ।
कन्याः सानो कुराले मनमा खटपटी बढ्नेछ । शिक्षाको क्षेत्रमा लगानी नगर्नु उचित हुनेछ । लगानी गर्ने भए सहकार्यको खाँचो देखिन्छ । धेरै कमाउने भन्दा भएको जोगाउने बाटो रोज्नु उचित हुनेछ ।
तुलाः राज्यका अंगमा भएका काममा प्रयास गरे सफलता मिल्नेछ । साना कुराले तपाईंलाई छिटो रिस उठ्नसक्ने भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । गोपनीयता भंग नगर्नु उचित हुनेछ ।
वृश्चिकः दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । सहकर्मीले तपाईंको विरोध गर्नेछन् । मन अशान्त भएकाले हरेक कुरामा विवाद हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ ।
धनुः थोरै लगानी गरे पनि व्यापारमा ठुलो फाइदा हुने सम्भावना छ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । बिहान धार्मिक कार्यमा सहभागी बन्नु उचित हुनेछ ।
मकरः आफ्नै बोलीले अप्ठेरो परिस्थिति बन्ने जोखिम रहेको छ । उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । बौद्धिक व्यक्ति विपक्षी भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ । परिवारको साथ र सहयोग मिल्नेछ ।
कुम्भः शिक्षाको माध्यमबाट अगाडि बढ्नुपर्ने दिन छ । बलले भन्दा बुद्धिले काम गर्नुपर्ने समय आएको छ । गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले तपाईंको मनमा खुशी मिल्नेछ ।
मीनः धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुनेछ । गला र कलाको प्रदर्शनले तपाईंको नाम र दाम बढ्नेछ । परिवारले भन्दा साथीले गरेको प्रशंसाबाट मन शान्त बन्नेछ । शिक्षामा सफलता मिल्नेछ ।





























