काठमाण्डौ  ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका सभापति रवि लामीछानेसंग नँया संसदको उपसभामुख आफ्नो पार्टीलाई दिनु पर्ने अडान लिएका छन् ।

स्रोतका अनुसार रविलाई पटकपटक फोन गरी फकाउने प्रयास प्रचण्डले गरिरहेका छन् । तर रविले नत हुन्छ भनेका छन्, नत हुन्न भनेका छन् । पुराना पार्टीहरुलाई नभई नँया पार्टीलाई नै उपसभामुख दिनु पर्ने रास्वपाभित्र ठुलो मत छ ।

रास्वपाका बरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन शाह भने हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई दिनु पर्ने पक्षमा छन् ।