आर्थिक

    Showing 1,181-1,190 of 4,487 items.
  • प्रिमियर डिस्टिलरीले आइपिओ निष्कासन गर्ने

    काठमाडौं— प्रिमियर डिस्टिलरीले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) गर्ने भएको छ । यस प्रयोजनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।यससम्बन्धी औपचारिक सम्झौता मिति २०८२ माघ ६ गते काठमाडौंको थापाथलीस्थित प्रिमियर डिस्टिलरी लिमिटेडको कार्यालयमा सम्पन्न भएको छ। सम्झौतापत्रमा प्रिमियर डिस्टिलरीका सञ्चालक गौरव शारडा तथा सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका छन् ।

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 493 पटक पढिएको
  • नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर माघ १८ गतेबाट बिक्रीमा राखिँदै

    काठमाडौं— नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर बिक्रीमा राखिने भएको छ।बैंकले संस्थापक समूहको ३ लाख ६ हजार ५९७ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत माघ १८ गतेबाट बिक्रीमा राख्न लागेको हो।बैंकको यो लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।बोलपत्र फागुन ४ गतेसम्म काठमाडौंको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु विराटनगर, वीरगन्

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 542 पटक पढिएको
  • घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । विहिबार छापावाल सुनको तोलाको २९ सयले बढेर तोलाको २ लाख ९२ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि बुधबार  सुन तोलाको २ लाख ९५ हजार १ सयमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले घटेर तोलाको ५८७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५९२० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 522 पटक पढिएको
  • नदी दायाँ–बायाँ थप २० मिटरमा निर्माण रोक्ने निर्णय खारेज

    काठमाडौं— काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र रहेका नदी तथा खोलाको दायाँ–बायाँ निजी जग्गामा भवन निर्माण अनुमति रोक्का नरहेको स्पष्ट गरेको छ।महानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनाअनुसार, काठमाडौं महानगरपालिका समेत विपक्षी रहेको ०६७–०–१००२ नम्बरको उत्प्रेषणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशका आधारमा नदी किनारामा थप २० मिटर क्षेत्रलाई लिएर गरिएको रोक्का अब लागू नहुने जनाएको हो।यसअघि संवत् २०५१ साल साउन २४ गतेको प्रमुखस्तरीय निर्णयअनुसार, मिति २०६५/०८/०१ मा मन्त्रिपरिषद्बाट निर्धारित मापदण्डभन्दा अतिरिक्त थप २० मिटर क्षेत्रभित्र भवन निर्माण अनुमति नदिने तथा निर्

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 514 पटक पढिएको
  • नेपाल डेरी एशोसिएसनको महाधिवेशनबाट नयाँ टिम निर्वाचित

    पनौती— नेपाल डेरी एशोसिएसनको २७ औँ वार्षिक साधारण सभा एवं स्थापना दिवस तथा ९ औँ राष्ट्रिय महाधिवेशन पनौतीमा सम्पन्न भएको छ ।रैथाने भिल्लामा आयोजित सभाले नयाँ समिति सर्वसम्वत निर्वाचित गरेको छ । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यता तथा अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने सहयोगिहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको अर्थतन्त्रको प्रमुख श्रोत पशुपालन र कृषि भएकाले नेपाल सरकारले निर्धारण गरेका नीतिहरुलाई प्रदेश सरकारले समेत थप व्यवस्थित

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 468 पटक पढिएको
  • यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकन डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७२ रुपैयाँ २१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ४० पैसा र बिक्रीदर १९२ रुपैयाँ २१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा कायम गरिएको छ।राष्ट्र बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 553 पटक पढिएको
  • नेप्से परिसूचकमा करेक्सन, कारोबार रकम घट्यो

    काठमाडौं— बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्लो केही दिनदेखि लगातार बढेको बजारमा यस दिन करेक्सन देखिएको हो ।नेप्से परिसूचक यस दिन ९.४३ अंकले घटेर २,७०५.३८ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३५ अंक, फ्लोट इण्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंकले घटेको छ ।यसदिन कारोबार रकम पनि घटेको छ। मंगलबार ११ अर्ब ८५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ३२४ स्टकमा ८९,७६६ पटकको कारोबारमा ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार रुपैयाँ बराबर २ करोड १६ लाख ४१ हजार कित्ता शेयर किनबेच भएको छ ।यस दिन कालिका पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशतले बढेको छ। नारायणी डेभलपमेन्

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 514 पटक पढिएको
  • अध्यक्ष डिमप्रसाद पौडेल भन्छन कृषि विकास बैंकले प्रगति गरिरहे पनि चुनौती थपिएका छन्

    काठमाडौं— कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेलले बैंकले पछिल्ला केही वर्षमा उल्लेखनीय प्रगति गरेको भए पनि प्रगतिलाई निरन्तरता दिन थप चुनौतीहरू रहेको बताएका छन् ।बैंकको ५८ औँ वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको ५९औँ वार्षिकोत्सव स्मारिकाको विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले बैंकको हितका लागि सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । उनले बैंक स्थापना भएको पृष्ठभूमिदेखि अहिलेसम्मको लामो इतिहासले समय–समयमा बैंकको भूमिका परिवर्तन हुँदै आएको बताए ।‘हामी जुन पृष्ठभूमिमा स्थापना भयौँ, त्यहाँबाट यहाँसम्म आइपुग्दा बैंकको लामो इतिहास छ । त्यो इतिहाससँगै कृषि विकास बैंकका भूम

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 485 पटक पढिएको
  • सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

    काठमाडौं— बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको साधारण सभा पश्चात् सञ्चालक समितिबाट अलग भएसँगै अध्यक्ष पद रिक्त भएपछि श्रेष्ठलाई बाँकी कार्यकालका लागि मनोनीत गरिएको हो ।सिबिफिनको विधानअनुसार प्रतिनिधित्व गर्ने बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिबाट बहिर्गमन भएसँगै परिसंघको पद स्वतः समाप्त हुने व्यवस्था छ । यही व्यवस्थाअनुसार कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा माघ ६ गते सम्पन्न कार्यसमितिको १५औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 524 पटक पढिएको
  • पुस महिनामा मात्र विदेशिने श्रमिकहरुको संख्या ३१ हजारभन्दा बढी

    काठमाडौं—  पछिल्लो एक महिनामा ३१ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।पुस महिनामा ३१ हजार ७ सय ५० जना नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका हुन् । मंसिर महिनाको तुलनामा पुसमा २ हजार १ सय ३२ जना बढी श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार २७ हजार ५ सय ३० जना पुरूष र ४ हजार २ सय २० जना महिला रहेका छन् । सोही अवधिमा ३० हजार ८ सय ९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । पुसमा म्यानपावरमार्फत ११ देशमा मात्रै श्रमिकहरू गएका छन् भने व्यक्तिगत श्रम स्वीकृतिमार्फत ९० देशमा नेपाली श्रमिकहरू गएका छन् ।गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि घटेको वैदेश

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 516 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.