आर्थिक

    Showing 1,391-1,400 of 3,036 items.
  • नेपालमा डलरको भाउ घट्दा यूरोको बढ्यो

    काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार सन् २०२४ अक्टोबर ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ।मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएकामा आज खरिददर एक सय ३४ रुपैयाँ पाँच पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ।साथै हिजो युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा रहेकामा आजका लागि भने खरिददर एक सय ४७ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८७ पैसा

    • प्रकाशित मितिः असोज २३, २०८१
    • 419 पटक पढिएको
  • आज घट्यो शेयर बजार, कारोबार रकममा पनि कमी

    काठमाडौं— हिजो र अस्ति बढेको शेयर बजार आज भने घटेको छ । आज शेयर बजार परिसूचक नेप्से २७ दशमलव ३९ अङ्कले घटेर दुई हजार ६ सय ६३ दशमलव ३२ विन्दुमा झरेको छ ।आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, बीमा, उत्पादन, विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।आज इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर साढे आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज तीन सय वटा कम्पनीका एक करोड तीन लाख कित्ता शेयर चार अर्ब ५९ करोड रुपैयाँमा कारोबार भएका छन् । आज

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 280 पटक पढिएको
  • मध्युपूर्वको युद्धले यूरोपमा पनि बढ्यो तेलको मूल्य

    काठमाडौं— मध्यपूर्वमा भइरहेको युद्ध र तनावका कारण युरोपमा समेत तेलको मुल्य बढेको छ । इजरायली सेना र विद्रोही समूह हमासबीच युद्ध शुरु भएको एक वर्ष पुगेको बेलामा ठूलो आक्रमणको सम्भावना र मध्यपूर्वमा लडाइँ फैलिने डरले हिजो लन्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको हो। लन्डनमा तेलको मूल्य दुई दशमलव छ प्रतिशतले बढेर प्रतिब्यारेल ८० दशमलव एक शून्य डलर पुगेको थियो । यस्तै अमेरिकामा दुई दशमलव ८५ प्रतिशतले बढेर तेलको मूल्य ७६ दशमलव ५१ डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था  एएफपीले जनाएको छ। मध्यपूर्वमा तीव्र आक्रमण र युद्धका कारण गएको हप्ता तेलको मूल्य  १० प्र

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 433 पटक पढिएको
  • सिङमा हरियो चिन्ह लगाएका खसीबोकामात्र किन्न आग्रह

    काठमाडौं— देशको राजधानी काठमाडौं उपत्यकामा पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट खसीबोका भित्रिने क्रम शुरू भएको छ ।चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ । हरेक वर्ष दशैँमा काठमाडौं उपत्यकामा ४५ हजार हराहारीमा खसीबोका ल्याइने गरेको छ । यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याइँदै छन् ।काठमाडौं उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो ७ सय २० देखि ७ सय ५५ रुपैयाँ, पहाडका खसी ६ सय ७० देखि ७ सय पाँच रुपैयाँ, बो

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 357 पटक पढिएको
  • दशैंमा सहुलियतका खसीबोका-च्याङ्ग्रा भोलिदेखि बेच्न थालिने

    काठमाडौं— विगतमा घटस्थापनादेखि खाद्य कम्पनीले खसी–बोका र च्यांग्रा बिक्री गर्दै आएकोमा यसपटक अविरल वर्षाले सडक अवरुद्ध पारेका कारण ढिलाइ भएको छ। खाद्य कम्पनीका सिइओ रमेश आचार्यले शनिबार बेलुकासम्म खसी–बोका र च्यांग्रा काठमाडौं ल्याइसक्ने र आइतबारबाट बिक्री थाल्ने जानकारी दिए। जिउँदो च्यांग्राको मूल्य प्रतिकिलो १२ सय ३० र जिउँदो खसी–बोकाको मूल्य ६ सय ३० रुपैयाँ प्रतिकिलोआसपास राख्ने तयारी भइरहेको उनले जानकारी दिए। निजी क्षेत्रले पनि दशैंका लागि खसी–बोकाको आपूर्ति बढाउन थालेको छ। कलंकी, टुकुचालगायतका बजारमा खसी–बोका ल्याएर बिक्री थालिएको काठमाडौं चौपाया खरिद–बिक्री वधशालाका अध्यक्

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 171 पटक पढिएको
  • सहुलियत पसलबाट दैनिल ४० लाखको सामान बिक्री हुँदै

    काठमाडौं—  चाडपर्वलक्षित सहुलियत पसलमा खाद्यान्न खरिद गर्ने उपभोक्ताको संख्या बढ्दै गएको छ। ३ असोजबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र ७ असोजबाट साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य खाद्यान्नमा प्रतिकिलो १० रुपैयाँसम्म छुट दिएर सहुलियत पसल सञ्चालन गरेका छन्। दुवै संस्थानले ४१ जिल्लाका ६३ भन्दा बढी बिक्री केन्द्रबाट छुटसहितको खाद्यान्न बिक्री गरिरहेका छन्।सहुलियत पसल सञ्चालनमा आएयता दैनिक उपभोग्य वस्तुको भाउ घट्न थालेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दाबी गरेका छन्। ‘छुट मूल्यमा खाद्यान्न बिक्रीका लागि सञ्चालनमा ल्याइएको सहुलियत पसल र तुलनात्मक रूपमा ठुलो

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 421 पटक पढिएको
  • सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि, कति पुग्यो ?

    काठमाडौं–लगातार ओरालो लाग्दै आएको पहेँलो धातुको मूल्यमा आज वृद्धि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुनको मूल्य प्रति तोलामा रु ४०० ले बढेर प्रतितोला रु १,६१,३०० निर्धारण गरिएको छ ।चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आज रु ३० ले बढेर प्रतितोला रु १,९८० निर्धारण गरिएको छ । सुनचाँदीको मूल्यमा देखिएको यो सानो वृद्धि बजारको गतिविधि र अन्तर्राष्ट्रिय बजारको प्रभावसँग सम्बन्धित रहेको बताइएको छ ।

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 267 पटक पढिएको
  • बाढी पहिरोले नाका बन्द भएपछि कन्टेनरमै कुहिन थाल्यो फलफूल

    काठमाडौं— बाढी पहिरोले बन्द भएका उत्तरी दुई वटा नाका खुलाउने प्रयास भएको छ । अहिलेलाई अस्थायी रूपमा खुलाएर बाटोमा रोकिएका कन्टेनर गन्तव्यमा पठाउने तयारी भइरहेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले जानकारी दिए । यसका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको कार्कीले बताए । उत्तरी चीन जोड्ने मुख्य दुई नाका बन्द भएपछि नेपाली व्यवसायीले आयात गरेका लत्ताकपडा, फलफूललगायतका सरसामान एक हप्तादेखि बाटोमै रोकिएका छन् । उत्तरी नाकाका पुल र सडक भोटेकोशी नदीले बगाएपछि अहिले रसुवागढीतर्फको केरुङ र तातोपानीतर्फको खासा आएका कन्टेनर नेपाल भित्रिन पाएका छैनन् ।तातोपानीतर्फको सीमा नजिकै

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 389 पटक पढिएको
  • हवाई यात्रु चापमा वृद्धि : एयरलाइन्सले थपे उडान संख्या

    काठमाडौं–हवाई यात्रुहरूको चाप बढ्दै गएपछि एयरलाइन्सहरूले उडान संख्या थपेका छन् । बुद्ध एयरले भद्रपुर र भरतपुरमा दुई/दुई उडान थपेको छ। हाल दैनिक दुईतर्फी एक सय ५० उडान गरिरहेको कम्पनीले यात्रु चापको कारण उडान बढाएको हो ।श्री एयरलाइन्सले पनि काठमाडौं–भरतपुर रुटमा शुक्रबारदेखि उडान सञ्चालन गर्ने घोषणा गरेको छ । यती एयरलाइन्सले असोज १५ गतेदेखि काठमाडौं–भद्रपुर र काठमाडौं–नेपालगञ्जमा एक–एक उडान थपेको छ । अविरल वर्षाका कारण बाढीपहिरोले सडक सञ्चाल अवरुद्ध भएपछि हवाई यात्रुहरूको चाप वृद्धि भएको हो ।

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 454 पटक पढिएको
  • आजका लागि विदेशी मुद्राको विनिमय दर जारी

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिददर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ रहेको छ । युरोपियन यूरोको खरिददर १४८.०२ रुपैयाँ, युके पाउण्डको १७५.६६ रुपैयाँ, र स्वीस फ्रयाङ्कको १५७.७७ रुपैयाँ निर्धारण गरिएको छ । अष्ट्रेलियन डलरको खरिददर ९१.७४ रुपैयाँ, जापानी येन १० को ९.१३ रुपैयाँ, र चिनियाँ युआनको १९.१० रुपैयाँ कायम गरिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ तोकिएको छ । वाणिज्य बैंकहरूले फरक विनिमय दर राख्न सक्ने बताइएको छ ।

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 269 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा