आर्थिक

    Showing 1,471-1,480 of 3,057 items.
  • नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर र युरोको मूल्यमा बिहीबारको तुलनामा आज केही कमी आएको छ ।  आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा छ भने युरो एकको खरिददर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा छ ।  युके पाउण्ड, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानिज येन, र चिनियाँ युआन लगायतका मुद्रामा पनि सानो परिवर्तन देखिएको छ ।  राष्ट्र बैंकले यो विनिमय दर आवश्यकतानुसार कुनै पनि समयमा संशोधन गर्न सकिने बताएको छ  ।

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 483 पटक पढिएको
  • अर्थ मन्त्रालयले चोरी पैठारी नियन्त्रण गर्न लिइएको रणनीति सह्रानिय : अध्यक्ष अग्रवाल

    काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आयात हुने मालवस्तुको मूल्यांकनका लागि बजार सर्वेक्षण गरी संकलित सूचनाको आधारमा भन्सार प्रणाली विकास गर्ने व्यवस्थाले निजी क्षेत्रमा अन्योलता सिर्जना भएको बताएका छन् । काठमाडौंमा आज भन्सार विभागको कार्यक्रममा बोल्दै उनले आर्थिक वर्ष २०८१/०८२ को लागि पारित आर्थिक ऐनमा आयात हुने मालवस्तुको मूल्यांकनका लागि बजार सर्वेक्षण गरी संकलित सूचनाको आधारमा भन्सार प्रणाली विकास गर्ने व्यवस्थाले निजी क्षेत्रमा अन्योलता सिर्जना भएको बताएका हुन् । उनले भने, ‘आर्थिक वर्ष २०८१/०८२ को लागि पारित आर्थिक ऐनमा आयात हुने मालवस्तुको मूल्यांकनका लागि ब

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 288 पटक पढिएको
  • अर्थमन्त्रीको निर्देशन : राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्नु

    काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिएका छन् । काठमाडौंमा आज भन्सार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् । उनले राजश्वको लक्ष्य पूरा गर्ने मात्र नभइ अझ बढी उठाउने कुरालाई मध्यनजर गरी काम गर्न विभागका अधिकारीहरुलाई निर्देशन समेत दिएका छन् । उनले राजश्व परिचालनमा कुनैपनि सम्झौता नहुने उल्लेख गरे । गत वर्षको तुलनामा यस वर्ष यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्न पनि सम्बन्धित मन्त्री पौडेलले निकायको ध्यानाकर्षण गराएका छन् । उनले भने, ‘राजश्वको लक्ष्य पूरा ग

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 294 पटक पढिएको
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा परिवर्तन

    काठमाडौं–नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार तीन सयमा कारोबार हुँदैछ । यद्यपि, बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो ।यस्तै, चाँदीको मूल्य भने तोलामा रु १५ ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९५ निर्धारण भएको छ । 

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 261 पटक पढिएको
  • विदेशी मुद्रा सटही दर सार्वजनिक‚ अमेरिकी डलर स्थिर‚ युरो वृद्धि

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सटही दर अनुसार अमेरिकी डलर स्थिर रहेको छ भने युरोपियन युरोको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ७ पैसा र बिक्री दर १३४ रुपैयाँ ६७ पैसा कायम छ । युरोको खरिद दर १४८ रुपैयाँ १८ पैसा र बिक्री दर १४८ रुपैयाँ ८४ पैसा रहेको छ‚ जुन हिजोभन्दा बढी हो । यूके पाउण्ड स्ट्रलिङ घटेर १७५ रुपैयाँ ५२ पैसा खरिद दर र १७६ रुपैयाँ ३० पैसा बिक्री दरमा झरेको छ । अस्ट्रेलियन डलर‚ कतारी रियाल‚ र अन्य विदेशी मुद्राको दर पनि परिवर्तन भएको राष्ट्र बैंकले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 335 पटक पढिएको
  • सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    काठमाडौं–सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन हाल सम्मकै उच्च प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । हिजोको तुलनामा आज सुन १ हजार रुपैयाँले बढेको छ ।मंगलबार स्थानीय बजारमा सुन १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइकाृ थियो । यसअघि भदौ २१ गते १ लाख ५३ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो । चाँदीको मूल्य पनि बुधबार १५ रुपैयाँले बढेर १७८० रुपैयाँ पुगेको छ ।  

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 444 पटक पढिएको
  • उद्यमशीलता नै आर्थिक समृद्धिको आधार : प्रधानमन्त्री ओली

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलता नै आर्थिक समृद्धिको आधार भएको स्पष्ट पारेका छन् । नवलपुरबाट भेट्न आएका उद्यमीले उत्पादन गरेको मह कोसेली लिँदै प्रधानमन्त्री ओलीले उद्यमशीलताको महत्वमा जोड दिएका हुन ।प्रधानमन्त्री ओलीले भेटघाटका क्रममा ग्रामीण स्तरमा हुन सक्ने उद्यमशीलताका सम्भावनाबारे पनि छलफल भएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले सरकारले युवाहरूलाई उद्यमशील बनाउनका लागि विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिरहेको र २५ लाख रुपैयाँसम्मको बिना धितो ऋण उपलब्ध गराएको जानकारी समेत गराएका छन् । प्रधानमन्त्री ओलीले फेसबुकमार्फत लेखेका छन, ‘नवलपु

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 548 पटक पढिएको
  • सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन समितिद्धारा अर्थमन्त्रीसँग छलफल

    काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेको छ ।आज समितिले अर्थमन्त्रीसहित योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी,राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको हो । समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले संविधान र कानूनी व्यवस्थामा आधारित भएर समितिको प्रतिवेदनको अन्तिम रुप दिनेगरी सुझाव लिनको लागि अर्थमन्त्रीसहित योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेको बताए । छलफलका क्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र समाजवाद उन्मुख मिश्रित रह

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 452 पटक पढिएको
  • मुख्य सचिवलाई चेम्बरको सुझाव : अर्थतन्त्र सुधार्न नीतिगत सहजिकरण गरिदिनु

    काठमाडौं- मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यक रहेकोमा व्यवसायीहरुले जोड दिएका छन् ।नेपाल चेम्बर अफ कमर्सका पदाधाकारीहरुको टोलीले आज नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसँगको भेटका क्रममा यस्तो ध्यानाकर्षण गराएका हुन् । चेम्बर अफ कमर्सले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएपनि तिब्र र दिगो विकासका लागि नीतिगत स्थिरता आवश्यक देखिएको भन्दै मुख्यसचिवले अर्थतन्त्र सुधारका लागि नीतिगत सहजिकरण गर्न सुझाव समेत दिएको छ । मुख्यसचिव अर्यालसँगको भेटका क्रममा चेम्बरका अध्यक्ष कमलेश अग्रवालले सरकारले अर्थतन्त्रमा आएको शिथिलता कम गर्न अविलम्व पहल गर्न आग्रह गरे । उनले मुलुकको आ

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 365 पटक पढिएको
  • सुन र चाँदीको मूल्यमा भारी गिरावट

    काठमाडौं–साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य तोलामा रु १,२०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार तोलामा रु १,५३,००० मा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि रु १,५२,१०० निर्धारण गरिएको छ । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा रु १,७९५ मा कारोबार भइरहेको थियो भने आजका लागि यसको मूल्य तोलामा रु १,७५० निर्धारण गरिएको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 486 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा