आर्थिक

    Showing 1,611-1,620 of 3,071 items.
  • बढ्यो बैंक र वित्तीय संस्थाले निजी क्षेत्रलाई दिने कर्जा

    काठमाडौँ- गत ११ महिनामा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रलाई दिने कर्जा २ खर्ब ४६ अर्ब ८० करोड (५.१ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा र१५७ अर्ब ३६ करोड (३.४ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्प प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ। २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवध

    • प्रकाशित मितिः असार २६, २०८१
    • 340 पटक पढिएको
  • विदेशी मुद्रा सञ्चिति १९ खर्ब ६३ अर्ब

    काठमाडौँ-  नेपालको विदेशी मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको छ। गएको जेठ मसान्तसम्मको नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्दा सोही बमोजिमको बराबरको रकम सञ्चिति रहको देखिएको छ।  सञ्चिति रकम २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको तथ्यांकले देखाएको छ।  जहाँ, कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा १९६७ अर्ब १९ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५।७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ।  कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैं

    • प्रकाशित मितिः असार २६, २०८१
    • 333 पटक पढिएको
  • १९ दशमलव ३ प्रतिशतले बढ्यो रेमिट्यान्स

    काठमाडौँ- गएको ११ महिनामा रेमिट्यान्स भने १९.३ प्रतिशतले वृद्धि भएको देखिएको छ।  आर्थिक वर्ष २०८०-८१ मा १३ खर्ब २७ अर्ब ५१ करोड रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।

    • प्रकाशित मितिः असार २६, २०८१
    • 263 पटक पढिएको
  • झलनाथ प्रतिष्ठानमा करोडौ भ्रष्टाचार : पूर्वमन्त्रीलाई ९ वर्ष सजाय कैद र २ करोड ३५ लाख जरिवाना

    काठमाडौँ- विशेष अदालतले तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जनालाई कैद तथा जरिवाना निर्धारण गरेको छ। विशेष अदालतले मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमारलाई सबैभन्दा बढी ९ वर्ष १ महिना कैद हुने फैसला सुनाएको हो ।उनलाई कसुरअनुसार ८ वर्ष र उनको पदीय जिम्मेवारीका हिसाबले थप १ वर्ष १ महिना कैद हुने फैसला विशेष अदालतले सुनाएको छ । उनीबाट २ करोड ३५ लाख २९ हजार ३ सय ६८ रुपैयाँ बिगो र जरिवाना हुने ठहर पनि अदालतले गरेको छ ।प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई जनही ८ वर

    • प्रकाशित मितिः असार २५, २०८१
    • 171 पटक पढिएको
  • बंगलादेशले विद्युत् खरिद बिक्री सम्झौता गर्न नेपाललाई बोलायो, प्रति युनिट ६.४० अमेरिकी सेन्टमा लाने

    काठमाडौँ-  बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ।बीपीडीबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेस गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो। कानुनमा भएको व्यवस्था बमोजिम बीपीडीबी १६ पुस २०८०मा  नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौताअनुसार हुने गरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेन्डर) आह्

    • प्रकाशित मितिः असार २५, २०८१
    • 491 पटक पढिएको
  • नेप्से सूचक १५.७९ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार

    काठमाडौँ- मंगलबार सेयर बजार परिसूचक (नेप्से) १५.७९ अंकले बढ्दै २१ सय ५२.१४ विन्दुमा उक्लिएको छ । गत सातादेखि लगातार उकालो यात्रामा रहेको नेप्से सूचकमा अघिल्लो दिन भने ४.६२ अंकको गिरावट आएको थियो । तर, आज मंगलबार पुनः १५ अंकमाथिले नेप्से सूचक बढ्दा कारोबार ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.५० अंकले बढ्दै ३८०.९६ विन्दुमा उक्लिएको छ । बैंकिङ समूहको उपसूचक ०.५३ प्रतिशतले बढ्दा विकास बैंक समूहको उपसूचक २.४९ प्रतिशले बढेको छ । यसैगरी माइक्रोफाइनान्स समूहको उपसूचक ३.०६ प्रतिशतले बढ्दा यता फाइनान्स, होटल तथा पर्य

    • प्रकाशित मितिः असार २५, २०८१
    • 354 पटक पढिएको
  • यी हुन गभर्नरले संसदीय विशेष छानविन समितिलाई दिएका पाँच सुझाव

    काठमाडौं—  नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि संसदीय छानबिन समितिलाई पाँचवटा सुझाव दिएका छन्। सिंहदरबारमा सोमबार बसेको समितिको ११ औं बैठकमा महाप्रसाद अधिकारीले एकलाख सम्मका बचतकर्ता, पाँच लाखसम्मका बचतकर्ता र सो भन्दा बढि बचत गर्ने बचतकर्ता गरि तीन चरणमा वर्गीकरण गरि रकम फिर्ता गर्न सहज हुने सुझाव दिएका हुन्।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहकारी छानबिन समितिका संयोजक सूर्यबहादुर थापाले समस्याग्रस्त सहकारीका सम्बन्धमा विशेष टीम गठन गर्न सकिने सुझाव दिएको जानकारी दिए।थापाका अनुसार गभर्नर अधिकारीले एक लाख, पाँच लाख र पाँच लाख भन्दा

    • प्रकाशित मितिः असार २४, २०८१
    • 423 पटक पढिएको
  • मनमोहक तातोपानी

    यो जुम्लाको पर्यटकीय गन्तव्य तातोपानी गाउँ हो। तिला नदीको किनारमा रहेको तातोपानीको कुण्ड तथा धारोमा नुहाउन पुग्नेहरूको भिड लाग्छ ।तातोपानीको मुहानकै नामबाट नामकरण गरिएको तातोपानी गाउँपालिका आफैँमा निकै सुन्दर र आकर्षक पनि छ । पालिकालाई दुई भागमा विभाजन गर्ने गरी तिला नदी बगेको छ । तिला नदीको दुवै किनाराहरू अति उब्जाउ छन् । अधिकांश लेकाली खोरियानहरुमा स्याउका ठुलाठुला बगानहरु छन् भने फेदीमा सुन्दर बस्तीहरू अवस्थित छन् । बिस्तारै आधुनिकीकरणमा प्रवेश गर्दै गरेको जुम्ला तीव्ररुपमा बदलिँदो छ ।हिउँदमा जौ खेती र वर्षायाममा काली मार्सी धानको खेती गरिन्छ । जुम्लामा पहिलो अधिक खेती गरिने बालीहरूमा

    • प्रकाशित मितिः असार २४, २०८१
    • 305 पटक पढिएको
  • ८० खानी खोजिँदै

    काठमाडौं— खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजतलासका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए । सोही समयमा आठवटा खानी उत्खननका लागि प्रमाणपत्र प्रदान गरेको छ । चालु आवमा देशभरिका विभिन्न एक सय सात खानीको अनुगमन गरेको र एक सय १४ स्थानको उत्खनन तथा खोजतलास अनुमति प्रमाणपत्र रद्द गरेको सूचना अधिकारी बाँस्कोटाले बताए । यस्तै, दैलेखमा रहेको सम्भावित पेट्रोलियम भण्डार क्षेत्र अन्वेषणका लागि चीन सरकारको सहयोगमा ड्रिलि

    • प्रकाशित मितिः असार २४, २०८१
    • 441 पटक पढिएको
  • सुनको आयात ४० प्रतिशतले घट्यो

    काठमाडौं— ११ महिनामा बजारमा सुनको आयात ४० प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सुनको आयात ४० प्रतिशतले घटेर २५ अर्ब ७४ करोड २५ लाख ७७ हजार रुपियाँ बराबरको दुई हजार ६५१ केजी सुन आयात भएको छ। गत वर्ष सो अवधिमा ४३ अर्ब ५३ करोड ९२ लाख ८८ हजार रुपियाँको आयात भएको थियो। यो वर्ष सुनको मूल्य लगातार बढेपछि बजारमा खपत कम हुँदा आयातमा समेत कमी आएको हो। गत आवभरिमा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको सुन आयात भएको थियो। यसैबिच चाँदीको आयात भने ३४ प्रतिशतले बढेको छ। विभागको तथ्याङ्क अनुसार चालु आवको ११ महिनामा तीन अर्ब १५ करोड १३ लाख १७ हजार रुपियाँ बराबर

    • प्रकाशित मितिः असार २४, २०८१
    • 290 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा