आर्थिक

    Showing 1,621-1,630 of 3,072 items.
  • सुनको आयात ४० प्रतिशतले घट्यो

    काठमाडौं— ११ महिनामा बजारमा सुनको आयात ४० प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सुनको आयात ४० प्रतिशतले घटेर २५ अर्ब ७४ करोड २५ लाख ७७ हजार रुपियाँ बराबरको दुई हजार ६५१ केजी सुन आयात भएको छ। गत वर्ष सो अवधिमा ४३ अर्ब ५३ करोड ९२ लाख ८८ हजार रुपियाँको आयात भएको थियो। यो वर्ष सुनको मूल्य लगातार बढेपछि बजारमा खपत कम हुँदा आयातमा समेत कमी आएको हो। गत आवभरिमा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको सुन आयात भएको थियो। यसैबिच चाँदीको आयात भने ३४ प्रतिशतले बढेको छ। विभागको तथ्याङ्क अनुसार चालु आवको ११ महिनामा तीन अर्ब १५ करोड १३ लाख १७ हजार रुपियाँ बराबर

    • प्रकाशित मितिः असार २४, २०८१
    • 290 पटक पढिएको
  • सोमबारदेखि सरकारी खाता रोक्का हुने

    काठमाडौँ- भोलि २४ असार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिए।  'सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन्,' रिजालले भने, 'कानुनमै उल्लेख भएको विषय भएकाले मलेनिकाले य

    • प्रकाशित मितिः असार २३, २०८१
    • 452 पटक पढिएको
  • शेयर दोहोरो अंकले वृद्धि

    काठमाडौँ- कारोबारका दिन शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ। आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ बिन्दुमा अडिएको हो।यस दिन बजारमा १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ।दोहोरो अंकले परिसूचक बढे पनि मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमा भने नेगेटिभ सर्किट लागेको छ । त्यस्तै, गुडविल फाइनान्स लिमिटेड, आइसीएफसी फाइनान्स र अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक घाटा ब्यहोरेका छन् ।गत साताको दोस्रो कारोबारपछि निरन्तर बढीरहेको नेप्से आज पनि बढेको हो। कारोबारका आधारमा २१ करोड ७१ ल

    • प्रकाशित मितिः असार २३, २०८१
    • 278 पटक पढिएको
  • नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

    काठमाण्डौ  ।  यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६९ अङ्कमा कायम भएको हो ।आज तीन सय १३ कम्पनीको दुई करोड २१ लाख ६७  हजार छ सय ७९ कित्ता शेयर ८४ हजार एक सय २६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ४८ करोड २५ लाख ४६ हजार नौ सय ८० बराबरको कारोबार भएको छ । आज वित्त समूह शून्य दशमलव ५९ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक तीन दशमलव ४३ प्रतिशतले बढ

    • प्रकाशित मितिः असार २०, २०८१
    • 326 पटक पढिएको
  • किलोमै ६ रुपैयाँले बढ्यो नुन

    काठमाडौं— सरकारले नुनको मूल्य बढाएको छ । हरेक भान्सामा नियमित प्रयोग हुने आयोनुनको मूल्य एकैपटक ३० प्रतिशतले बढेको हो । अब नुन किन्ने उपभोक्ताले किलो मै ६ रुपैयाँ बढी तिर्नुपर्ने छ । नुन आयातको एकाधिकार पाएको सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यसअघि प्रतिकेजी २० रुपैयाँ खुद्रा मूल्य तोकेकोमा अब २६ रुपैयाँ पुर्‍याएको हो। तर, २० रुपैयाँ खुद्रा मूल्य छँदा नै उपभोक्तालाई २५ रुपैयाँमा बेच्दै आएका व्यापारीले अब बढाएर असुल्ने चिन्ता छ।साल्ट ट्रेडिङ सञ्चालक समितिको मंगलबारको बैठकले मंगलबारै राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि हुने निर्णय गरेको हो। साल्ट ट्रेडिङका प्रवक्ता

    • प्रकाशित मितिः असार १८, २०८१
    • 529 पटक पढिएको
  • बढ्यो डिजेल र पेट्रोलको मूल्य, कति पुग्यो?

    काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ।

    • प्रकाशित मितिः असार १६, २०८१
    • 422 पटक पढिएको
  • सुरुमा आशातित देखाएको नेप्से अन्तिममा ऋणात्मक बन्यो

    काठमाडौँ- साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८३ अङ्कले घटेर दुई हजार ३७ दशमलव ०९ को विन्दुमा कायम भएको छ ।आज विभिन्न तीन सय २० कम्पनीको ९१ लाख ७८ हजार आठ सय ९५ कित्ता शेयर ५० हजार नौ सय ५२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार चार सय सात बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।आजको कारोबारमा वित्त समूह शून्य दशमलव ३४ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०३ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ७०, विकास बैङ्क शून्य दशमलव ८०, होटल तथा पर्यटन शून्य दशमलव ४०,

    • प्रकाशित मितिः असार १६, २०८१
    • 223 पटक पढिएको
  • आज तोलामा दुई सय रुपैयाँले बढ्यो सुन

    काठमाडौं— सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि जेठ २५ गते सुन हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । महासंघका अनुसार चाँदीको भाउ भने स्थिर रहेको छ । तोलाको १ हजार ७९० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

    • प्रकाशित मितिः असार १६, २०८१
    • 399 पटक पढिएको
  • आज पनि घट्यो नेप्से

    काठमाडौँ।  बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गिरावट आएको छ ।  साताको अन्तिम दिन नेप्से ८।२४ अंकले घट्ता अधिकांश लगानीकर्ता भने ऋणपत्र (डिबेन्चर)मा लगानी गर्न थालेका छन् ।आज बढी अंकले बढ्नेमा सबैभन्दा धेरै डिबेन्चरको शेयर रहेको छ । नेप्से घट्ता फाइनान्स बढ्ने गरेकोमा आज भने नेपाल फाइनान्स १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ।  बिहीबार ४७ वटा कम्पनीको शेयर मूल्य बढ्दा वाणिज्य बैंक, म्युचुअल फन्ड र अन्य समूहको शेयर मूल्य पनि बढेको छ । आज वाणिज्य बैंक ०।०९ अंकले, म्युचअल फण्ड ०।०१ अंकले र अन्य समूह १५.१० अंकले बढेको छ । आज १८८ वटा कम्पनीको शेयर मूल्य घट्दा सबै

    • प्रकाशित मितिः असार १३, २०८१
    • 387 पटक पढिएको
  • घट्यो नेप्से

    काठमाडौँ-  आज सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ। आज नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २०६० दशमलव १६ को विन्दुमा पुगेको छ ।आज ३०५ कम्पनीका ५४ हजार ७ सय ९३ पटकको कारोबारमा ८७ लाख २७ हजार १६४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ५ करोड ८० लाख ४७ हजार रुपैयाँ रहेको छ ।बुधबार सेन्सेटिभ इन्डेक्स २ दशमलव २७ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ० दशमलव ८९ अंकले घटेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ९७ अंकले घटेको छ ।१३ उपसमूहमध्ये १० वटा घटेको छ भने फाइनान्स, म्चुअल र व्यापार कम्पनीहरू सामान्य अंकले बढेका छन् । आज सर्वाधिक घट्नेमा जीवन बीमा रहेको छ । भने, ने

    • प्रकाशित मितिः असार १२, २०८१
    • 336 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा