आर्थिक

    Showing 1,771-1,780 of 4,497 items.
  • बाजुरामा दशैं–तिहारको रौनक, बजारमा किनमेल गर्नेको भीड बढ्यो

    बाजुरा— नेपालीहरूको महान चाड विजयादशमी र शुभदीपावली नजिकिँदै गर्दा बाजुराका बजारहरूमा विशेष चहलपहल देखिन थालेको छ। चाडपर्वको तयारीसँगै सदरमुकाम मार्तडीसहित जिल्लाका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रका बजारहरू किनमेल गर्न आएका उपभोक्ताले भरिन थालेका छन्।मार्तडी, बाम्का, डाब, बेतालमाण्डौ, कोल्टी, पिलिचौर, धुलाचौर लगायत प्रमुख व्यापारीक केन्द्रमा उपभोक्ताको बाक्लो उपस्थिति देखिएको छ। विशेषगरी नयाँ कपडा, सुनचाँदीका गरगहना, मिष्ठान्न सामग्री, सजावटका सामानलगायतका किनमेलमा ग्राहक व्यस्त देखिन्छन्।बाजुराको प्रमुख व्यापारीक केन्द्र मार्तडी बजारमा व्यापारीहरू चाडपर्वको लाभ लिंदै सन्तुष्ट देखिएका छन्। स्

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 613 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५० पैसा र बिक्रीदर १९२ रुपैयाँ ३१ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा , क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४९ पैसा र ब

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 313 पटक पढिएको
  • माइक्रो इन्टरनेशनलले सार्वजनिक गर्यो इन्टेरियर डिजाइनका नवीनतम सामग्री

    काठमाडौं—  माइक्रो इन्टरनेशनल नेपालले इन्टेरियर डिजाइनका लागि नयाँ सामग्रीहरु सार्वजनिक गरेको छ ।उच्च गुणस्तर, टिकाउ र नवीन समाधानहरू घर तथा भवनको भित्री र बाहिरी ठाउँहरू रूपान्तरण गर्न वा वाललाई आकर्षक बनाउन सकिने सामग्री ल्याएको हो । माइक्रो इन्टरनेशनलले भित्ता प्यानल, भुइँ, फर्निचर र खेलकुद उपकरणहरूमा वर्षौंको विशेषज्ञताका साथ, आवासीय र व्यावसायिक वातावरण दुवैलाई बढाउने उच्च–स्तरीय शिल्प कौशल र अत्याधुनिक डिजाइन सेवा प्रदान गर्दै आएको छ । माइक्रो इन्टरनेशनल नेपालको लक्ष्य भनेको दिगो, स्टाइलिश र दीर्घकालीन समाधानहरू प्रदान गरेर भित्री र बाहिरी डिजाइनलाई पुनः परिभाषित गर्नु रहे

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 702 पटक पढिएको
  • नेप्सेमा ५८.६३ अंकको वृद्धि, ५ अर्ब २९ करोडको कारोबार

    काठमाडौं— मंगलबार सेयर बजार नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२.२५ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३२८ कम्पनीको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक ३८ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, युनिभर्सल पावरको १८ करोड ३० लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको १८ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 478 पटक पढिएको
  • चीनमा विवाहको सिजन : सुन पसलहरु ग्राहकले भरिए

    एजेन्सी । विवाहको सिजन नजिकिँदै गर्दा चीनमा सुनका गहनाको बिक्री बढेको छ ।अक्टोबरमा चीनको विवाहको मौसम मानिन्छ र विवाहको लागि अत्यावश्यक सुनका गहनाको देशभर माग उच्च छ ।शेन्जेन शहरको गहना केन्द्रमा, नयाँ विवाहित जोडीहरू एवम विवाहको तयारीमा रहेका जोडीहरु पसलहरूमा भरिभराउ देखिन्छन् । जसका लागि सुनको व्यापार बढाएको छ ।एक उपभोक्ता भन्छन्,‘हाम्रो विवाहमा सुनका लागि मात्र भनेर १४ हजार अमेरिकी डलरको बजेट छ । मूल्य अझ बढ्नु अघि नै सुन किन्न आएका हौं ।’सुनको मूल्यमा भएको वृद्धिबाट चाँडै विवाह गर्ने जोडीहरू विचलित छैनन् । जसका कारण बजारका खुद्रा विक्रेताहरूले बिक्री राम्रो  भइरहेको छ ।शेन्जेन शुइबेई

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 487 पटक पढिएको
  • भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छः ज्ञवाली

    काठमाडौं— लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनपछि डर र आशा दुवै रहेको बताएका छन् ।नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक कार्यक्रममा ज्ञवालीले अबको पुननिर्माण भौतिक मात्रै नभएर आर्थिक पुनरुत्थान आवश्यक रहेको बताएका हुन् । भुकम्पपछिको पुनःनिर्माणमा छुट्टै संस्था खडा गरेर बैंकिङ च्यानलमार्फत रकम दिंदा सफल भएको बताए । उनले भुकम्पछि धेरै युवाहरुको सहयोग जस्तै अबपनि आत्मबल बढाएर अघि बढ्नुपर्ने बताए । ‘श्रीलंकामा आन्दोलन हुँदा त्यहाँको अर्थतन्त्र नकरात्मक अवस्थामा रहेको थियो । नेपालको अर्थतन्त्रका सूचक राम्रो अवस्थाम

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 579 पटक पढिएको
  • आज सुन तोलामा तीन हजार नौ सय रुपैयाँले बढ्यो

    काठमाडौं— नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा तीन हजार नौ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार प्रतितोला दुई हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 666 पटक पढिएको
  • पाण्डे भन्छन जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो

    काठमाडौं— नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष  विरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताएका हुन् । नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले  कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ५ प्रतिशत नोक्सान भएको जानकारी दिए ।‘उद्योगहरुमा कुल जीडीपीको ५ प्रतिशत असर पुुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ । अब छिट्टै माथि उ

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 672 पटक पढिएको
  • गाडीको विक्री बढाउन ऋण नीति लचिलो बनाउन आवश्यकः अध्यक्ष चौधरी

    काठमाडौं— नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको विक्री बढाउन ऋण नीति फेर्न आवश्यक रहेको बताएका छन् ।नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो  विषयका कार्यक्रममा बोल्दै  अध्यक्ष चौधरीले यस्तो बताएका हुन् ।उनले दसैं, तिहारलगायत चाडपर्वमा हुने गाडीको व्यापार बढाउन तत्काल ऋण सम्बन्धी नीतिमा फेरवदल गर्न आग्रह गरे । राजस्व संकलनको चुनौती सम्बोधन गर्न ‘लोन टु भ्यालु रेसियो’को व्यवस्था तत्काल परिवर्तन गर्नुपर्ने माग गरेका छन् ।  राष्ट्र बैंकले गाडी खरिद गर्दा ६० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था रहेको छ । यसअघि विद्

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 705 पटक पढिएको
  • जेनजी आन्दोलनले सबैजना डराउने अवस्था सिर्जना भयोः निवर्तमान अध्यक्ष मल्ल

    काठमाडौं— नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनपछि देशमा सबैलाई डराउने अवस्था सिर्जना भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हालको प्रमुख चुनौती शान्ति सुरक्षा रहेको बताएका हुन् ।मल्लले सरकारले व्यवसायीलाई नडराउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने धारणा राखे । उनले वार्षिक करिब ३ लाख जनसंख्या घट्ने तथ्याङ्क प्रस्तुत गर्दै स्टार्टअप प्रवद्र्धन र स्वदेशमै रोजगारी सिर्जनामा सरकारले ध्यान दिनुपर्ने बताए ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 550 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.