आर्थिक

    Showing 1,831-1,840 of 3,086 items.
  • औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यालयमा तालाबन्दी

    बुटवल / बुटवल औद्योगिक क्षेत्र भित्र रहेका उद्योगीहरूले औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यालयमा तालाबन्दी गरेका छन् ।उद्योगीहरूले आज बिहान १० बजे कालो ब्यानर सहित व्यवस्थापन कार्यालयमा पुगेर कार्यालय प्रमुखको कार्यकक्षमै ताला लगाएका हुन ।एकलौटी रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले ७ सय देखी ८ सय प्रतिशत भाडा भाडा वृद्धि गरेको भन्दै भाडा खारेजीको माग  गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन ।अहिले बढाएको भाडा आफूहरू तिर्न सक्ने अवस्थामा नरहेको भन्दै तत्काल उक्त निर्णय फिर्ता गर्न उनीहरूले माग गरेका छन् ।उद्योगीहरूको संस्था बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपा

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 131 पटक पढिएको
  • फेरी सुनको मूल्य, प्रतितोला कति ?

    झापा / नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । शुक्रबारको तुलनामा आज साताको पहिलो दिन प्रतितोला दुई सय रुपैयाँले बढेको हो । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो भने आज एक लाख पाँच सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार आठ सय थियो ।त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १० ले बढेर एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 146 पटक पढिएको
  • पाँच जहाज लिलाम गर्दै नेपाल वायुसेवा निगम

    झापा / नेपाल वायुसेवा निगमले ५ वटा चिनियाँ जहाजलाई लिलाम बिक्री गर्ने भएको छ । जहाज भाडामा सञ्चालन गर्न कुनै पनि व्यावसायिक संस्था इच्छुक नभएको कारण देखाउँदै निगमले बिक्री गर्ने प्रक्रिया थालेको हो । ती जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८ महिनादेखि ग्राउन्डेडमा छन । विमानस्थलको पूर्वोत्तर क्षेत्रमा रहेको रिमोट पार्किङ वेमा थन्काइएका जहाज लिलामका लागि मूल्यांकन गराउन निगमले आशयपत्रको सूचना निकालेको छ । यी जहाजलाई भाडामा सञ्चालन गर्न कुनै पनि स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले इच्छा नदेखाएकाले अर्थ मन्त्रालयको रायअनुसार लिलाममार्फत बिक्री गर्न मूल्यांकनको सूचना निकालेको निगमले जनाएको

    • प्रकाशित मितिः मंसिर २४, २०७९
    • 308 पटक पढिएको
  • औद्योगिक क्षेत्रले भाडावृद्धि गरेपछि महासङ्घद्वारा आन्दोलनको घोषणा

    काठमाडौं  / औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्यमान ऐन र नियम विपरित भाडादर वृद्धि गरेको विरोध गर्दै नेपाल औद्योगिक क्षेत्र, उद्योग महासंघले आन्दोलनको घोषणा गरेको छ । भाडादर तत्काल फिर्ताको माग राख्दै उद्योग महासंघले आन्दोलनको घोषणा गरेको हो । निर्यात प्रवर्द्धन गर्ने र राज्यले पनि उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने जिम्मेवारी लिएको निकायनै जिम्मेवारीबाट पन्छिन्दै उद्योगीमाथि भार थोपर्ने कार्य गरेको महासङ्घको आरोप छ । औद्योगिक प्रवर्द्धन एजेन्सीको रुपमा काम गर्नुपर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड उद्योगनै चल्न नसक्ने गरी भाडाबृद्धि गरेको ठहर महासङ्घले गरेको छ ।महा

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 147 पटक पढिएको
  • सुनको मूल्य तोलाको एक लाख नाघ्यो

    झापा / नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला छ सय रुपैयाँले बढेर एक लाख ३०० रुपैयाँ पुगेको छ। बिहीबार सुन प्रतितोला ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ।यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार दुई थियो। त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ३० ले बढेर रु एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 133 पटक पढिएको
  • सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध नाडाको दबाबमूलक आन्दोलन

    झापा / सरकार र राष्ट्र बैँकको नीतिविरुद्ध आन्दोलनरत अटो व्यवसायीले आज बिहीबार देशभर विरोध प्रदर्शन गर्नुका साथै काठमाडौँको माइतीघरमा धर्ना समेत दिएका छन् । यसअघिको पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अनुरुप अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा) को अगुवाइमा अटो व्यवसायीहरूले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विरोध प्रदर्शन गर्नुका साथै धर्ना दिएका हुन् । प्रदर्शनमा उत्रिएका अटो व्यवसायीहरूले ‘ब्याजदर नियन्त्रण गर’,  ‘चालुपुँजी कर्जा मार्गदर्शन खारेज गर’, ‘मौद्रिक नीति परिमार्जन गर’, ‘गरी खान देऊ’, ‘देशमा सरकार छ त ?’, ‘जसले कर तिर्छ, उसैलाई पेल्ने’ल

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 357 पटक पढिएको
  • ८ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने सरकारको तयारी

    काठमाडौं / सरकारले समयमा काम सम्पन्न नगर्ने आठ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो । हेटौंडा –११ मकवानपुरको गुण निर्माण सेवाका गुणराज पाठक, सिरुवार कविरर सुनकोशी जेभी काठमाडौंका नारायण प्रसाद पराजुली, जानकी टोल पर्साको मुस्कान सप्लायर्सका समसुल हक मियाँ धुनिया र हेटौंडा –६ मकवानपुरको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्सका रुपेश घिमिरेलाई सरकारले कालोसूचीमा राख्दै छ।यसैगरी बानेश्वर –१० काठमाडौंको अनुष्ठान कन्स्ट्रक्सनका रोशन खड्का र रविन्द्र कुमार गौतम, सिरुवा कन्स्ट्रक्स

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 133 पटक पढिएको
  • गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा

    झापा / सरकारले ४ प्रकारका बस्तुको आयात प्रतिबन्ध फुकुवा गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।पुस १ गतेदेखि लागू हुने गरी गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जानकारी दिए ।मुख्यसचिवको संयोजकत्वमा गठित कमिटीले आयातमा गरिएको बन्देज खुलाउन सिफारिस गरेको थियो ।सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति कम हुँदै गएपछि वाणिज्य मन्त्रालयले गत १३ वैशाखदेखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध लगाएको थियो । तर, भदौमा सरकारले ६ प्रका

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 632 पटक पढिएको
  • काठमाडौंका तीन स्थानका कपडा गोदाममा शिलवन्दी

    काठमाडाैँ /  राजस्व अनुसन्धान विभागले काठमाडौंका तीन स्थानमा रहेका कपडा गोदाममा शिलवन्दी गरेको छ । भन्सार छलि गरि ल्याइएका सामान गोदाम गरिराखेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र बिभागको टोलीले छापा मारि तीन स्थानमा रहेका कपडा गोदाममा शिलवन्दी गरेको हो ।नितेश इम्पेक्सको काठमाडौंको भेडासिंङ, क्षेत्रपाटी र भुरुङ्खेलमा रहेको कपडा गोदाममा शिलवन्दी गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए । उनले शुक्रबारदेखि बिभागले शिलवन्दी गरेका स्थानमा थप अनुसन्धान गर्ने बताए । गोदाममा भन्सार छलि गरि ल्याइएका ठूलो परिणाममा थान कपड

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • 965 पटक पढिएको
  • घट्यो सुनचाँदीको मूल्य

    झापा / साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । केही दिनदेखि लगातार बढिरहेको सुनचाँदीको मूल्य मंगलबार भने घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ६ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजाबी सुन प्रतितोलामा ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार ३५ रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • 230 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा