आर्थिक

    Showing 1,901-1,910 of 3,089 items.
  • आज सुनको मूल्य स्थिर, चाँदी प्रतितोला १० रुपैयाँले घट्यो

    काठमाडौँ / आज सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन तोलामा एक हजार रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तुलनामा तोलामा १० रुपैयाँले घट्दै एक हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः असोज १०, २०७९
    • 192 पटक पढिएको
  • तत्कालीन गाविस सचिव मण्डलसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ / धनुषाको साविक चक्कर गाविसका सचिव राम रतन मण्डलसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव मण्डल र साविक चक्कर गाविस–२ हाल औरही गाउँपालिका –६ बस्ने नागेन्द्र भन्ने रञ्जित साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेका हो ।उनीहरूले ९ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा दुवै जनासँग ९ लाख ७६ हजार ९०० रुपैयाँ बिगो दाबी गरिएको छ ।विभिन्न वडाहरूका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्दा उनीहरूले भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले ब

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 126 पटक पढिएको
  • चाडवाडमा खानेतेलको मूल्य घट्दा उपभोक्तालाई राहत

    झापा / सरकारले कच्चा तेलको आयातमा भन्सार शुल्क घटाएपछि खाने तेलको मूल्यमा गिरावट आएको छ । सरकारले २१ भदौ देखि कच्चा तेलको शुल्कमा कटौती गरेपछि खाने तेलको मूल्य लिटरको २० रुपैयाँले घटेको हो । अन्तराष्ट्रिय मूल्यका कारण गत साउन यता खानेतेल गत साउन यता खानेतल क्रमशः सस्तो हुँदै आएको थियो । सरकारले कच्चा तोरीको भन्सार महसुल ५ प्रतिशतबाट १ प्रतिशतमा र अन्य तेलको आयातमा लाग्ने भन्सार महसुल १ प्रतिशत कायम गर्ने निर्णय गरेपछि चाडवाडको मुखमा त्यसले उपभोक्तालाई अझै राहत मिलेको हो । सरकारले कर घटाएर नेपाली उपभोक्ताले राहत पाउने अवसर दिएपनि सीमापार बजारमा त्यही अनुरूप मूल्य कायम गरिदिँदा मा

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 133 पटक पढिएको
  • आइतबार सुनको मूल्यमा एक हजारले गिरावट

    काठमाडौं / साताको पहिलो दिन नेपाली बजारमा  सुनको मूल्य घटेको छ । आज आइतबारको दिन सुन तोलामा एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले घटेको हो । जसअनुसार आज चाँदी तोलामा एक हजार १७० रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 80 पटक पढिएको
  • १२ अर्बको ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक

    झापा / नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी पुस १२ गते परिपक्व हुनेछ । १८२ दिनका लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी चैत १४ गते परिपक्व हुनेछ ।  ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 147 पटक पढिएको
  • आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

    काठमाडौँ / सुनको मूल्य आज  (शुक्रबार) तोलामा एक हजार रुपैयाँले बढेको छ ।  बिहीबार तोलामा ९१ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य आज बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः असोज ७, २०७९
    • 212 पटक पढिएको
  • घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

    झापा / नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ५ सयले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ८ सय सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 269 पटक पढिएको
  • टीभीएसको ग्राण्ड एक्सचेन्ज मेला सुरु

    विराटनगर / विराटनगरमा टीभीएसको ग्रान्ड एक्सचेन्ज मेला मङ्गलबारबाट सुरु भएको छ । टीभीएसको आधिकारिक बिक्रेता केसरीचन्द भवरलाल पिपलचोक सोरुमको आयोजनामा मेला सुरु भएको हो । मङ्गलबारबाट सुरु भएको मेला असोज १० गतेसम्म सञ्चालन हुने मार्केटिङ म्यानेजर सन्तोष शाहले जानकारी दिए । मुनालपथ स्थित पञ्जाबी पेट्रोल पम्प अगाडि सञ्चालन भइरहेको मेलामा टीभीएस ब्रान्डका मोटरसाइकल तथा स्कुटरको ग्रान्ड एक्सचेन्ज गर्न सकिने उनको भनाइ छ ।मेलामा जुनसुकै कम्पनीका बाइक तथा स्कुटर साट्न सकिने छ । जुनसुकै कम्पनीका पुराना बाइक तथा स्कुटरको भ्यालु एडिसन ७ हजार थप गरिने उनको भनाइ छ ।यस्तै नयाँ बाइक तथा स्कुटर खरिद गर्दा

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 257 पटक पढिएको
  • एक महिनामा प्राधिकरणले भारतलाई बेच्यो साढे २ अर्बको बिजुली

    झापा / चालू आर्थिक वर्ष ०७९/८० को दोस्रो महिनामा नेपाल विद्युत प्रधिकरणले इन्डियन एक्सचेन्ज मार्केटमा बिजुली बेचेर  दुई अर्ब ४२ करोड रुपैयाँ आम्दानी गरेको छ ।  भदौमा मात्र प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत भारत निर्यात गरी उक्त रकम आम्दानी गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठमा इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।सुरुमा दुईवटा विद्यागृहकाे ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री गरिएक

    • प्रकाशित मितिः असोज ४, २०७९
    • 282 पटक पढिएको
  • राजस्व छलि गरेर ल्याएको ४० लाख रुपैयाँ बराबरको कपडा बरामद

    झापा  / राजस्व छलि गरेर ल्याएको कपडा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।आइतबार दिउँसो विराटनगर महानगरपालिका –१२ रोड शेष चोकमा भारतबाट नेपालतर्फ आएको बिआर ३८ बि २३७९ नम्बरको ट्याक्टरमा अवैध तरिकाबाट ल्याएको कपडा बरामद गरेको हो। प्रहरीले जहदा गाउँपालिका वडा नम्बर १ बस्ने ट्याक्टर चालक वर्ष १९ को रमेश यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङका डीएसपी दीपक श्रेष्ठका अनुसार राजस्व छलि गरेर ल्याएको चालिस लाखको सामान समेत बरामद गरिएको छ । बरामद गरेको कपडा आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 155 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा