काठमाडौँ / सहारा विकास बैंक लिमिटेडले एकैपटक आठौँ, नवौं र दशौँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।साउन २२ गते बसेको बैंकको संचालक समितिको बैठकले गरेको निर्णयानुसार संयुक्त सभा भदौं १२ गते शनिबार होटल कुसुम एण्ड पार्टी प्यालेस, मंगलावा, सर्लाहीमा बिहान १०:३० बजेका लागि आह्वान गरेको हो । सभाले सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने सम्बन्धि प्रस्ताव पारित गर्दै सम्पत्ति तथा दायित्वको मूल्यांकन लेखापरीक्षकबाट सहारा विकास बैंक लिमिटेडको चल- अचल सम्पत्ति र दायित्व मुल्यांकन प्रतिवेदन तथा सो समेतको आधारमा संयुक्त प्राप्ति समितिबाट निर्धारण गरिएको सेयर अनुपात (स्वाप रेसियो
बिर्तामोड / सुन तस्करीमा संलग्न गिरोहले तस्करीको शैलीमा परिवर्तन गर्न थालेको पाईएको छ । ३३ केजी सुन तस्करी प्रकरण पछि ठुलो मात्रामा अनि सहज तरिकाले तस्करीको सुन आउन रोकीएपछि देशका ठूला सुन व्यवसायीले नयाँ तरिकाबाट सुन भित्राउन थालेका छन् ।तस्करसँग मिलेर काम गदैै आएका ठूला व्यवसायीले काँचो सुनको सट्टामा बनाईका गहना नै खालीका विभिन्न मुलुकबाट नेपाली कामदार प्रयोग गरेर ल्याउन थालेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । भन्सार तथा कर छलेर सुन आयात गर्न ठूला सुन व्यवासायीले खाडीका मुलुकमा कतै आफ्नै शाखा खोलेर त कतै आफ्ना विश्वाशिला मान्छेलाई पठाएर उनीहरूको सहयोगमा नयाँ तरिकाले सुन तस्करी गर्न थाले
विराटनगर / नेकपा माओवादी केन्द्रका १ नम्बर प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले झापाको बिर्तामोड स्थित गिरीबन्धु टि स्टेटको जग्गा सट्टा पट्टाको निर्णय खारेज गर्न माग गरेका छन् ।पूर्व मन्त्री समेत रहेका आङ्वोले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राष्ट्रहित र जनविरोधी जग्गा सट्टा–पट्टाको निर्णय खारेज गर्न माग समेत गरेका छन् । प्रदेशसभा बैठकमा विषेश समय लिएर आङ्वोले ओली सरकारले भूमाफिया र मिडिया उद्यमी समेतको सहयोगमा जनविरोधी काम गरेको आरोप समेत लगाएका छन् । अर्वौ रुपैयाँको प्रलोभनमा मिलेर मिलेमतोमा सो काम गर्न खोजिएको भन्दै उनले ठूला मिडियाको मौनता तर्फ संकेत गर्दै भने –
वीरगञ्ज / वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले १५३ फर्मलाई ४५ लाख रुपैयाँ जरिवाना गरेको छ । कर छली, कालो बजारी तथा इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगर्ने १५३ व्यापारिक फर्मलाई जरिवाना गरेको हो ।कार्यालयले आर्थिक वर्ष २०७७ को साउन महिनादेखि २०७८ को असार महिनासम्ममा ३६२ वटा फर्ममा अनुगमन गरी तीमध्ये १५३ फर्मलाई कारवाही गरी ४५ लाख ४३ हजार रुपैयाँ जरिवाना गरेको छ । जरिवाना गरिएको मध्ये सबैभन्दा बढी वीरगञ्जस्थित एसआर रेडिमेड उद्योग रहेको छ । उक्त उद्योगले बहुराष्ट्रिय कम्पनीको लोगो चोरी आफ्नो उत्पादनमा लगाएको पाइएकाले उक्त उद्योगलाई जरिवाना गरिएको हो।
चन्द्रमणि कट्टेलबिर्तामोड / सर्वोच्च अदालतको अन्तरिम आदेश र अदालतमा विचाराधीन रहेको मुद्दा लत्याउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले अन्तिम समयमा झापाको बिर्तामोड स्थित ‘गिरीबन्धु टि स्टेट’ प्रालिको स्वामित्वमा रहेको जग्गा बिक्रीका लागि निर्णय गरेको पाइएको छ ।हदबन्दी भन्दा बेसी जग्गा रहेको कम्पनीको बिर्तामोडको बजार क्षेत्रमा नै रहेको अर्बौं रुपैयाँ मूल्य बराबरको जग्गा बिक्रीका लागि मन्त्रीपरिषदबाटै गरिएको निर्णय सर्वोच्च अदालतको आदेशका कारण विवादमा तानिएको हाे ।प्रति कठ्ठा एक करोड मूल्य हाराहारीको कम्पनीको स्वामित्वमा रहेको २ सय ८० बिगाहा जग्गा बिक्रीको लागि सरकारले बाटो खोलिदिएपछि सो जग
काठमाण्डौ / वेवारिसे शव व्यवस्थापनका लागि भनेर नेपाल प्रहरीका लागि विनियोजित बजेटमा व्यापक अनियमितता हुने गरेको आशंका गरिएको छ ।सरकारले शव व्यवस्थापनका लागि प्रहरी कार्यालय मार्फत खर्च गर्ने गरी वार्षिक रुपमा बजेट विनियोजन गर्ने गरेको छ । तर प्रहरी कार्यालयहरूले भने सामाजिक संघ–संस्थाको सहयोग मागेर उनीहरूकै खर्चमा शव व्यवस्थापनको काम गर्ने गरेको पाइएको छ ।शव व्यवस्थापनको काम गर्दै आएकी सपना रोक्का मगर लगायतले प्रहरीले लिखित रुपमा नै आग्रह गरेपछि आफ्नै संस्था या अन्यबाट सहयोग जुटाएर शव व्यवस्थापन गर्ने गरेको सञ्चारमाध्यमलाई बताउने गरेका छन् ।उनीहरूले आफ्नै खर्चमा शव व्यवस्थापन गर्ने गरेको सार्व
नवलपुर / नवलपुरको मध्यबिन्दु नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी गर्न मिल्ने व्यवस्था शुरु गरेको छ । आइतबार मध्यबिन्दु – १५ का देशबहादुर गुरुङको सम्पत्ति कर भुक्तानी गर्दै नगरपालिकाले अनलाइन राजस्व भुक्तानी शुरु गरेको हो । इ-सेवासँग सम्झौता गरेर शुरु गरिएको नगरवासीले घरमै बसेर अनलाइन मार्फत राजश्व भुक्तानी गर्न मिल्ने र नगरपालिका वा सम्बन्धित वडा कार्यालय पुग्नु पर्ने झन्झट नपर्ने मध्यबिन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले जानकारी दिएका छन् । अनलाइन व्यवस्था शुरु भएपछि राजश्व भुक्तानीमा सेवाग्राहीको सहभागिता र राजश्वको दायरा वृद्धि हुने विश्वास लिएको उनको भनाइ छ ।विद्युतीय भुक्त
रमेश कुमारकिसानको पूँजीमा पहुँच र उत्पादन वृद्धि गर्ने उद्देश्य राखिएको सहुलियतपूर्ण कृषि कर्जा कार्यक्रमको फाइदा अर्बौं रुपैयाँका कारोबारीले उठाइरहेका छन् । जनताले तिरेको करबाट सरकारले ब्याज अनुदानका नाममा कसरी ठूला व्यवसायी पोस्दैछ भन्ने खुलासा ।कहलिएका व्यवसायी पवनकुमार गोल्यान एनएमबि ब्यांकका अध्यक्ष समेत हुन् । ब्यांक, बीमा, होटल, जलविद्युत्, उत्पादन उद्योग लगायतमा लगानी गरेका गोल्यानले पछिल्ला वर्ष कृषि व्यवसायमा हात हालेका छन् । उनको व्यावसायिक समूहले झापाको मदरगाछल, चकचके र घेराबारीमा तरकारी उत्पादन गर्छ र, त्यसका लागि उनलाई सरकारले राज्यकोषबाट अनुदान दिन्छ । वर्षेनि अर्बौंको कारोबार ग
काठमाडौँ / मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कुल ७ लाख २६ हजार २८६ कित्ता रहेको उक्त शेयर कार्यालय समयसम्म आवेदन दिन पाइने छ ।कुल आइपीओको १४ हजार ७२६ कित्ता शेयर कर्मचारी र ३६ हजार ८१४ कित्ता शेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् । प्रति कित्ता १०० रुपैयाँ दरमा आइपिओ जारी गरेको उक्त कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।आइपिओमा आवेदन दिन लगानीकर्ताले सि- आश्वा, वित्तीय संस्था र मेरो शेयर मार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।मैलुङ खोला जलविद्युत कम्पनीको जारी
बिर्तामोड / मनसुनी वर्षाका कारण यो वर्ष सडक र पुल लगायतका पूर्वाधारमा २ अर्ब १६ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ । अत्याधिक वर्षाका कारण आएको बाढी, पहिरोबाट देशभर २ अर्ब १६ करोड रुपैयाँ बराबरको क्षति भएको सडक विभागले जनाएको छ ।विभागले देशभर २४ ओटा पक्की पुलमा बाढी तथा पहिरोबाट क्षति पुगेको र ९ वटा पुल बगाएको जानकारी गराएको छ । मेलम्चीमा आएको बाढीले मेलम्चीमा रहेका ५ वटा पुल बगाएको छ ।बाढी पहिरोबाट देशभरका राजमार्गका १ सय ५३ स्थानमा सडक अवरुद्ध बनेको छ । १ अर्ब ८० करोड रुपैयाँ बराबरको क्षति अरनिको राजमार्गमा मात्रै भएको सडक विभागले जनाएको छ ।बझाङमा अवरुद्ध भएको सडक खोलिएको र लम
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.