आर्थिक

    Showing 1,921-1,930 of 4,497 items.
  • नाडा अटो शोमा सारथी स्कुटरमा २५ हजार नगद छुट पाउने

    काठमाडौं — भदौ ३ गते अर्थात् भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोको शुरुको दिन अर्थात भदौ ३ गते देखि भदौ ८ गतेसम्म लागु हुने गरी  अफर सञ्चालन भएको कम्पनीले जनाएको छ ।उक्त अटो शोमा कम्पनीले सहभागिता नलिएता पनि ग्राहकहरुको चासो र उत्साहलाई मध्यनजर गर्दै यो अफर सञ्चालन गरेको कम्पनीले जनाएको छ ।उक्त अफर अनुसार सारथी इकुटरका दुई मोडेल इ ३ र विगर मोडेलको स्कुटर खरिद गर्ने ग्राहकले नगद रु। २५ हजार छुट पाउनेछन् । साथै एक वर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ ।यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउने छन् । नगद नहुने

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 618 पटक पढिएको
  • नेपालमै पहिलोपटक उड्ने ट्याक्सी सार्वजनिक, प्रधानमन्त्रीले गर्ने उद्घाटन

    काठमाडौं— नाडा अटो शो, २०२५ को उद्घाटन समारोह मंगलबार (भोलि) हुँदै छ । जहाँ दिपलको उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् ।एमएडब्लू वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै ईभीटोल ९इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङलाई नाडा अटो सोमा प्रदर्शनीमा राख्न लागेको हो ।एमएडब्लु वृद्धिले नेपालमै पहिलोपटक मानव आकारको ह्युमनोइड रोबोट पनि प्रदर्शनीमा राख्नेछ । जसले आगन्तुसँग प्रत्यक्ष संवाद गर्दे मानिसको जस्तो गतिविधि र संसार गर्नेछन् । यी नविनतम् प्रविधिले नाडा अटो सोलाई एउटा अटोमोबाइल प्रदर्श

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 662 पटक पढिएको
  • चार्टर्ड एकाउन्टेन्ट महेश खनालको नियुक्तिसँगै सहकारी प्राधिकरणले पायो पूर्णता

    काठमाडौं— राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पूर्णता पाएको छ । चार्टर्ड एकाउन्टेन्ट तर्फबाट सदस्यमा महेश खनाल नियुक्त भएसँगै प्राधिकरणले पूर्णता पाएको हो ।सहकारी क्षेत्रमा नियमन तथा सुपरीवेक्षण अभावका कारण समस्या बढेको र सहकारी क्षेत्रमा देखिएका विकृति नियन्त्रण गर्न भन्दै सरकारले २०८१ मा प्राधिकरण स्थापना गरेको थियो ।प्राधिकरणले संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था नियमन गर्छ । प्राधिकरणमा एक अध्यक्ष सहित चार सदस्य रहने व्यवस्था छ ।सरकारले केही समयअघि अध्यक्षमा डा। खगराज शर्मालाइ नियुक्त गरेको थियो । त्यसैगरी विज्ञ सदस्यका रूपमा नेपाल र

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 734 पटक पढिएको
  • कोशी प्रदेशको आफ्नै राजस्व कार्यालय आजदेखि संचालनमा

    इटहरी— कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय सञ्चालनमा ल्याएको छ । प्रदेशको राजस्व संकलनलाई प्रभावकारी बनाउन र आवश्यक सहजीकरण गर्न सोमबार सुनसरीको इटहरीमा प्रदेश राजस्व कार्यालयको उद्घाटन गरिएको हो ।आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले कार्यालयको उद्घाटन गर्दै प्रदेशले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको अवस्थामा नयाँ कार्यालय आवश्यक भएको बताए ।उनले  भने, ‘जनतालाई करको अतिरिक्त बोझ नपारीकन राजस्व संकलनका स्रोत पहिचान गरी कार्यालयले सहजीकरण गर्नेछ ।’गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारले ४ अर्ब ९८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९८ प्रतिशत मात्र सफलता हा

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 548 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेकोे हो ।  आइतबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भैएको सुन आज १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भैरहेको छ । यस्तै चाँदीको मूल्य पनि आज बढेको छ ।  आइतबार २३ सय १० रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले बढेर २३ सय १५ रुपैयाँमा कारोबार भैइरहेको छ । 

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 564 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकद्वारा चाँदी आयात सटही सुविधा वृद्धि

    काठमाडौं— नेपाल राष्ट्र बैंकले चाँदी आयातमा सटही सुविधा खुकुलो बनाएको छ । एकीकृत परिपत्र संशोधन गर्दै केन्द्रीय बैंकले अब चाँदी आयातका लागि उद्योगहरूलाई प्रतिपटक ५ लाख अमेरिकी डलरसम्म (वा सो बराबरको विदेशी मुद्रा) सटही सुविधा दिने निर्णय गरेको छ ।यसअघि यो सीमा ३ लाख डलर थियो । अन्य व्यवसायीहरूलाई भने १ लाख डलरसम्मको सटही सुविधा मात्र हुनेछ । सटही सुविधा प्राप्त गर्न वाणिज्य बैंकहरूले अघिल्लो सटहीमार्फत आयात र त्यसको निर्यात स्थिति जाँच्नुपर्नेछ भने व्यवसायीहरूले अन्य बैंकबाट बक्यौता नभएको स्वघोषणा पनि दिनुपर्नेछ ।गत आर्थिक वर्षको पहिलो १० महिनामा चाँदी आयात ५ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 581 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ १५ पैसा र बिक्

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 415 पटक पढिएको
  • मोहन डाँगी भन्छन निजी ऊर्जा उत्पादकलाई पेलेर विद्युत प्राधिकरणले बहादुरी देखायो

    काठमाडौं— स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रलाई अफ्ठ्यारो पारेर बहादुरी नदेखाउन आग्रह गरेका छन् ।आइतवार विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बन्धोन गर्दै वरिष्ठ उपाध्यक्ष डाँगीले उक्त कुरा बताएका हुन् ।‘विद्युत प्राधिकरण र इप्पान मिलेर देशलाई समृद्धिको मार्गमा लैजान योगदान गरी इतिहास रच्ने सुनौलो अवसर पाएको समयमा एकमात्र विद्युत खरिदकर्ता र वितरणकर्ताको हैसियतमा प्राधिकरण खपतबृद्धि, निर्यातबृद्धि र उत्पादनबृद्धिमा लाग्नु पर्ने हो,’डाँगीले भने, ‘तर बिडम्बना विद्युत प्राध

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 664 पटक पढिएको
  • गृहमन्त्री लेखक र सचिव दुवाडीबीच कार्यसम्पादन सम्झौता

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आम नागरिकलाई थप सुविधा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।आइतबार गृहमन्त्रालयमा आर्थिक बर्ष २०८२/८३ को लागि मन्त्रालयका गृह सचिव एवं संगठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरुसित कार्यसम्पादन सम्झौता गर्दै गृहमन्त्री लेखकले लागूऔषध, सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम नियन्त्रणमा पहिलो बर्ष काम भएपनि परिणाम आउन समय लाग्ने बताएका हुन् ।‘लागूऔषध, सडक दुर्घटना, साइबरक्राइम, आत्महत्या गरी चार वटै विषय अहिलेका नयाँ चुनौती हुन । विशेष रुपमा काम भएको छ परिणाम आउन थोरै समय लाग्ला ।’ उनले भने, ‘यो वर्ष परिणाम दिनेगरी काम गर्नुपर्छ

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 558 पटक पढिएको
  • जेआरएफ रेमिट र नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

    काठमाडौं— जापान र कोरियाबाट पैसा पठाउने कम्पनी जेआरएफ रेमिट र नेपालको नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा प्रदान गर्नका लागि सहकार्य सुरु भएको छ ।यो सँगै अब जापान र कोरियामा रहेका नेपालीहरूले अबदेखि जेआरएफको अनलाइन सेवा प्रयोग गरी नियो मनि ट्रान्सफरमार्फत सहजै रकम पठाउन सकिनेछ ।यो साझेदारीसँगै अब नेपालीहरुले नेपालका कुनैपनि बैंक खाता तथा भुक्तानी सेवा प्रदायकका वालेटमा रकम पठाउन सकिन्छ । साथै नियो मनि  ट्रान्सफरका देशैभर रहेका एजेन्ट नेटवर्क मार्फत समेत रकम प्राप्त गर्न सकिनेछ । जेआरएफसँगको सिाझेदारीका विषयमा नियो मनी ट्रान्सफरका सीईओ सागर खनालले भने,‘जेआरएफ रेमिटसँग मिलेर हामीले

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 729 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.