आर्थिक

    Showing 2,061-2,070 of 4,497 items.
  • आज सुनको मूल्यमा स्थिर

    काठमाडौं— नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदीको मूल्य भने घटेको छ । तोलामा ४० रुपैयाँले घटेर चाँदी २ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 572 पटक पढिएको
  • बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आजबाट आवेदन दिन सकिने

    काठमाडौं— बरुण हाइड्रोपावर कम्पनीले आज असार ३१ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। यस अनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुकक्लोज गरेकोले जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रल यस हकप्रदका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा साउन १९ गतेसम्म आवेदन दिन

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 553 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५६ पैसा र बिक्रीदर १६१ रुपैयाँ २६ पैसा, युके पाउण्डस्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७३ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १९ पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ४२ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 377 पटक पढिएको
  • जनकपुरधाम उपमहानगरपालिकाको बजेट ३ अर्ब १ करोड

    जनकपुर – जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ३ अर्ब १ करोड ९ हजार ४ सय ६३ रुपैयाँको बजेट ल्याएको छ ।सोमबार जनकपुरधाम उपमहानगरपालिकाले १३ औँ नगरसभाबाट प्रस्तुत गरिएको बजेटमा चालुतर्फ १ अर्ब ६० करोड ११ लाख ३८ हजार ४ सय ६३, पुँजीगततर्फ १ अर्ब ४० करोड ८८ लाख ७१ हजार र सामाजिक सुरक्षा भत्तातर्फ ५० करोड रकम बजेट विनियोजन गरिएको जानकारी गराएको छ ।आर्थिक वर्ष २०८१।०८२मा जनकपुरधाम उपमहानगरपालिकाले चालुतर्फ ८० प्रतिशत, पुँजीगततर्फ ८५ प्रतिशत र ७१ प्रतिशत वित्तिय प्रगति भएको जनाइएको छ ।आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार विकास, पर्यटन पवद्र्धन, कृषि उद्योगको विकास, शिक्षा, स्वा

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 338 पटक पढिएको
  • सरकार गठनको एक वर्षमै आर्थिक सूचकहरु सकारात्मक : प्रधानमन्त्री ओली

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्षमा मुलुकका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् ।सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय महत्वका विकास आयोजना तीव्र गतिमा अघि बढिरहेको उल्लेख गरेका हुन् ।उनले अघिल्लो कार्यकालमा समयसीमा तोकेर काम गर्ने परिपाटी नरहेको जनाउँदै हाल त्यसको सुरुवात भएको दाबी गरे ।‘हामी सरकारमा आएको एक वर्ष पुग्दैछ । यस बीचमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ,’प्रधानमन्त्री ओलीले लेखेका छन् ।उनले नागरिक सेवा प्रवाहमा सुधार ल्याउन आव

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 471 पटक पढिएको
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आइतबारको तुलनामा सोमवार (आज) छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमवार (आज) छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि आइतवार उक्त सुन तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको थियो ।यसैगरी चाँदीको मूल्य पनि बढेको छ । आइतवार तोलामा २ हजार २८५ रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमवार बढेर तोलामा २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 583 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।युरोपियन युरो एकको खरिदर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर १७१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिदर ९० रुपैयाँ १४ पैसा र बिक्रीदर ९० रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ६ पैसा र बिक्र

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 380 पटक पढिएको
  • काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड, ढिलाइमा उपप्रमुखको माफी

    काठमाडौं— काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका योजना र कार्यक्रमहरू सार्वजनिक गरेकी हुन्।बजेट अनुसार, २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषबाट खर्च गरिनेछ भने ६५ करोड रुपैयाँ अन्य बाह्य स्रोतहरूबाट जुटाइनेछ। बजेट प्रस्तुत हुनुअघि नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले आगामी वर्षका नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेका थिए।बजेट ढिलाइमा उप–प्रमुखको माफीसंविधान अनुसार, स्थानीय तहले असार १० भित्र बजेट सार्वज

    • प्रकाशित मितिः असार २९, २०८२
    • 856 पटक पढिएको
  • काठमाडौं महानगरको २५ अर्ब बढीको बजेट सार्वजनिक

    काठमाडौं— काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याएको छ ।राष्ट्रिय सभागृहमा बसिरहेको गरसभा बैठकमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बराबरको अनुमानित बजेट ल्याएको बताएकी हुन् । ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी उक्त परिमाणको बजेट ल्याएको उनले बताइन् ।उनका अनुसार २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा जम्मा हुने देखिएको छ । जसमा काठमाडौं महानगरपालिकाको आन्तरिक आय र बैंक खातामा २० अर्ब १२ करोडको स्रोत व्यवस्थापन हुने निश्चित भएको छ ।उता नेपाल सरकारबाट समानीकरण र राजस्व बाँडफाँटबाट ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजारको स्र

    • प्रकाशित मितिः असार २९, २०८२
    • 604 पटक पढिएको
  • मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

    काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक वर्ष (आव) २०८२÷८३ को मौद्रिक नीतिको प्रभावका कारण शेयर बजारमा उत्साह देखिएको छ ।आईतबार बजार खुलेको १ मिनेटमै नेप्से परिसुचक करीब ६६ अंकले बढेर २७९८ अंकमा पुगेर अहिले २७६०.२५ अंकमा झरेको छ । नेप्से बढेसँगै बजारमा बिक्री पक्ष हाबी भएसँगै परिसुचक केहि घटेको हो । यद्यपी, अघिल्लो कारोबारको तुलनामा सबै परिसुचकहरु बढेरै कारोबार भइरहका छन् ।यसबेला सम्म कुल ३ अर्ब ६७ करोड २ लाख ३६ हजार रुपैयाँको ८४ लाख ७९ हजार ८५४ कित्ता शेयर किनबेच भएको छ ।मौद्रिक नीतिले उद्यम व्यवसाय, ब्याजदर कोरिडोर, घरजग्गा, शेयर कारोबार लगायतमा गरेको लचिलो व्यवस्थाले

    • प्रकाशित मितिः असार २९, २०८२
    • 396 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.