आर्थिक

    Showing 2,101-2,110 of 2,243 items.
  • बजेट : रेलमार्गका लागि सरकारले छुट्यायो १० अर्ब ३ करोड

    बिर्तामोड / सरकारले पूर्वपश्चिम रेलमार्ग सहितका रेलमार्ग आयोजनाका लागि आगामी आर्थिक वर्ष २०७९/७९ का लागि १० अर्ब ३ करोड बजेट छुट्याएको छ ।शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेलमार्गका आयोजनाहरुका लागि १० अर्ब भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए । उनले आगामी वर्ष जनकपुर–जयनगरसहितका रेलमार्गमा रेल चलाइने घोषणा गरेका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 56 पटक पढिएको
  • बजेट : पानी निर्यात गर्न निजी क्षेत्रलाई प्रोत्साहन

    बिर्तामोड / सरकारले पिउने पानी निर्यात गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ । निर्यात गर्ने निजी क्षेत्रलाई करमा छुट दिनेसम्मका योजना सरकारले बनाएको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसैगरी सरकारले अन्य निर्यात जन्य उद्योगहरुलाई पनि प्रोत्सहन दिने उनले बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 54 पटक पढिएको
  • बजेट : बालविकास कार्यकर्ताको तलब १५ हजार

    बिर्तामोड / सरकारले प्रारम्भिक बालविकासका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको मासिक पारिश्रमिक १५ हजार रुपैयाँ पुर्‍याएको छ ।अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै बालविकास सहयोगी कार्यकर्ताको तलब वृद्धिको घोषणा गरेका हुन् ।बाल विकास सहयोगी कार्यकर्ताले पाउने तलबमा ८ हजार रुपैयाँ सरकारले दिने र बाँकी स्थानीय तहले दिनुपर्ने मन्त्री पौडेलले बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 50 पटक पढिएको
  • बजेट : सरकारले मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने

    बिर्तामोड : सरकारले नीजी क्षेत्रसँग मिलेर मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ ।उक्त अभियानमार्फत सिमेन्ट, औषधि र फलामे डण्डीमा निर्यात तथा प्रर्वधन गरिने नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 51 पटक पढिएको
  • बजेट : चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको करमा छुट

    बिर्तामोड / सरकारले चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट दिने व्यवस्था गरेको छ ।आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त कुरा बताएका हुन् । साथै, चलचित्र क्षेत्रलाई आर्थिक वर्ष २०७८/ ७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण शुल्क छुट दिई स्वतः नवीकरण हुने ब्यवस्था मिलाइएको पौडेलले बताएका छन् ।पहिलो र दोश्रो चरणको कोरोनाको महामारीका कारण चलचित्र क्षेत्र ठूलो समस्यामा परेको छ । प्रदर्शकहरुले लकडाउन र निषेधाज्ञाको समयमा लाग्ने विद्युत डिमाण्ड शुल्क मिनाहा गर्न सरकारसँग माग गर्दै आएका थिए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 65 पटक पढिएको
  • बजेट : अव निजी क्षेत्रले पनि आयोडिनयुक्त नुन उत्पादन गर्न पाउने

    बिर्तामोड / सरकारले आयोडिनयुक्त नुन उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ ।आयोडिनयुक्त नुनलाई सर्वसुलभ, सस्तो र गुणस्तरीय बनाउने भन्दै निजी क्षेत्रलाई पनि सहभागी गराउने घोषणा आगामी वर्षका लागि ल्याएको बजेट मार्फत गरिएको छ । हालसम्म आयोडिनयुक्त नुन आपूर्ति र बिक्री वितरणमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मात्रै गर्दै आएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 58 पटक पढिएको
  • बजेट : ४० माइक्रोन सम्मका प्लाष्टिकको झोलामा प्रतिबन्ध

    विर्तामोड /  सरकारले ४० माइक्रोसनसम्मका प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्धमा लगाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा साउन १ देखि ४० माइक्रोनभन्दा बढीका एवं सुती, जुट र कागजका झोला प्रयोगमा प्रोत्साहन गर्ने नीति लिने उल्लेख छ ।अर्थमन्त्री विष्णु पौडेलले ४० माइक्रोनसम्मका प्लाष्टिक उत्पादन गर्ने उद्योगले स्तरीकरण गर्न चाहेमा लाग्ने खर्च पुँजीगत अनुदान दिने घोषणा गरेका छन् ।यसअघि पनि सरकारले पातला प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाएपनि कार्यान्वयन हुन सकेको थिएन ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 55 पटक पढिएको
  • बजेट : पुनर्कर्जाका लागि १३ अर्ब विनियोजन

    बिर्तामोड /  सरकारले पुनर्कर्जा दिनका लागि १३ अर्ब बजेट विनियोजन गरेको छ । लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवाहरुलाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन सरकारले यो बजेट विनियोजन गरेको हो ।यसैगरी सरकारले माध्यमिक तथा उच्च माध्यमिक स्तरका विद्यार्थीहरुलाई वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजारसम्म ऋण दिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 60 पटक पढिएको
  • बजेट : २० हजार लिटर खानेपानी उपयोग गर्दा महसुल छुट

    बिर्तामोड / सरकारले खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले वितरण गर्ने न्युनतम् २० हजार लिटरसम्मको खानेपानी उपयोग गर्दा पुरै महसुलमा छुट दिने घोषणा गरेको छ ।आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 55 पटक पढिएको
  • बजेट : तरकारी ढुवानी गर्दा किसानलाई २५ प्रतिशत अनुदान

    बिर्तामोड /  सरकारले तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।‘फलफूल, दूध र तरकारी, माछा–मासु किसानले नजिकको बजारमा ढुवानी गर्दा लाग्ने भाडामा २५ प्रतिशत अनुदान सरकारले दिनेछ,’ अर्थमन्त्री पौडेलले भने । यस्तै साना किसानलाई धानको बिउ खरिदमा ५० प्रतिशत नगद अनुदान उपलब्ध गराउने पनि बजेटमा उल्लेख छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 51 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा