आर्थिक

    Showing 2,121-2,130 of 2,243 items.
  • बजेट : गरिबी निवारण कोष खारेज

    बिर्तामोड / सरकारले गरिबी निवारण कोष खारेज गरेको छ ।आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गरिबी निवारण कोष खारेज गरिएको जानकारी दिए ।गरिबी निवारण कोष खारेजको सरकारले आगामी आर्थिक वर्षदेखि ‘गरिबसँग विश्वेश्वर’ कार्यक्रमलाइ निरन्तरता दिइने बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 111 पटक पढिएको
  • बजेट : निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपतगर्ने साना उद्योगीलाई शत प्रतिशत छुट

    बिर्तामोड / निषेधाज्ञा अवधिभर मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई घरेलु तथा साना उपभोक्ताले शत प्रतिशत छुट पाउने भएका छन् ।आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शत प्रतिशत छुट दिने व्यवस्था सुनाएका हुन् । त्यस्तै मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था गरेको छ ।त्यसैगरी निषेधाज्ञाभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा साल्ट ट्रेडिङ कम्पनीबाट बिक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिलाउने व्यवस्था मिलाएको पनि जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 150 पटक पढिएको
  • बजेट : सुकुम्बासीलाई जग्गा किन्न ६८ करोड बिनियोजन

    बिर्तामोड / सरकारले सुकुम्बासी समस्या समाधानका लागि जग्गा खरिदका लागि ६८ करोड रुपैयाँ बिनियोजन गरेको छ । आर्थिक वर्ष २०७८र७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम सुकुम्बासीका लागि बिनियोजन गरेको जानकारी दिए ।भूमिहीन दलित, सुकुम्बासी, पूर्व कमलरीलाई व्यवस्थापन गर्न आगामी आर्थिक बर्षभित्र जग्गा प्रदान गर्न सो रकम छुट्याइएको मन्त्री पौडेलले बतए । उनले गैर कानूनी रुपमा कब्जा गरिएका सरकारी तथा गुठीका जग्गा फिर्ता ल्याउने पनि बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 74 पटक पढिएको
  • बजेट : ल्यापटप किन्न बिद्यार्थीलाई सरकारले ८० हजार ऋण दिने

    बिर्तामोड / सरकारले विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँ ऋण उपलब्ध गराउने गराउने भएको छ ।आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ बताए छन् ।त्यसैगरी १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 132 पटक पढिएको
  • बजेट : रासायनिक मल कारखाना खोल्न १२ अर्ब विनियोजन

    बिर्तामोड / सरकारले रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब बजेट विनियोजन गरेको छ ।आर्थिक वर्ष २०७८/ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रसायनिक मल कारखाना बनाउनको लागि तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।किसानलाई खेतीको लागि मलको अभाव हुन नदिन मलको व्यवस्था गरिसक्ने र तीन वर्ष भित्र निर्माण गरिसक्ने गरी कारखाना स्थापना गर्न बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 142 पटक पढिएको
  • बजेट : तलबसहित सरकारी कर्मचारीलाई १० दिन पर्यटन बिदा

    बिर्तामोड / सरकारले सरकारी कर्मचारीलाई तलबसहित १० दिन पर्यटन बिदा दिने भएको छ ।आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने बजेटमा ब्यवस्था गरिएको हो ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 283 पटक पढिएको
  • बजेट : स्वास्थ्य मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोड

    बिर्तामोड / सरकारले कोरोना महामारी तथा रोक थामलाई समेत ध्यान दिँदै स्वास्थ्य मन्त्रालयलाई भारी बजेट छुट्याएको छ ।शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयको लागि १ खर्ब २२ अर्ब ७७ करोड रूपैयाँ विनियोजन जानकारी दिए ।निरोगी नेपाललाई नागरिक जागरण कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य वीमाअन्तर्गत ५० प्रतिशत घरपरिवारलाई पहुँच ल्याउनका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 84 पटक पढिएको
  • बजेट : सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि

    बिर्तामोड / सरकारले वृद्धभत्ता लगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ वृद्धिको घोषणा गरेका हुन् ।हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेको छ । वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक  पाँच हजार रुपैयाँ सम्म भत्ता दिने उद्घोष गरेको थियो ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 108 पटक पढिएको
  • बजेट : कोरोना विरुद्ध लड्न २६ अर्ब ७५ करोड बजेट

    बिर्तामोड  / सरकारले कोभिड –१९ रोकथाम तथा नियन्त्रणका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले हरेक कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन बजेट प्रस्तुत गरेका हुन् ।चालू आर्थिक वर्षको बजेटमा कोरोना उपचारका लागि ६ अर्ब रुपैयाँ छुट्याएको थियो ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 82 पटक पढिएको
  • बजेट : अक्सिजन उद्योगका उपकरण आयातमा भ्याट र कर पूर्ण छुट

    बिर्तामोड / सरकारले अक्सिजनको अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयात गर्दा लाग्ने भन्सार र मुल्य अभिवृद्धि कर पूर्ण रुपमा छुट दिएको छ ।शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री पौडेलले अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयातमा भन्सार र मुल्य अभिवृद्धि कर पूर्ण रुपमा छुट दिने गरी बजेट ल्याइएको बताएका हुन् ।उनले सामुदायिक तथा निजी अस्पतालमा अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान समेत दिने पनि बताए ।उनले कोरोना महामारीको अवधिभर अक्सिजन उद्योगहरुलाई अक्सिजन उत्पादनमा लाग्ने विद्युत महशुलमा ५० प्रतिशत छुट दिने व्

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 71 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा