आर्थिक

    Showing 2,151-2,160 of 2,243 items.
  • आगामी बजेटमा शिक्षा क्षेत्रका सवाल

    काठमाडौँ / राज्यको सबैभन्दा प्राथमिकीकरणको महत्वपूर्ण क्षेत्र शिक्षा भएकाले आगामी बजेट विनियोजनमा यस क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने सुझाव दिइएको छ । मुलुकको गरिबी निवारण, विकास, आर्थिक वृद्धि, समानता र समृद्धिलगायत पक्षलाई सम्बोधन गर्ने आधार नै शिक्षा भएको हुँदा कूल बजेटको कम्तीमा १५ प्रतिशत  यस क्षेत्रमा लगानी गर्न सरकारलाई आग्रह गरियो ।पूर्वप्राध्यापक पुष्करराज बज्राचार्यले उच्च शिक्षाले देशको वास्तविक विकासलाई अघि बढाउने भए पनि राज्यले कलेज तहमा एक विद्यार्थीका लागि हाल खर्च गर्दै आएको वार्षिक रु ३७८ मा अब निकै वृद्धि गर्न आवश्यक भएको बताए । नेपाल कानून समाजद्वारा आज यह

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 48 पटक पढिएको
  • आज सुनको मूल्य स्थिर, चाँदीको भाउमा सामान्य गिरावट

    बिर्तामोड  / साताको अन्तिम  दिन शुक्रवार सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा बिहीवार ४ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रवार स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला ९१ हजार ६०० मा कारोबार भएको छ । बिहीवार पनि सोही मूल्यमा छापावाला सुन खरीदविक्री भएको थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला  ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, शुक्रवार चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । बिहीवार प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार १ हजार ३ सय ३० रुपैयाँ खरीदविक्री भइरहेको छ । बि

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 46 पटक पढिएको
  • अक्सिजन समस्यामा नेपाललाई सघाउन अमेरिकाद्वारा थप सहयोगको घोषणा

    काठमाडौँ / कोभिड–१९का कारण उत्पन्न अक्सिजन समस्यामा सघाउन अमेरिकाले नेपाल सरकारलाई थप  ३२ करोड १७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । अक्सिजन उत्पादन कारखाना, तरल अक्सिजन भण्डारण र अक्सिजन सिलिण्डर ढुवानीका निम्ति नेपाली जनताको तत्कालको आवश्यकतामा भरथेग गर्न अमेरिकाले थप सहयता रकम उपलब्ध गराउने आज घोषणा गरेको यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।आज घोषणा भएको थप सहायता रकमसँगै अमेरिकी सरकारले नेपालमा कोभिड–१९ को सङ्क्रमण शुरुभएयताको एक वर्षमा समुद्रपार मानवीय सहयोग, दैवी विपत्ति सहायता तथा नागरिक सहायता कोषबाट चिकित्सा तथा स्वास्थ्य सामग्री, व्यक्तिगत सुरक्षा उपकरण,

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 90 पटक पढिएको
  • सेयर बजारका सबै सूचक उकालो, कारोबार रकममा सुधार

    काठमाडौं  / साताको अन्तिम दिन सेयर बजारका सबै सूचक उकालो लागेका छन्। कारोबार मापक सूचक नेप्से १० अंकले बढ्दा कारोबार संख्या र कारोबार रकममा समेत सुधार आएको छ।बिहीबार नेप्से सूचक १० दशमलव १३ अंकले बढेर २ हजार ६ सय ८४ दशमलव ०१ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि १ दशमलव १२ अंकले बढेको छ । यस दिन २ सय १८ वटा कम्पनीको २ करोड १९ लाख ५५ हजार ९ सय ४३ कित्ता शेयर ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २ सय ८० रुपैयाँमा खरिद बिक्री भएको छ ।दिव्यश्वरी हाइड्रोपावर, समता घरेलु लघुवित्त, विशाल बजार कम्पनी, रुरु जलविद्युत, सांग्रिला डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, जोशी हाइड्रोपावर, समृद्धि फाइनान्स,

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 65 पटक पढिएको
  • गोल्छा ग्रुपद्वारा पाटन अस्पताललाई १ करोड रुपैयाँ सहयोग

    काठमाडौं/ गोल्छा ग्रुपले पाटन अस्पताललाई १ करोड रुपैयाँ सहयोग गरेको छ । कोरोना महामारीसँग लड्नका लागि सहयोग पुगोस भन्ने उद्देश्यले गोल्छा ग्रुपले सहयोग गरेको हो ।‘गोल्छा ग्रुपको तर्फबाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताललाई अत्यावश्यक उपकरण खरिद र स्वास्थ्यकर्मीको सेवा सहजताकालागि रू १ करोडको सहयोग हस्तान्तरण गरेका छौं । आशा छ, हामी सबैले आ-आफ्नो स्थानबाट सहकार्य र हातेमालो गरेर यो महामारीबाट छिट्टै पार पाउन सफल हुनेछौं,’ नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका शेखर गोल्छाले भने ।

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 64 पटक पढिएको
  • अक्सिजन प्लान्ट स्थापना गर्न रकम प्रदान

    डोटी / जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि  ८० लाख रुपैयाँ प्रदान गरिएको छ । दोस्रो चरणको कोरोना भाइरसका बिरामीलाई अक्सिजन नहुँदा निकै समस्या उत्पन्न भएपछि सुदूरपश्चिम प्रदेश सरकारले जिल्लामै अक्सिजन उत्पादन गर्नका लागि उक्त रकम प्रदान गरेको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पतालमा पठाइएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा हाल २०० भन्दा बढी सक्रिय कोरोना सङ्क्रमित रहेको बताइएको छ । सङ्क्रमितको उपचारमा सहजता ल्याउन तथा सङ्क्रमितले सहजरूपमा अक्सिजन पाउन् भन्ने उद्देश्यले अक्सिजन उत्पादन गर्न प्लान्ट स्थापनाका लागि ज

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 46 पटक पढिएको
  • राजनीतिक अन्योलताले नेप्से १८ अंकले घट्यो

    काठमाडौं  / राजनीतिक अन्योलताको असर नेप्सेमा परेपछि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । जसको कारण साताको पहिलो दिन नेप्से परिसुचक १८ दशमलब ५६ बिन्दुले घटेर २ हजार ६ सय १८ दशमलव ५६ अंकमा पुगेको छ ।बढ्दो कोरोना संक्रमणका कारण केही दिनयता सुस्त बनेको बजारमा पछिल्लो राजनीतिक घटनाक्रमका कारण लगानीकर्ता अझै ‘पर्ख र हेर’को अवस्थामा पुगेको छन् ।प्रधानमन्त्री के।पी शर्मा ओलीले सोमबार संसदबाट विश्वासको मत लिने भएको कारण लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा पुगेका हुन् ।विपक्षी गठबन्धनले नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाको नेत्रृत्वमा नयाँ सरकार बनाउने कसरत गरिरहेका र राजनीतिले एउटा निकास

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 52 पटक पढिएको
  • उपचारमा सहयोग गर्दै सिरिजङ्घा

    ताप्लेजुङ / ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्थापना गरेको नागरिक उपचार सहायता कोषबाट २६ जनाले उपचारका लागि आर्थिक सहायता प्राप्त गरेका छन् । गम्भिर प्रकृतिका रोग लागेर उपचारमा आर्थिक अभाव झेलिरहेका गाउँपालिका भित्रका २६ जना सर्वसाधरणले आर्थिक सहायता प्राप्त गरेका हुन् । गएको साउनदेखि हाल सम्ममा २६ जनाले नागरिक उपचार सहायता कोषबाट सेवा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । उनका अनुसार सम्पर्कमा आएका व्यक्तिलाई न्युनतम ५ हजारदेखि २५ हजार रुपैँयासम्म उपलब्ध गराइएको छ । हालसम्म कोषबाट ३ लाख १४ हजार रुपैँया खर्च भइसकेको छ । क्यान्सर लागेका, मुटु

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 45 पटक पढिएको
  • कृषकलाई प्रोत्साहन रकम

    तनहुँ / तनहुँको घिरिङ गाउँपालिकाले लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । कृषकलाई नगदे बालीतर्फ आकर्षित गराउँदै गाउँपालिकालाई लसुन र प्याजमा आत्मनिर्भर बनाउने उद्देश्य सहित गाउँपालिकाले कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो । चालु आर्थिक वर्षको गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार कृषकलाई प्रति रोपनी रु पाँच हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार १८ कृषकलाई रु एक लाख ४२ हजार पाँच सय वितरण गरिएको छ । घिरिङ गाउँपालिका–१, २ र ३ का लसुन र प्याज उत्पादन गर्ने कृषकलाई प्रोत्साहन

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 49 पटक पढिएको
  • तस्करी हुँदै गरेको स्याउ वरामद

    रत्न बुढाथोकीकचनकवल / झापाका सुरक्षा अंगको ध्यान कोरोना महामारीमा केन्द्रित भएको समयमा झापाको दक्षिणी क्षेत्रमा चाइनीज स्याउको तस्करी सुरु भएको छ । बिहीबार राती १० बजे कचनकवल १ र २ को सिमा स्थित १२२ नम्बर पीलर बाट ससस्त्र प्रहरीले भारत तर्फ लाँदै गरेको ९५ काटुन स्याउ बरामद गरेको छ ।नेपालबाट भारततर्फ स्याउ तस्करी हुन थालेको  सुचनाको आधारमा सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट केचना र घेराबारीबाट खटिएको टोलीले स्याउ बरामद गरेको हो । बीओपी केचनाका प्रमुख भक्त बहादुर थापाले बरामद स्याउ करिव एक लाख रुपैयाँ बराबरको भएको र भद्रपुर भन्सार कार्यालय बुझाइएको बताएका छन् । उनले केहि दिन अघि भारतीय मो

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 388 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा