आर्थिक

    Showing 2,391-2,400 of 3,106 items.
  • काठमाडौंबाट नक्कली नोटसहित ४ जना पक्राउ

    झापा / काठमाडौं महानगरपालिका –१६ नयाँ बजार मेडिकल चोक एरियाबाट एक हजार दरका दुई सय ९४ थान नक्कली नेपाली नोट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा रौतहट गौर नगरपालिका –१२ घर भएका २८ वर्षीय पृथ्वी प्रसाद साह, रौतहट राजपुर नगरपालिका –३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका –६ घर भएका ३० वर्षीय अशरफ अली सहिद र रौतहट गौर नगरपालिका –९ घर भएका २८ वर्षीय महमद शम्साद आलम रहेका छन् ।उक्त स्थानमा नक्कली नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको नक्कली नेपाली नोट सहित फेला पारी उनीहरूलाई पक

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 78 पटक पढिएको
  • सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो

    काठमाडौं  / नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर ९६ हजार १०० रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य तोलाको ९४ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 91 पटक पढिएको
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं / नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरि प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४ .९५ ले बढाइएको निगमले जनाएको छ ।नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करिब दुई अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमको भनाइ छ ।

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 122 पटक पढिएको
  • राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

    काठमाडौं/ राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिशेयर रु.१०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।लघुवित्तले निष्काशन गर्न लागेको कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । यी बाहेक बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयर भने सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । सो आइपीओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 87 पटक पढिएको
  • राजस्व कार्यालय इटहरीका प्रमुखमाथि हातपात, हातपात गर्ने तस्करीका नाइके फरार

      इटहरी//राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तिर्थराज खनालमाथि हातपात भएको छ।सन्तोष यादवले कार्यालय प्रमुख  खनालको कार्यकक्ष मै  हातपात गरेका हुन्।सशस्त्र प्रहरीका सही गणेश खड्काको   सामुन्ने नै कार्यालय प्रमुख खनालमाथि हातपात भएको बताइएको छ। खड्का सशस्त्र प्रहरी बल सुनसरीबाट प्रदेश १ नं. का डिआइजी कमल गिरीका सादा पोसाकमा खटिने प्रहरी हुन्।उनी १ नम्बर बराह बहिनी मुख्यलाय पकली सुनसरीमा कार्यरत छन् ।  यता यादवले भने खाद्यवस्तु, चिनी र सूर्ती भारतदेखि तस्करी गरि नेपाल ल्याउने गरेको बुझिएको छ। खड्काको योजनामा आफूमाथि हातपात भएको अनुसन्धान कार्यालय प्रमुख खना

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 423 पटक पढिएको
  • क्रिप्टोकरेन्सी कारोबारीहरू खोज्दै सीआईबी

    काठमाडाैँ / नेपाल प्रहरीले क्रिप्टोकरेन्सी, हाइपरफन्ड तथा डिजिटल नेटवर्किङ कारोबारमा संलग्नहरूको खोजी गर्न थालेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले त्यस्ता कारोबारमा संलग्न नहुन र भएकाहरूबारे सूचना उपलब्ध गराउन अनुरोध गरेको हो ।नेपालमा यस्तो कारोबार अवैधानिक रहेको र यसबारे नेपाल राष्ट्र बैंकले पटक–पटक सचेत गराएको स्मरण गराउँदै सिआईबीले यस्तो गैरकानुनी काममा संलग्न भए कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।पछिल्लो समय नेपालमा गैरकानुनी रुपमा डिजिटल कारोबार गर्नेको संख्या बढेपछि प्रहरीले निगरानी बढाएको हो ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 86 पटक पढिएको
  • वीरगञ्ज नाकाबाट आर्थिक वर्षकाे छ महिनामा ६५ अर्बको इन्धन आयात

    काठमाडौं / देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पदार्थको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा रु ३३ अर्ब ४८ करोड २९ लाख बढी मूल्यको १० लाख सात हजार ६९० लिटर इन्धन बढी आयात भएको हो ।पेट्रोलियम पदार्थ अन्तर्गत डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धनलगायत पर्दछन् । आर्थिक वर्ष २०७७/८७ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी रु ३१ अर्ब ८९ करोड २१ लाख मूल्यको सात लाख ८३५ लिटर इन्धन आयात भएको तुलनामा चालू आवको

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 123 पटक पढिएको
  • ग्रीन भेन्चर्सका आयोजना प्रभावितलाई आईपीओ खुला

    काठमाडौँ / ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ ।कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ३१ करोड २५ लाख मूल्य बराबरका प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुल्ला गरेको हो ।कम्पनीले आफ्नो जारी पूँजी (रु तीन अर्ब १२ करोड ५० लाख) को १० प्रतिशतले रु १०० अङ्कित दरका ३१ लाख २५ हजार कित्ता साधारण शेयर ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका –१, २ र ३ तथा लिखु गाउँपालिका–९ र रामेछापको लिखु तामाकोशी गाउँपालिका–१, २ तथा उमाकुण्ड गाउँपालिका–७ का आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।सार्वज

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 85 पटक पढिएको
  • सुनसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

    काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै पाँच किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।दुबईबाट हिमालय एयरलाइन्सको जहाजमा शनिवार बिहान काठमाडौं आएका चिनियाँ नागरिकबाट उक्त अवैध सुन बरामद भएको हो ।झ्याङ ली नामक चिनियाँ नागरिकबाट सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिएका छन ।

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 88 पटक पढिएको
  • सुनको मूल्य तोलामा १५ सयले बढ्यो

    काठमाडौं / साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १५ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य गत सोमबारदेखि बढ्दै आएको छ ।तेजावी सुन प्रतितोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 89 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा