काठमाडौँ / नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार सात सय रुपैयाँ कायम भएको छ । बुधबार भने छापावाल सुन प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।आज तेजावी सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि त्यही मूल्यमा किनबेच भएको महासङ्घले जनाएको छ ।
काठमाडौँ / दुई दशक बढीको इतिहासमा नेपाल – बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । सात वर्षअघिसम्म बचतमा रहेको बङ्गलाबन्ध नाकाको व्यापार अहिले निरन्तर ऋणात्मक हुँदै हालसम्मकै कमजोर अवस्थामा पुगेको हो ।चालू आर्थिक वर्षको ६ महिनामा नेपालले बङ्गलादेशमा हालसम्मकै न्यून निर्यात गरेको मेची भन्सार कार्यालय, काँकडभिट्टाका प्रमुख केशवराज ओलीले बताए । उनका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालले ७ लाख ९० हजार रुपैयाँ बराबरको सामाग्री निर्यात गरेको छ । तर, यो अवधिमा बङ्गलादेशबाट भने २ अर्ब ६० करोड ९२ लाख रुपैयाँ बराबरको सामाग्री आयात भएको भन्सार प्रमुख ओली बताउँछन्
गलकोट / नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नं १ ले रु ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तिब्रता दिएको हो । एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म रु २० लाख सङ्कलन भएको कांग्रेसका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिएका छन् ।उनले व्यवस्थित कार्यालय, दक्ष कर्मचारी व्यवस्थापन, प्रत्येक सदस्यको अभिलेखीकरण, समाजिक सञ्जालमा अपडेट, नियमित बुलेटिन प्रकाशन, इतिहासको खोजी, भविष्यको परिकल्पना, प्रभावकारी सञ्चार, प्रशिक्षण कार्यक्रम सञ्चालन, जनता र विकास जोड्ने अभियान सञ्चालन, भातृ
काठमाडौं / साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३ सयले बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं / साताको चौथो दिन बुधबार सेयर बजार बन्द हुनेछ । आज बुधबार तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होछार पर्व परेकाले सरकारले सार्वजनिक बिदा दिए सँगै सेयर बजार पनि बन्द हुने नेप्सेले जनाएको छ ।अब भोलि बिहीबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ । यसअघि मंगलबार नेप्से सूचक १९.२९ अंकले बढेर २८ सय ९१.३३ बिन्दुमा अडिएको छ । जसमा ६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
काठमाडौं / सुनको भाउ बुधबार प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार भने छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी, बुधबार तेजाबी सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।चाँदीको मूल्य पनि बढेको देखिन्छ । मंगलबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १५ रुपैयाँको दरले बढेर प्रतिलोलाको एक हजार २५५ रुपैयाँ निर्धारण भएको छ ।
झापा / बेँसीसहर नगरपालिकाले दुई सय किसानलाई हातेट्याक्टर वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको मेयर गुमानसिंह अर्यालले बताए ।वैदेशिक रोजगारी पश्चात गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुनश्चः प्रयोगमा ल्याउन हातेट्याक्टर प्रभावकारी हुने अर्यालले बताए ।
काठमाडौं / भारतले नेपाललाई दिने सहायता रकम घटाउन प्रस्ताव गरेको छ । वित्त मन्त्री निर्मला सितारमणले सन् २०२२/२३ का लागि मंगलबार सदनमा पेश गरेको युनियन बजेटमा नेपाललाई दिने सहायता रकम घटाउन प्रस्ताव गरिएको हो ।गतवर्ष ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड) सहयोग गरेको भारतले यस वर्ष भने ७ अर्ब ५० करोड भारु (९ १२ अर्ब रुपैयाँ) मात्र सहयोग गर्ने गरी प्रस्ताव पेश भएको छ । नेपाललाई सहयोग रकम घटाउने प्रस्ताव गरेकी वित्त मन्त्री सीतारमणले दक्षिण एशियामा बांग्लादेशलाई दिने सहयोग रकम २ अर्बबाट बढाएर ३ अर्ब पुर्याउने र माल्दिभ्सलाई गर्ने सहयोग पनि २ अर्ब ५० करोडबाट बढाएर ३ अर्ब ६० करोड बनाउने प्रस्त
बिर्तामोड / सुनको भाउ मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको भाउ भने स्थिर छ । सोमबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि त्यही भाउमा निर्धारण भएको छ । ।
काठमाडौं / सोमवार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । स्थानीय बजारमा सोमवार सुनको भाउ अघिल्लो कारोबार दिन अर्थात् आइतवारको तुलनामा रू ४०० ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू ९१ हजार ८०० मा कारोबार भएको छ । छापावाला सुनको मूल्य आइतबार प्रतितोला रू ९२ हजार २०० मा कारोबार भएको थियो । अघिल्लो कारोबारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू ४०० ले घटेको हो ।त्यसैगरी, तेजाबी सुन प्रतितोला रू ९१ हजार ३०० मा कारोबार भएको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला रू ९१ हजार ७०० मा कारोबार भएको थियो ।यस्तै, सोमवा
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.