आर्थिक

    Showing 2,421-2,430 of 4,112 items.
  • झापाबाट ११ करोडको चिया निर्यात

    झापा— नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो ।‘गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं ‘, संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले भने ।इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले त्यहाँ उत्पादित हरियोपत्ती स

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • 396 पटक पढिएको
  • एकै दिन तोलामा १५ सयले बढ्यो सुन

    काठमाडौं— स्थानीय बजारमा सुनको मूल्य एकै दिन १५ सय रुपैयाँले बढेको छ।  सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १५ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६५ हजार ५ सय रुपैयाँ पुगेको हो।बिहीबार एक हजार रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो।सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। आज चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • 342 पटक पढिएको
  • आज के कस्तो रह्‍यो शेयर कारोबार ?

    काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१.३१ अंकले घटेको छ । नेप्से १.१५ प्रतिशतले घटेर २६८०.४४ विन्दुमा आएको हो । आज ८ अर्ब २५ करोड ५७ लाख ४३ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर कारोबार भएको छ । प्रि–ओपन सेसनमा समेत झिनो अंकले घटेको नेप्सेमा आज ४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१४ कम्पनी कारोबारमा आउँदा ८४ हजार ८५८ पटक शेयर किनबेच भएको छ । यस्तै २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा जानकी फाइनान्सको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । १३ वटा

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 488 पटक पढिएको
  • लगातार बढिरहेको छ सुनको मूल्य, आज प्रति तोला एक लाख ६४ हजार

    काठमाडौं— नेपालमा सुनको मूल्य लागतार बढिरहेको छ । आज सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ । सुनको मूल्य एक हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलाको एक लाख ६३ हजार रुपैयाँ रहेको थियो । पछिल्लो तीन दिनयता सुनको भाउ लगातार बढिरहेको छ ।त्यस्तै चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजो जस्तै तोलाको एक हजार नौ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 315 पटक पढिएको
  • निजी क्षेत्रमा कर्जा बढे पनि वृद्धिदर बढेन

    काठमाडौं— चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब २८ अर्ब ६५ करोड (२.५ प्रतिशत) ले बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब नौ अर्ब तीन करोड (२.३ प्रतिशत) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ असोज मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.० प्रतिशतले बढेको छ ।गत असोज मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्र

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 321 पटक पढिएको
  • आईपीओ निकाल्ने पाइपलाइनमा बसेका कम्पनी संख्या ७७ पुग्यो

    काठमाडौं— नेपाल धितोपत्र बोर्डको आईपीओ निष्कासनको पाइपलाइनमा ९ महिनामै ४२ कम्पनी थपिएका छन् । फागुन २० यता ४२ कम्पनी थप भएको बोर्डले जनाएको छ ।यीसहित अब आईपीओ निष्कासनको पाइपलाइनमा रहेका कम्पनीको संख्या ७७ पुगेको छ । विभिन्न समयमा आवेदन दिएका कम्पनीको सूची बोर्डले एकैपटक सार्वजनिक गरेको हो ।रमेशकुमार हमालको पदावधि सकिएर बोर्ड अध्यक्षबाट बाहिरिएसँगै आईपीओ निष्कासनको स्वीकृति दिइएको छैन । पहिले नै आवेदन दिएर पर्खाइमा रहेका कम्पनी र पछिबाट अरु कम्पनी थपिएसँगै संख्या बढेको बोर्डका एक अधिकारीले जानकारी दिए ।पाइपलाइनमा सबैभन्दा धेरै हाइड्रोपावर सेक्टरका कम्पनी छन् । यो सेक्टरका मात्रै ३७ कम्पनीले आई

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 339 पटक पढिएको
  • गुल्मीमा एकै व्यक्तिले फलाए चार सय मुरी धान

    गुल्मी— धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् ।स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाएका हुन् । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुन् । हालसम्म उनले तीन सय मुरी धान खेतबाट उठाइसकेका छन् भने भने अझै सय मुरी उठाउन बाँकी छ । 'हालसम्म ७५ रोपनी क्षेत्रफलमा लगाएको तीन सय मुरी धान उठाएका छौँ, अब २५ रोपनीको करिब सय मुरी उठाउन बाँकी छ, धान काटेर सुकाउन राखेको छु । अब थ्रेसर लगाएर धान र पराल छुट्याउन मात्रै बाँकी छ', अर्यालले भने । उनले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी भाडामा लिएर धानखेती गरेका हुन् । भाडामा लिएको जग

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • 444 पटक पढिएको
  • सुनको कारोबार प्रति तोला एक लाख ६० हजार

    काठमाडौं— सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेर एक लाख ६० हजार रुपैयाँमा झरेको छ । अघिल्लो हप्ता लगातारजसो घटेको सुनको भाउ यो हप्ताको पहिलो कारोबार दिनमा पनि घटेको हो ।यस्तै चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले घटेर तोलाको एक हजार नौ सय पाँच रुपैयाँमा काराबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 323 पटक पढिएको
  • कालो सुन अलैंचीको भाउ किलोकै २५०० नाघ्यो

    काठमाडौं— कालो सुनको उपमाले चिनिएको अलैंचीको मूल्य दशकयताकै उच्च बिन्दुमा पुगेको छ। नेपालको पूर्वीपहाडी जिल्लाका बजारहरूमा प्रतिमन (४० केजी) एक लाख माथिको मूल्यमा अलैंचीको कारोबार भइरहेको छ।अलैंचीलाई तीन गुणस्तरमा छुट्ट्याएर बिक्री गरिन्छ। व्यापारीहरूका अनुसार ग्रेडिङ गरेको उच्च गुणस्तरको अलैंचीले एक लाख पाँच हजार मूल्य पाएको छ। त्यस्तै कैंची कट (पुच्छर काटेको) एक लाख एक हजार र चालु अलैंची ९८ हजारमा बिक्री भइरहेको छ।‘यो साल अलैंचीले दशकयताकै उच्च मूल्य पाएको हो,’ अलैंची व्यवसायी तथा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य दीपक नेपालले भने ‘मूल्य अझै बढ्ने सम्भावना छ।’ २०७१ सालमा अलैंचीले प्रति

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 460 पटक पढिएको
  • आज कफी दिवस मनाइँदै

    काठमाडौं— आज २० औँ राष्ट्रिय कफी दिवस मनाइँदैछ । ‘नेपालको कफी अर्गानिक अरविका, गुणस्तरीय उत्पादन वृद्धिमा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।नेपालमा १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपण गरेपछि कफी खेतीको सुरूआत भएको मानिन्छ । नेपालमा शुरूदेखि नै रोपण गरेको कफी अराविका जातको हो ।अराविका कफी पारखीको पहिलो रोजाईमा पर्ने र विश्वमा कुल उत्पादनको झन्डै ७५ प्रतिशत यही जातको उत्पादन हुने गरेको छ । विशेषगरी शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा बढ्दै गएको छ ।नेपालमा उत्पादन भएको कफीले आन्तरिक माग एक महिना पनि नधान्ने

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • 403 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.