आर्थिक

    Showing 2,441-2,450 of 4,497 items.
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे चयन

    काठमाडौं— नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष पदमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समितिको ६१७ औँ बैठकले पाँडेलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो ।फाल्गुन १५ गते सम्पन्न बैंकको ३८ औँ वार्षिक साधारण सभा पश्चात् भएको निर्वाचनमा संस्थापक समूह तर्फबाट पाँडेसहित प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य र दिपंकर शाक्य उदय निर्विरोध निर्वाचित भएका थिए । यस्तै सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कवि कुमार टिबरेवाला र शालिक राम बेल्बासे निर्वाचित भएको बैंकले जनाएको छ । 

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 228 पटक पढिएको
  • बढ्यो सुनचाँदीको मूल्य कतिमा हुँदै कारोबार

    काठमाडौं — सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो ।सोमबार प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यसैगरी  चाँदी प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा किनबेच हुने महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 262 पटक पढिएको
  • प्रचण्ड भन्छन् सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक छ

    काठमाडौं— पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक रहेको बताएका छन्। कैलालीमा नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औं स्थापना दिवसमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यसो भनेका हुन् । उनले भने, ‘मैले प्रधानमन्त्रीको रुपमा यो व्यवसायलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर छलफल चलाउन सुरू गरेको थिएँ, छुट्टै ऐनबिना यति ठूलो व्यवसायलाई व्यवस्थित गर्न सकिदैँन। यसबारेमा धेरै पहिलेदेखि देशभरिका व्यवसायले आवाज उठाउँदै आउनुभएको छ, यो माग जायज छ।’काठमाडौंमा मात्रै केन्द्रित रहेको सुनचाँदीको थोक कारोबार कम्तीमा प्रदेश राजधानीसम्म गरिनुपर्छ भन्ने व्यव

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 350 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७९ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा, क्यानेडियन

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 328 पटक पढिएको
  • नेप्से २९ सय विन्दु पुगेर घट्यो

    काठमाण्डौँ — आइतबार उच्च अङ्कले बढेको शेयर बजार सोमबार (आज)  घटेको छ । शेयर बजार परिसूचक नेप्से १३ दशमलव ६२ अङ्कले घटेर २ हजार ८ सय ७६ विन्दुमा झरेको छ । सोमबार (आज) बजार खुलेको ३ मिनेटमै २ हजार ९ सय २९ विन्दुसम्म पुगेको थियो ।  सोमबार समाज लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।आइतबार १४ अर्ब २५ करोडको कारोबार भएकोमा सोमबार ३ सय वटा कम्पनीका ३ करोड १२ लाख कित्ता शेयर १४ अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ । सोमबार सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको १ अर्ब ३

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 374 पटक पढिएको
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर  १३९ रुपैयाँ ७० पैसामा खरिद तथा  १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।यसैगरी, युरो एकको खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५५ रुपैयाँ २९ पैसा निर्धारण भएको छ ।यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 327 पटक पढिएको
  • सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।छापावाल सुन आज तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै चाँदी आज १ हजार ९१५ रुपैयाँले कारोबार भइरहेको छ । सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार २०० रुपैयाँले घटेको थियो । चाँदीको मूल्य भने स्थिर रहेको थियो ।

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 428 पटक पढिएको
  • वीरगञ्ज नाका हुँदै सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य धान–चामल आयात

    वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यो नाका हुँदै रु चार अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको थियो ।वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताए । ‘गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धान–चामलको आयात बढेको देखिन्छ ।’ कृषिप्रधान

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 428 पटक पढिएको
  • यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १४० रुपैयाँ ३० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 394 पटक पढिएको
  • तयार भयो बजेट क्यालेण्डरः करिब १९ खर्ब हाराहारीको बजेट लेखिँदै

    काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार पारी बजेट लेखन थालेको छ ।राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सीमा (सिलिङ) भित्र रही आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गरेर अध्यादेशमार्फत ल्याइएको बजेट क्यालेण्डरसम्बन्धी व्यवस्थाअनुसार काम अघि बढिरहेका छन् । स्रोत अनुमान समितिले करिब रू १९ खर्ब हाराहारीको बजेट सिलिङ उपलब्ध गराइसकेको छ । सबै विषयगत मन्त्रालयलाई पनि बजेट सिलिङ दिइसकेका छौँ’, भण्ड

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 365 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.