आर्थिक

    Showing 2,461-2,470 of 3,106 items.
  • नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषद्धारा सहुलियतपूर्ण ऋण स्वीकृत

    काठमाडौँ / अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालका लागि करिब ४६ अर्ब ७० करोड रुपियाँ (३९ करोड ५९ लाख अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । कोषले ‘इन्ह्यान्स्ड क्रेडिट फ्यासिलिटी (ईसीएफ)’मार्फत शून्य ब्याजदरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो । ऋण सहायतामध्ये करिब १३ अर्ब चार करोड रुपियाँ तत्काल पहिलो किस्तामा प्राप्त हुने र बाँकी रकम क्रमशः प्राप्त हुने अर्थ मन्त्रालयले जनाएको छ ।यो सहायताले कोभिड –१९ का कारण जनस्वास्थ्य र आर्थिक गतिविधिमा परेको नकारात्मक प्रभाव कम गर्न, विपन्न वर्गलाई संरक्षण गर्न, समष्टिगत आर्थिक तथा वित्तीय स्थिरता कायम गर्न र दिगो विकास तथा

    • प्रकाशित मितिः माघ १, २०७८
    • 80 पटक पढिएको
  • आजको नेपाली बजारमा सुनचाँदीको मूल्य

    बिर्तामोड  / सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।पछिल्लो चार दिनदेखि निरन्तर सुनको मूल्य बढिरहेको हो । यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै चाँदीको मूल्य पनि शुक्रबार प्रतितोला पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको १२६० रुपैयाँमा कारोबार भइरहेको छ ।  

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 91 पटक पढिएको
  • मल खरिद प्रक्रिया अन्तिम चरणमा : कृषि तथा पशुपन्छी विकास मन्त्रालय

    काठमाडौँ / कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार भारतसँग जीटुजी सरकारको माध्यमबाट रासायनिक मल खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आगामी हप्ता दुई देशबीच हस्ताक्षर हुने तयारी भइरहेको बताइएको छ । सबै तयारी पूरा भइसकेको र भारतीय पक्षबाट सम्झौताको प्रति आउनेबित्तिकै घोषणा गरिने कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्माले जानकारी दिएका छन । अहिले कार्यक्रमबारे परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावाससँग छलफल चलिरहेको उनले बताए ।भारतीय दूतावासले दिल्लीबाट पत्र आउन बाँकी रहेको जानकारी दिएको छ । कार्यक्रम भर्चुअल गरिए पनि सम्झौतापत्र आदानप्रदान कार्यक्रम भौतिक रूपमा हुने दुतावा

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 89 पटक पढिएको
  • साल्ट ट्रेडिङ कर्पोरशन सल्यान मल बिक्री केन्द्रका इन्चार्ज विरुद्ध भ्रष्टाचारको आरोप

    काठमाडौं// साल्ट ट्रेडिङ कर्पोरशन सल्यान मल बिक्री केन्द्रका इन्चार्ज विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोप लगाएको छ।  तत्कालीन जुनियर सहायक विजयकुमार पासवानविरुद्ध अख्तियारले १८ लाख ७६ हजार ६ सय ६४ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको हो।  पासवानले आफ्नो जिम्मामा रहेको रासायनिक मल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आधिकारिक खातामा रकम दाखिला गरेपश्चात् मल डेलिभरी गर्नुपर्नेमा नगरी आफुखुशी आफ्नो व्यक्तिगत खातामा बदनियतसाथ रकम जम्मा गरेकाले मुद्दा चलाएको बताइएको छ। आयोगले सार्वजनिक संस्थाको सम्पत्ति रासायनिक मल हिनामिना गरेको अभियोगमा बुधबार विशेष अदालतमा मु

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 102 पटक पढिएको
  • सम्पत्ति शुद्धीकरण विभागद्वारा इच्छाराजको सम्पत्ति मूल्याङ्कन

    म्याग्दी / सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल बैंक र सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङ संलग्न रहेको हाउजिङ कम्पनीका नाममा रहेको सम्पत्तिको मूल्याङ्कन थालेको छ ।सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारीमा रहेको विभागले त्यसअघि उनको संलग्नता रहेको रियल इस्टेट्स कम्पनीअन्तर्गतका घरहरूको मूल्याङ्कन थालेको हो । सोही क्रममा विभागले गत साता तामाङसँग बयान पनि लिइसकेको छ । तामाङ आवद्ध सिभिल सेभिङ्स एन्ड को–अपरेटिभ्सको विषय बढी संवेदनशील देखिएकाले सम्भव भएसम्म छिटो मुद्दाको प्रक्रिया अघि बढाउने तयारी भइरहेको स्रोतले बताएको छ ।तामाङलाई मुद्रा, बैंकिङ, व

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 99 पटक पढिएको
  • बालुवाटार जग्गा प्रकरण : जमानीमा छुटे सुवेदी दम्पती

    काठमाडौँ / ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनी पत्नी माधवीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छाडेको छ । अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा सुवेदी दम्पतीलाई मंगलबार छाडिएको सीआईबीका प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी यही पुस ७ गते पक्राउ परेका थिए ।बालुवाटारमा ललिता निवासको १४२ रोपनी ६ आना जग्गा विभिन्न समयमा व्यक्तिको नाममा गएको अनुसन्धानबाट पत्ता लागेको छ। त्यसमध्ये १४ रोपनी जग्गा सुवेदी दम्पतीक

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 96 पटक पढिएको
  • प्लास्टिक उद्योगमा आगलागी हुँदा १० करोड बराबरको क्षति

    जनकपुरधाम / धनुषाको लक्ष्मीनियाँ गाउँपालिका –७ स्थित भगवतीपुरमा रहेको एक प्लास्टिक उद्योगमा आगलागी भएको छ । नवल मुरारकाले सञ्चालन गरेको जानकी प्लास्टिक उद्योगमा सोमबार राती एक बजे आगलागी भएको हो । उद्योगमा विद्युत सर्ट भई आगलागी हुँदा १० करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार आगलागीबाट मेसिन, केमिकल, कच्चा पदार्थ, तयार मालसामान, काठपात, लत्ता कपडालगायतका सामाग्री जलेर नष्ट भएको छ ।

    • प्रकाशित मितिः पुस २७, २०७८
    • 99 पटक पढिएको
  • नेपाली बजार सुनको मूल्य स्थिर

    काठमाडौं / साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि उही रहेको हो । यस्तै तेजाबी सुन तोलामा ९१ हजार १०० रुपैयाँ रहेको छ । यसैबीच आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार १२२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि कुन घटबढ नभइ समान मूल्यमा कारोबार भएको हो । 

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 89 पटक पढिएको
  • अन्तर्राष्ट्रिय बजारमै रासायनिक मलको अभाव

    काठमाडौँ  / सरकारले अन्तर्राष्ट्रिय बजारमै रासायनिक मलको अभाव र मूल्यवृद्धि भएको जनाउँदै उपलब्ध मल किफायत (फारु) गरी प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ । पालले मल आयात गर्दै आएका कयौँ मुलुकले कच्चा पदार्थ अभाव र आन्तरिक खपत देखाउँदै निर्यात गर्न नसक्ने भनेपछि मल अभाव हुनसक्ने पूर्वानुमान गरी उपलब्ध मल किफायत गरी प्रयोग गर्न आग्रह गरिएको हो ।यद्यपि सरकारले अघिल्ला वर्षका तुलनामा यस वर्ष रासायनिक मल खरिदका लागि बजेट वृद्धि गरेको छ । अघिल्लो वर्ष १३ अर्ब रुपैयाँ विनियोजन भएकामा यस वर्ष मलका लागि रु १५ अर्ब छुट्याइएको थियो । रासायनिक मलको माग र आपूर्ति अवस्थाबारे जानकारी दिँदै मन्त्र

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 83 पटक पढिएको
  • एनआईसी एसिया बैंकमा चोरी गर्ने चार पक्राउ

    काठमाडौं / काठमाडौँको बानेश्वरस्थित एनआईसी एसिया बैंक लुटपाट प्रकरणमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले चार जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए । गिरीका अनुसार गत पुस १८ गते बैकमा लुटपाट भएको थियो। बैंकमा १६ लाख रुपैयाँ भन्दा धेरै रकम लुटिएको भन्दै प्रहरीमा उजुरी परेको थियो। चोरीमा बैंकका एक कर्मचारीको समेत संलग्नता भएको खुलेको प्रहरी स्रोतले जनाएको छ। 

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 86 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा