काठमाडौं / जापानी मिडियाले केही एक रिपोर्ट सार्वजनिक गर्दै टोयोटा र सुजुकी मिलेर स्पोर्टस् कार उत्पादन गर्ने तयारी गरिरहेको दावी गरेको छ । विश्वकै चौथो ठूलो भारतीय अटोबजारमा यी दुई कम्पनीले बजेटलाई विशेष ध्यान दिएर स्पोर्टस् कार ल्याउन लागेका हुन् ।सन् २०१९ देखि भारतमा मारुती सुजुकी र टोयोटाले सहकार्य गर्दै आएका छन् । यी दुई कम्पनीको सहकार्यमा टोयोटाले दुई मोडल आफ्नो नेम प्लेटमा बिक्री गरिरहेको छ । जसमा सुजुकी बलेनोलाई टोयोटाले ग्लान्जा र भिटारा ब्रेजालाई अर्वान क्रुजर नामबाट बिक्री गर्दै आएको हो ।यस्तोमा भारतको सम्भावित स्पोर्टस् कारको बजारलाई ध्यानमा राख्दै यी कम्पनीले सन् २०२५ सम्ममा
काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ४०० ले घटेको हो ।त्यस्तै तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार १०० कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९३ हजार ५०० तोकिएको थियो ।आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर एक हजार २४५ तोकिएको महासङ्घले जनाएको छ ।
झापा / नेपाली बजारमा यो सातामा सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला १५०० ले बढेर ९४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार साताको शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य हिजो शुक्रबार ९३ हजार ५०० रुपैयाँ पुगेको छ ।यसका साथै साताभरिमा चाँदीको मूल्य समेत प्रतितोला ६० रुपैयाँले उकालो लागेको महासङ्घले जानकारी दिएको छ । चाँदी गत साताको शुक्रबार प्रतितोला ११ सय ९० रुपैयाँम
लमजुङ / ४ मेगावाट क्षमताको छन्दीखोला जलविद्युत आयोजनाबाट उत्पादन विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।आयोजनाबाट उत्पादित बिजुली निर्माण सकिएको ४ महिनापछि व्यवसायिक रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।निर्माणको काम साउनमै सकिएर असोजदेखि प्रसारण लाइनमा जोड्ने योजना आयोजनाको थियो । तर, प्रसारण लाइनमा समस्या आउँदा ४ महिना ढिला गरी प्रसारण लाइनमा जोडिएको हो । २०७५ साल कात्तिकदेखि निर्माण सुरु भएको आयोजना २०७७ साल साउन भित्रै सक्ने लक्ष्य थियो । तर, कोरोना महामारीका कारण आयोजना एक वर्ष पछाडि धकेलिएको बताइएको छ ।
काठमाडौं / खप्तड लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासनको तयारी गरेको छ। लघुवित्तको पुस २४ गते हुने दोस्रो वार्षिक साधारण सभाले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्नेछ ।यसैगरी, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणलगायत प्रस्तावसमेत पारित गर्नेछ ।यस लघुवित्त वित्तीय संस्था र अन्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने तथा गाभिनेसम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित पनि गर्ने जनाइएको छ । कम्पनी सञ्चालक समितिको हालै सम्पन्न बैकठले
काठमाडौँ / नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६८ पैसा र बिक्री दर १२२ रुपैयाँ २८ पैसा कायमा गरेको हो।युरोपियन यूरो एकको खरिद दर १३७ रुपैयाँ १८ पैसा र बिक्री दर १३७ रुपैयाँ ८५ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ३२ पैसा र बिक्री दर १६२ रुपैयाँ ११ पैसा छ। यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७५ पैसा र बिक्री दर ८७ रुपैयाँ १८ पैसा रहेको छ। क्यानेडियन
काठमाडौं / सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु ९३ हजार पुगेको छ ।पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार तीन सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार पाँच सय कायम भएको छ जसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार आठ सय तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ ।
काठमाडौँ / नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकले पुस १ गतेदेखि लागू हुने गरी डा. भट्टलाई प्रवक्ता पदमा नियुक्त गरेको हो । योसँगै भट्टले दोश्रो पटक बैंकको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै छन् । अर्थशास्त्रमा विद्यावारिधि गरेका नवनियुक्त प्रवक्ता डा. भट्ट सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन् ।यसअघि राष्ट्र बैंकको प्रवक्ता पदको जिम्मेवारी देवकुमार ढकालले सम्हालेका थिए ।
झापा / नेपाल विद्युत प्राधिकरणले आजदेखि पुस ५ गतेसम्म प्राधिकरणको महसुल काउन्टर बन्द गरेको छ । नयाँ महसुल दर कार्यान्वयन हुन लागेकाले आन्तरिक प्रणालीमा सुधार गर्नुपर्ने जनाउँदै प्राधिकरणले पुस ५ गतेसम्मका लागि बिलिङ प्रणाली बन्द गरेको हो । विद्युत् नियमन आयोगको निर्णय अनुसार गत मङ्सिर महिनाको महसुल परिवर्तित महसुल अनुसार हुने भएकाले बिलिङ प्रणालीमा सुधार गर्नुपर्ने प्राधिकरणले जनाएको छ । आयोगले २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले मासिक ३० रुपैयाँ महसुल तिर्ने गरी व्यवस्था गरेको छ । नयाँ महसुल दर अनुसार बिलिङ प्रणालीलाई अगाडि बढाउन काउन्टर बन्द गरेर आवश्यक व्यवस्था गर्न लागिएक
काठमाडौँ / अर्थमन्त्री जनार्दन शर्माले नेपालको सम्भावना भएको क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रहरूलाई आव्हान गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको नवउत्थान सम्मेलनको उद्घाटनका अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री शर्माले मुलुकलाई समृद्ध बनाउन सम्भावना भएको क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रहरूलाई आव्हान गरेका हुन् । ‘प्रतिस्पर्धामा जान सक्ने, स्वयमः आत्मनिर्भर बन्न सक्ने क्षेत्रमा अध्ययन गरौँ,’ उनले भने, ‘हिजो र आजको परिस्थिति फरक छ ।’ चालु आवको पहिलो चार महिना मै ३८७ अर्ब कर्जा विस्तार भइसकेको भन्दै शर्माले भने, ‘अहिलेको मुख्य समस्या न
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.