आर्थिक

    Showing 2,521-2,530 of 3,106 items.
  • आज पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं / नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ९२ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (बुधबार ) पाँचसय रुपैयाँले घटेर प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै घट्दै ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा भने स्थिरता कायम हुँदै आज प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 82 पटक पढिएको
  • बाह्रदशीको एउटै वडामा ५० लाखको सिन्चाइ सामग्री बितरण

    झापा  / बाह्रदशी गाउँपालिका – ४ का कृषकलाई अब सिञ्चाईको समस्या हल भएको छ ।केही वर्ष अघिसम्म सिञ्चाईको अभावका कारण खेतीयोग्य जमिन हिउँदको समयमा बाँझै रहने गरेका थिए । तर, बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष समिम मियाले कृषिलाई प्राथमिकतामा राखेर बजेटको व्यवस्थापन गर्दै सिञ्चाईका लागि मोटर, बोरिङ कृषकलाई अनुदानमा उपलब्ध गराउन थालेसँगै सिञ्चाईको समस्या हल भएको हो ।अहिले बाह्रदशी ४ का कृषकका लागि १२० वटा विभिन्न ठाउँमा ४ इञ्चको बोरिङ गाडिएको छ भने २५० थान मोटर बितरण गरिएको छ । १५० वटा स्प्रे ट्याङ्की बितरण गरिएको छ भने कृषकका लागि २० थान थ्रेसर मेसिन समेत बितरण गरिएको वडाध्यक्ष मियाले

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 94 पटक पढिएको
  • आजको सुन चाँदी बजार भाउ

    काठमाडौँ  / आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको हो । सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार  भएकोमा आज ९३ हजार १ सय सय रुपैयाँ कायम भएको हो । तेजाबी सुन भने आज ९२ हजार ३ सय  रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । सोमबार प्रतितोला ११९० रुपैयाँमा कारोबार भएको चाँदी आज १२१० रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 119 पटक पढिएको
  • च्याउखेतीमा मन्त्री श्रेष्ठ

    तनहुँ / भानुनगरपालिका–६ बरभञ्याङमा सिताके च्याउको न्यायिकरूपमा खेती गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ र मुक्ति तिमिल्सेनाको संयुक्त लगानीमा सिताके च्याउखेती गरिएको हो ।करिब रु डेढ करोड लगानीमा साढे दुई रोपनी क्षेत्रफलमा च्याउखेती गरिएको गण्डकी एग्रिकल्चर फार्म प्रालिका लेखापाल सुरेन्द्र पण्डित जानकारी दिए । गण्डकी एग्रिकल्चर फार्म प्रालि दर्ता गरी गत फागुनदेखि थालिएको व्यवसायमा प्रत्यक्षरूपमा १० जनाले रोजगारी पाएका छन् ।दश हजार बढी मुढामा च्याउ उत्पादन भइरहेको उनले बताए । फार्म

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 75 पटक पढिएको
  • आज ७९ अंकले घट्याे नेप्से

    काठमाडौं  / साताकोको दोस्रो दिन आज (सोमबार)  शेयर कारोबार मापक नेप्से परिसूचकमा ७९ अंकले घटेको छ । नेप्से परिसूचक ७९ दशमलव २३ अंकले घटेर २ हजार २ सय ८२ अंकमा झरेको हो ।नेप्से परिसूचकसँगै ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४७ अंकले घटेको छ । नेप्से र सेन्सेटिभ दुवै घट्दा कारोबार रकम करिब ४ अर्ब पुगेको छ । दिनभर भएका ६२ हजार ८ सय ९ कारोबारबाट २३३ कम्पनीका ९६ लाख ७९ हजार ७२ वटा कारोबार भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १ सय ७८ रुपैयाँ भएको छ ।बजार ठूलो अंकले घट्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने सोमबार राम्रै बढेको छ । गुहेश्वर

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 84 पटक पढिएको
  • नेपालकै ठूलो सोलार प्रोजेक्ट झापा इनर्जी लिमिटेडको शिलान्यास

    झापा  / दश मेगावाट विद्युत उत्पादन गर्ने नेपालकै सबैभन्दा ठुलो सौर्य उर्जा परियोजना झापा इनर्जी लिमिटेडको शिलान्यास भएको छ । झापाको शिवसताक्षी नगरपालिका –४ शिवञ्जमा ८० करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको झापा इनर्जीको शिलान्यास आज (सोमबार) एमाले नेता सुभाषचन्द्र नेम्वाङले गरेका हुन् । यहाँबाट उत्पादित विद्युत नेपाल प्राधिकरणको शिवगन्ज ग्रिडको राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । यस परियोजनामा ३० प्रतिशत पब्लिक शेयर रहने र बाँकी ७० प्रतिशत लगानी माछापुच्छ्रे बैङ्कले गर्ने झापा इनर्जी लिमिटेडका सञ्चालक रामचन्द्र उप्रेतीले जानकारी दिए । नेपाल सरकारबाट विद्युत उत्पादन अनुमति

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 94 पटक पढिएको
  • शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौं : अध्यक्ष प्रचण्ड

    काठमाडौं / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् । शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उनले पूँजीको लगानी पूँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पूँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका हुन् । शेयर बजार विरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले आफूले सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको दोहो¥याएका हुन् । अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले भने, “अध्यक्ष प्रचण्डले मन

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 80 पटक पढिएको
  • शौर्य सिमेन्टले पायो ५३ ग्रेडको अनुमति

    झापा / नेपाली बजारमा केही समयअघि देखि उपलब्ध हुन थालेको शौर्य सिमेन्टले नेपाल गुणस्तर तथा नापतौल विभागबाट ५३ ग्रेडको मान्यता पाएको छ । उदयपुरको चुनढुंगाबाट उत्पादित उक्त सिमेन्टलाई छोटो समयमै गुणस्तर प्रमाणिकरण गराउन उत्पादक कम्पनी सफल भएको हो । ५३ ग्रेड मान्यता पाएपछि शौर्य सिमेन्टले पुस मसान्तसम्म ग्राहकहरूलाई ४३ ग्रेडको मूल्यमा ५३ ग्रेडको सिमेन्ट उपलब्ध गराउने भएको छ । सिरहा जिल्लाको मिर्चैयामा उद्योग रहेको शौर्य सिमेन्टले ओपीसी र पीएससी सिमेन्ट उत्पादन गर्ने गरेको छ । आगामी दिनमा पीपीसी र लो अल्काली सिमेन्ट उत्पादन थाल्ने प्रक्रियामा रहेको उद्योगले जनाएको छ । उद्योगले द

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 116 पटक पढिएको
  • सुनको मूल्य प्रतितोला ९२ हजार ५००

    काठमाडौँ / सुनचाँदी बजारमा साताको पहिलो कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ३०० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९१ हजार ७०० तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार १९० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेक

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 77 पटक पढिएको
  • मोबाइल तथा गरगहना चोरी गर्ने दुईजना पक्राउ

    झापा / झापा जिल्लामा मोबाइल तथा गरगहना चोरी गर्ने दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ निवासी १८ वर्षीय कल्याण श्रेष्ठ र जिल्ला सुनसरी धरान उपमहानगरपालिका २२ पञ्चकन्या निवासी २८ वर्षीय मनकुमार वि क रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।प्रहरीका अनुसार मेचीनगर नगरपालिका ९ स्थित तल्लो मागुरमाडी बस्ने माधवप्रसाद घिमिरेको घरबाट नोकियाको एउटा मोबाइल, सोही ठाउँकी सङ्गीता लिम्बुको आइटेल कम्पनीको एउटा मोबाइल र सोही ठाउँकी झुमादेवी ढुङ्गाना आचार्यको घरमा पाहुना आएकी अर्जुनधारा नगरपालिका ११ निवासी शोभादेवी ढुङ्गानाका चार थान सुनको औँठी, एक थान पञ्चरत्न&nb

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 115 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा