आर्थिक

    Showing 2,531-2,540 of 3,106 items.
  • शेयर बजार : वर्षकै न्यून बिन्दुमा नेप्से, किन्ने अवसर कि वियरिस ट्रेन्ड ?

    काठमाडौं,/  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते तीन हजार दुई सयभन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो । त्यसको अघिल्लो दिन बजार तीन हजार १९९ दशमलव शून्य तीन बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।  त्यसयता शेयर बजार निरन्तर घट्दो क्रममा छ । नेप्से घट्दै बिहीबार दुई हजार ४४९ दशमलव ९७ बिन्दुमा कारोबार बन्द भएको छ ।नेपाल स्टक एक्सचेञ्जको तथ्याङ्कानुसार कारोबार मापक नेप्सेका साथै कारोबार रकम पनि निरन्तर ओरालो लागेको देखिन्छ । चालू आवको पहिलो कारोबार दिन साउन ३ गते दुई हजार ९८० दशमलव ६१ बिन्दुमा बन्द भएको कारोबार भदौ पहिलो साता उच्च बिन्दु छोएर

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 80 पटक पढिएको
  • श्रमजीवी र श्रमिकहरूको हकहितमा आफूले काम गर्ने : मन्त्री श्रेष्ठ

    तनहुँ / श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्ने आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन । पाटन युवा क्लबद्धारा व्यास ५ को पराशर आश्रमको प्राङ्गणमा आयोजित प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको उद्घाटन गर्दै वैदेशिक रोजगारीमा ठगी गर्ने दलालहरूलाई आफूले नछाड्ने मन्त्री श्रेष्ठले बताए ।विदेश जाँदा श्रम मन्त्रालयको स्वीकृति लिएर मात्रै जान मन्त्री श्रेष्ठले युवालाई आग्रह गरेका छन । ९७ प्रतिशत युवाहरू तालिम र विना सीप वैदेशिक रोजगारीमा जाने गरेको भेटिएको पनि मन्त्री श्रेष्ठले जानकारी दिएका छन ।विगतमा केन्द्रमा मात्

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 88 पटक पढिएको
  • हवाई भाडा घटाउनुपर्ने माग

    काठमाडौँ  / नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले अन्तर्राष्ट्रिय उडानमा कायम हालैको जहाज भाडा वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अत्यन्तै महँगो रहेको भन्दै घटाउनुपर्ने माग गरेकोे छ ।बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेट गरी सङ्घको प्रतिनिधि मण्डलले यस्तो माग गरेको हो ।सङ्घका महासचिव सुजित श्रेष्ठले कोरोना महामारीपश्चात् वैदेशिक रोजगारीमा जाने नेपालीको सख्यामा वृद्धि भए पनि चर्को हवाई भाडाका कारण श्रमिकलाई मर्का परेको जानकारी दिएका छन ।सङ्घले विज्ञप्ति जारी गर्दै मन्त्री आलेले हवाई भाडाको समस्या समाधान गर्न प्रयास गर्ने आश्वासन दिए ।

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 75 पटक पढिएको
  • सुनचाँदीको भाउ घट्यो

    काठमाडौँ  /  शुक्रबार नेपाली बजारमा सुनचाँदी दुवैको भाउ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एकसय रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो । घटेको मूल्यअनुसार आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र चाँदी एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ । गत बिहीबार बजारमा सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता तेजाबी सुनको मूल्य समेत गत आज एक सय रुपैयाँले नै घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 67 पटक पढिएको
  • बिर्तामोड नगरक्षेत्र भित्र तोकियो अटो टेम्पोको नयाँ भाडादर (सूचीसहित)

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाले नगरक्षेत्र भित्र सञ्चालित अटो टेम्पोको नयाँ भाडादर तोकिदिएको छ । सरकारले पेट्रोलियम पर्दाथको मूल्यवृद्धि गरेको भन्दै अटो टेम्पो व्यवसायीहरूले भाडा वृद्धिको माग गरेपछि बिर्तामोड नगरपालिकाले नयाँ भाडा दर तोकिदिएको हो । अटो व्यवसायीहरूले मूल्य वृद्धि माग गरेपछि नगरपालिकाले कार्यपालिकाका सदस्य निता घतानीको संयोजकमा सिफारिस समिति बनाएको थियो । सोही समितिले मंसिर १६ गतेको कार्यपालिका बैठकमा प्रस्ताव गरे अनुसार नयाँ भाडादर तय भएको हो  बिर्तामोडको मुक्तिचोक देखि २ किलोमिटरभित्र ३० रुपैयाँ र त्यसपछि प्रति किलोमिटर १० रुपैयाँ बढाउदै जाने निर्ण

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 147 पटक पढिएको
  • आज सुनचाँदीको मूल्य कति ?

    काठमाडौँ  / आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको बजार मूल्य तोक्दै स्थिर कायम भएको बताएको हो ।स्थिर मूल्य कायम भएसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ छ । हिजो पनि सुनको कारोबार यही मूल्यमा भएको थियो ।यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको महासङ्घले जानकारी दिएको छ । जसअनुसार, आज चाँदीको प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 95 पटक पढिएको
  • एलिट कन्स्ट्रक्सनसहित ६ निर्माण कम्पनी कालोसूचीमा

    काठमाडौं / सरकारले ६ वटा निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राखेको छ ।सार्वजनिक खरिद अनुगमन कार्यालयले एलिट कन्स्ट्रक्सन, निलगिरी निर्माण सेवा, च्याङ्ग्रासी निर्माण सेवा, एसएनसी निर्माण सेवा, एसएमएस कन्सट्रक्सन र त्रिदेव निर्माण सेवालाई कालोसूचीमा राखेको हो ।सो कार्यालयले निलगिरीलाई ३ वर्ष, एलिट र च्याङ्ग्रासीलाई २–२ वर्ष र एसएनसी, एसएमएस र त्रिदेव निर्माण सेवालाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएको अवधिभर उक्त कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 96 पटक पढिएको
  • आज ५३ अङ्कले घट्यो शेयर बजार

    काठमाडौँ  / शेयर बजार परिसूचक (नेप्से) आज बुधवार ५३ दशमलव १ अङ्कले घटेको छ । आज नेप्से ५३ दशमलव १ अङ्कले ५३ दशमलव १ अङ्कले घटेर दुई हजार चार सय ५५ दशमलव ८० विन्दुमा झरेको हो ।आज सबैभन्दा बढी सेयर बीमा, विकास बैंक, जलविद्युत्, व्यापार र माइक्रोफाइनान्स समूहको घटेको छ ।दुई सय २६ कम्पनीको शेयर कारोबार भएकोमा १२ वटा कम्पनीबाहेक सबैको शेयर घटेको छ । ६५ लाख ६० हजार कित्ता शेयर दुई अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको ११ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भएको छ  । सामुदायिक लघुवित्त र एक्सेल विकास बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 77 पटक पढिएको
  • सुनको मूल्यमा वृद्धि, प्रतितोला कति ?

    झापा / नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । हिजो मंगलबार प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कारोबार भएको छापावाल सुनको मूल्य पाँच सय रुपैयाँले बढेर आज प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार मंगलबार प्रतितोला ९१ हजार तीन सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज पाँच सय रुपैयाँले बढेर ९१ हजार आठ सय रुपैयाँ पुगेको छ । सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि उकालो लागेको छ । तोलामा १० रुपैयाँले बढेसँगै चाँदीको प्रतितोला मूल्य आज १२ सय रुपैयाँ पुगेको महासङ्घले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 95 पटक पढिएको
  • झापामा खुल्यो अलैंची प्रशोधन उद्योग

    बिर्तामोड / झापाको अर्जुनधारामा अलैंची प्रशोधन उद्योग सञ्चालनमा आएको छ । अर्जुनधारा–८ मा एभरेष्ट लार्ज कार्डम प्रालि नामको अलैंची प्रशोधन उद्योग सञ्चालनमा आएको हो ।  प्रदेश एकका पहाडी जिल्लामा उत्पादन हुँदै आएको अलैंची प्रशोधन गर्ने उद्देश्यले स्थापित उद्योगमा ७ करोड रुपैयाँ लगानी भएको बताईएको छ । उद्योगको एक कार्यक्रमका बिच सोमवार नायिका स्वस्तिमा खड्का र प्रदेश उद्योग वाणिज्य महासङ्घका अध्यक्ष टिकाराज ढकालले शुभारम्भ गरेका छन् ।उद्योग शुभारम्भ कार्यक्रममा नायिका खड्कालाई उद्योगका उत्पादनको बजार बिस्तारका लागि ब्रान्ड एम्वेसडरमा नियुक्त समेत गरिएको थियो । उद्योगले मिजाज माउन्टे

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 78 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा