आर्थिक

    Showing 2,581-2,590 of 4,497 items.
  • ‘करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन’

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कर र राजस्वको क्षेत्रमा आवश्यकता अनुसार काम हुन नसकेको बताएका छन् ।  बिहिबार काठमाडौंमा आयोजित आइकन को २८ औं वार्षिकोत्सव समारोहमा उनले कर प्रणालीमा चाहे अनुसारको सुधार गर्न नसकेको भन्दै व्यवसायीहरुले कर छल्न नसक्ने खालको कर प्रणाली स्थापित गर्नुपर्ने बताए । उनले भने, ‘हामीले करमा सुधार र राजस्व वृद्धिको कुरा गरिरहेका छौ तर पछिल्ला कतिपय तथ्यांकहरुले यो कुरा देखाएको छैन् । कर प्रणालीमा सुधारको कुरा गर्छौ र तर त्यसमा चाहे अनुसारको सुधार गर्न सकिरहेका छैनौ । कुनै पनि व्यवसायीले कर छल्न नसक्ने र औचित्यमा आधारित कर प्रणाली स्थापित गर्ने सन्दर्भम

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 300 पटक पढिएको
  • यातायात कार्यालयद्वारा छ महिनामा रु २९ करोड एक लाख राजस्व सङ्कलन

    बागमती । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१÷८२ को छ महिनाका अवधिमा रु २९ करोड एक लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दत्र्ता, नविकरण तथा सवारी चालक अनुमतिपत्र बितरणलगायतबाट चालु आव २०८१÷८२ को साउनदेखि पुस महिनासम्ममा सो कार्यालयले रु २९ करोड एक  लाख ७५ हजार छ सय ५१ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको छ महिनामा सवारी चालक अनुमतिपत्र बितरणबाट रु १७ करोड ३८ लाख २१ हजार एक सय ४९, सवारी करबाट रु चार करोड ५३ लाख ६८ हजार तीन सय ३१, यातायात क्षेत्रको आम्दानीबाट रु चार करोड ५६ लाख ७०

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 358 पटक पढिएको
  • रसुवामा पर्यटक आवागमनमा कमी

    रसुवा । पछिल्ला दिनमा मौसममा देखिएको गडबडीका कारण हिमाली जिल्ला रसुवामा अत्यधिक चिसो बढेसँगै पर्यटक आवागमनमा उल्लेख्य कमी आएको छ ।लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार जिल्लाको उच्च भागमा हिउँ परेको तथा प्राकृतिक रूपमा रहेका गहिरा खोँच, ताल, कुवासहित ओसिलो पदमार्गमा पानी जमी अस्वाभाविक रूपामा चिसो बढेपछि पर्यटक आउनेक्रम कमी भएको हो ।  सामान्यतया हरेक वर्षको जाडो मौसममा पर्यटकको आवागमन कमी हुने तथा फागुन १५ गतेपछि क्रमिक रूपमा यो वृद्धि हुँदै जाने भएपनि यसवर्ष माघको पहिलो हप्तादेखि मौसम गडबडी भएसँगै जिल्लाको जनजीवन कष्टकर बनेको होटल व्यवसायी सङ्घ रस

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 213 पटक पढिएको
  • सुनको भाउ घट्दा चाँदी बढ्यो

    काठमाडौं ।   नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुन तोलामा एक सय रूपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँ किनबेच भइरहेको छ ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो ।

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 413 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर १५२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९६ रुपैया

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 329 पटक पढिएको
  • अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार

    गलकोट (बागलुङ) । बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् ।  कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा रु छ करोड भित्र्याउन सफल भएका छन् । राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँचीखेती विस्तार भइरहेको जैमिनी नगरपालिका वडा नं २ का कृषक बलिभद्र सापकोटाले बताए । उनका अनुसार अन्य जिल्लाको तुलनामा बागलुङका कृषकले अलैँचीको मूल्य कम पाएका छन् । यहाँ प्रतिकेजी रु एक हजार २५० का दरले अलैँची बिक्री भएको छ । उत्पादनबाट राम्रो आम्दानी हुने भएकाले यहाँ ह

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 315 पटक पढिएको
  • फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल

    मङ्गलबारे (इलाम) । इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो । दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट गत वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताए । उनले विशेषगरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको जानकारी दिए । ‘हाम्रो उद्योगमा गाउँमा नै पाइने पाती, धूपी, मेन्था, धसिङ्गरेलगायत स्थानीय जडिबुटीबाट तेल निकालिन्छ । त्यसमध्ये हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल विदेश निर्यात हुन थालेको हो’, दहालले भने, ‘निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री,

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 487 पटक पढिएको
  • राष्ट्रिय योजना आयोगद्वारा अनुदान लिन प्रस्ताव माग

    काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२÷८३ मा सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव माग गरेको छ । प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आयोगले यी शीर्षकमा अनुदान लिन आगामी फागुन १५ गतेभित्र योजना तथा कार्यक्रमको विस्तृत विवरणसहितको प्रस्ताव पेश गरिसक्न भनेको हो ।अघिल्ला वर्षहरुमा आयोगले समपूरक र विशेष अनुदानका योजनाको प्रस्ताव पुस मसान्तभित्र माग गरिसक्थ्यो । तर यसपटक राष्ट्रिय विकास समस्या समाधान समितिले समपूरक र विशेष अनुदानसम्बन्धी कार्यविधि संशोधन गर्न निर्देशन दिएपछि प्रस्ताव माग गर्न ढिला भएको थियो । आयोगका सहप्रवक्ता डा दिवाक

    • प्रकाशित मितिः माघ १६, २०८१
    • 288 पटक पढिएको
  • राष्ट्रिय डेरी महोत्सव गरिँदै

    चितवन । चितवनमा प्रथम राष्ट्रिय डेरी महोत्सव यही माघ २५ गतेदेखि सञ्चालनगर्न लागिएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र उद्योग सङ्घको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो ।विदेशमा डेरीका परिकारहरुको महोत्सव हुने गरेको भए पनि नेपालमा पहिलो पटक महोत्सवका रुपमा दुध र दुग्धजन्य वस्तुको वजार प्रवर्द्धनका लागि महोत्सव गर्न लागिएको दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष किशोर वगालेले जानकारी दिए । उनका अनुसार दुधको बजार राम्रो नभएको र भूक्तानी समयमा नआएको विषयलाई मध्यनजर गरेर महोत्सव आयोजना गरिएको हो ।महोत्सवमा ७० व्यापारिक कक्ष (स्टल) रहनेछन् । त्यहाँ दुग्ध व्यवसायमा लगानी गर्ने सङ्घ–संस्थ

    • प्रकाशित मितिः माघ १६, २०८१
    • 311 पटक पढिएको
  • पोखराबाट मधेश घुम्न निम्ता, ४० गन्तब्य र पेंडादेखि कटियासम्मको प्रचार

    पोखरा । माघ १० देखि पोखरामा जारी ३३औँ ‘औद्योगिक व्यापार मेला एवं आईटी महोत्सवमा–२०८१ मा’मा ‘घुमौँ मधेस, बुझौँ मधेस’को प्रचार गरिएको छ । ‘घुमौँ मधेस, बुझौँ मधेस’का संयोजक विकास ठाकुरले मधेस प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको प्रचार गरिएको जानकारी दिए । मधेसका पर्यटकीय स्थल चिनाउन पोखराको मेला उपयोगी भएको बताए । ‘महोत्सवमा स्टल राखेपछि पोखरा घुम्न आएकाहरु मधेस घुम्ने इच्छा व्यक्त गर्नुभएको । मधेश बुझन चाहनुभएको छ । उहाँहरुलाई मधेसका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाबारे बुझाउने काम भइरहेको छ’ उनले भने ।महोत्सव अवलोकनमा आउनेहरूले रौतहटको कटिया र बरमझियाको पेडाको स

    • प्रकाशित मितिः माघ १६, २०८१
    • 432 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.