काठमाडौँ / नेपाली बजारमा सुनको मूल्य आज चार सयले घटेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो ।महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रहेको छ भने तेजाबी सुनको मूल्य ८९ हजार ४५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य ११६० मा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम गरिएको महासङ्घले जनाएको छ ।
बिर्तामोड / मंगलबार नेपाली बजारमा सुनको भाउ ५०० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ पुगेको हो । गत सोमबार बजारमा छापावाला सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले वृद्धि हुँदै ८९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यद्यपि, आज यता चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार गत सोमबार तोलामा एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको हो ।
काठमाडौँ / सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङसहित १२ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । ४६ करोड रुपैयाँ भन्दा वढी ठगी गरेको अभियोगमा सीआइबीमा २८ जनाविरुद्ध किटानी उजुरी परेपछि तामाङसहित १२ जनालाई सोमबार काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरिएको हो । उनीहरू विरुद्ध ७० जना निक्षेपकर्ताले आइतबार ४६ करोड भन्दा बढी ठगी गरेको भन्दै रुपैयाँ सीआइबीमा उजुरी गरेका थिए ।उक्त उजुरीका आधारमा अध्यक्ष तामाङसहित सञ्चालकहरू केशवलाल श्रेष्ठ र विजय विक्रम शाहलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
एजेन्सी / संसारका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूको गोप्य 'डिल' र लुकाइएको सम्पत्तिको हालसम्मकै ठूलो अफशोर डेटाको खुलासा भएको छ। पान्डोरा पेपर्स नाम दिइएको यस खुलासामा धनी क्लाइन्टहरूले पानामा, दुबई, मोनाको, स्वीट्जरल्याण्ड र केयम्यान टापु जस्ता ट्याक्स हेभन मुलुकमा अफशोर संरचना र ट्रस्ट बनाउनका लागि नियुक्त गरेका १४ वटा कम्पनीबाट एक करोडभन्दा बढी रेकर्ड प्राप्त भएको छ। २.९४ टेराबाइट डेटाले २ सयभन्दा बढी क्षेत्र तथा देशका सेना प्रमुख, नेता, प्रधानमन्त्री, राष्ट्रपति तथा पूर्व विशिष्ट पदाधिकारीहरूको गोप्य अफशोर गतिविधिको खुलासा गरेको छ। यसले ९० देशका ३ सयभन्दा बढी मन्त्री, न
विवादास्पद व्यापारी एवं थाहा खबर मिडिया प्रालिका लगानीकर्ता समेत रहेको अजयराज सुमार्गीले पनि ट्याक्स हेभन मुलुकबाट वैदेशिक लगानीका नाममा शंकास्पद पैसा नेपाल भित्राउने गरेका छन् । गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी सार्वजनिक भएपछि यो विषयमा विवादास्पद छविका सुमार्गी पनि मुछिएका हुन् ।गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाम मात्रका कम्पनी खडा गरेर सुमार्गीले अवैध रुपमा आफ्ना नाममा रहेको पैसा नेपाल ल्याउने गरेको खुलेको हो । अन्तराष्ट्रिय
निजी क्षेत्रबाट सञ्चालित श्री एअर लाईन्समा पनि ट्याक्स हेभन मुलुकबाट भित्राएको लगानी रहेको खुलेको छ । गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी सार्वजनिक भएपछि स्वदेशी ठुलो विमान कम्पनी समेत यो विषयमा मुछिएको हो ।गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर श्रीएयरका संचालक सुधीर मित्तलले वैदेशीक लगानीका नाममा नेपालमा पैसा ल्याएर अवैध कारोबार गर्ने गरेको खुलेको छ । अन्तराष्ट्रिय पत्रकारहरुको संस्था आईसीआईजे सहित विश्वभरका १४० भन्
खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘इनटरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे) को ‘प्यान्डोरा पेपर्स’ले सार्वजनिक गरेको हेभन मुलुकमा कारोबार देखाएर मुलुककै अर्थतन्त्र टाँट पल्टाउने नेपालीको सुचीमा ठुलो औधोगिक घराना गोल्छा अर्गनाईजेसन समेत रहेको खुलेको छ ।आईसीआईजेले ‘प्यान्डोरा पेपर्स’ का नाममा सार्वजनिक गरेको खोजमा गोल्छा परिवारका पाँच सदस्यले ट्याक्स हेभन मुलुक (कर पारदर्शिता नभएको) ब्रिटिश भर्जिन आइल्याण्डमा आफ्नै नाममा कम्पनी खोलेर सोही कम्पनीबाट वैदेशिक लगानीका नाममा अवैध रुपमा कमाएको पैसा मुलुक भित्राउने गरेको खुलेको हो ।गोल्छा परिवारका लोकमान्य गोल्छा
अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संस्था ‘इनटरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे) ले अफशोर लगानी सम्बन्धी अहिलेसम्मकै ठूलो खोज प्यान्डोरा पेपर्स मार्फत सार्वजनिक गरेको छ ।विश्वका प्रभावशाली नेता, राजनीतिकर्मी, व्यवसायी र शक्तिशाली व्यक्तिहरूले अवैध तरिकाले कमाएको धन वैध बनाउन कसरी ‘ट्याक्स हेभन’ अर्थात (सम्पत्तिको स्रोत नखोजिने र जवाफदेही हुनुनपर्ने) देशमा पुर्याएर एउटा समानान्तर अर्थतन्त्र चलाइरहेका छन् भनेर सार्वजनिक भएको छ ।अवैध आर्जन गरेको पैसा लुकाउने, देशलाई कर नतिर्ने र त्यही रकम वैदेशिक लगानीका नाममा फेरि स्वदेश भित्र्याउने यो डरलाग्दो खे
बिर्तामोड / गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानीगरेको सार्वजनिक भएपछि नेपालको राजनिती नै तरंगित बनेको छ । पत्रकारहरूको अन्तराष्ट्रिय संस्था आईसीआईजे सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर सार्वजनिक गरेका तथ्याङ्कमा कालोधन विदेश लगेर कारोबार गर्नेको सुचीमा चर्चित उद्योगी एवं कांग्रेस नेता विनोद चौधरी सहित १६ नेपाली रहेको खुलेको हो ।गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाम मात्रका कम्पनी खडा गरेर गोप्य लगानी
काठमाडौँ / नेपालका दुई ठूला ‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सराफ र उनको परिवारले शंकास्पद धन लुकाउन सजिलो मानिने मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोलेर कारोबार गरेको भेटिएको छ । याक एण्ड यती र तारागाउँ होटल रिजेन्सी लिमिटेड सञ्चालन गर्दै आएका भारतीय नागरिक सराफ, उनका दुई छोरा र श्रीमतीले अफशोर कम्पनी खडा गरी कारोबार गरेको फेला परेको हो । सराफमाथि नेपालमा पनि होटलका नाममा सरकारी जग्गालाई अनियमित रूपमा कम्पनीका नाममा दर्ता गरेको, नेपाली स्रोतमाथि अनियमित दोहन गरेको र गैरकानूनी ढंगले सरकारको शेयर हत्याएको आरोप लागेको छ । बौद्धस्थित तारागाउँ रिजेन्सी होटल परियोजना निर्माण गर्
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.