काठमाडौं— गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निर्गमन सम्बन्धी प्रस्तावसहित तेस्रो वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो ।कम्पनीको साधारणसभा आगामी मंसिर २९ गते बिहान ११ बजे मोरङ्ग, विराटनगरस्थित होटल एयरपोर्टमा हुनेछन् । सभा प्रयोजनका लागि कम्पनीले सोही दिन एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार मंसिर २८ गतेसम्म रहेका शेयरधनी मात्र सभामा सहभागी हुन योग्य हुनेछन् ।हाल ७५ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले सोही बराबर अर्थात् ७५ करोड रुपैयाँको हकप्रद शेयर निष्कासन गर्न
काठमाडौं— राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रिय बैंकले पेन्सन कोषमा रहेको ४ अर्ब ३५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो।राष्ट्र बैंकले यस निक्षेपमा ब्याजदर प्रस्ताव गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई मंसिर २३ गते राति ७ बजेसम्म को समय दिएर आह्वान गरेको छ।कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा ३ अर्ब ४८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा ६५ करोड २५ लाख रुपैयाँ, र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा २१ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपका रूपमा बाँडफाँड गर्ने योजना बनाएको छ।यो लगानी सन
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर आज २ लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार २ सय रुपैयाँमा कायम भएको थियो ।यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर ३ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६०५ रुपैयाँ कायम भएको थियो ।
काठमाडौं— आन्दोलन स्थगित गरेको एक महिना पनि नबित्दै बीमा प्राधिकरणका कर्मचारीहरूले फेरि अर्को अल्टिमेटम दिएका छन् । आफूहरूको माग पूरा नभएको भन्दै उनीहरूले सात दिनभित्र माग पूरा नभए फेरि आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।आइतबार नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष प्रेमहरि पोखरेल र नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष दिपक ज्ञवालीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यसअघि भएको सहमति कार्यान्वयनका लागि कुरेर बस्दा २१ दिनसम्म पनि माग पूरा गर्न कुनै पहल नभएकाले अबको सात दिनभित्र माग पूरा नभए मंसिर २८ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दुवै संगठनले दिएका छन् ।उनीहरूले सा
काठमाण्डौं— रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आजदेखि आईपीओ निष्कासन प्रक्रिया सुरू गरेको छ । कम्पनीले सार्वजनिक निष्कासन गर्न लागेको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर जारी गरेको हो ।वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन छिटोमा मंसिर २५ गते र ढिलोमा पुस ७ गतेसम्म खुला रहनेछ ।लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सुविधा प्राप्त सबै बैंक तथा वित्तीय संस्था तथा
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । युरो एकको खरिददर १६७ रुपैयाँ २८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३३ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४० पैसा र बिक्रीदर ९५ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ र बिक्रीदर १०४ रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एक
काठमाडौं— साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा २१.४८ अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै यसदिन नेप्से २६०९.६९ विन्दुमा झरेर रोकिएको छ । यसदिन सेन्सेटिभ इण्डेक्स २.७० अंक, फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक घटेका छन् ।अघिल्लो कारोबार दिन ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको बजारमा यसदिन ३२५ स्टकको ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँको १ करोड ७१ लाख ८६ हजार कित्ता शेयर कारोबार भएको छ । कुल ८९ हजार ७३१ पटकको किनबेचमा उक्त कारोबार भएको हो ।आजको कारोबारमा ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको
काठमाडौं— नेपाल जग्गा तथा आवास विकास महासंघले रियल–इस्टेट तथा आवास क्षेत्रमा अव्यवस्थित नियमन, मनपरी कर, मूल्यांकनका त्रुटिहरू र सरकारी निष्क्रियताका कारण निर्माण तथा आवास बजार प्रभावित भइरहेको जनाएको छ । महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा निजी क्षेत्रले देशको शहरी विकास, व्यवस्थित आवास तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिँदै आएको भए पनि सरकारले आवश्यक नीति–नियमका सुधारमा ध्यान नदिएको उल्लेख छ ।महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्लटिङदेखि घर–जग्गा कारोबारसम्मका प्रक्रियामा पारदर्शिता तथा दक्षतासहित व्यवस्थापन गर्न सरकारी निकायसँग पटक–पटक माग गरे प
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फको उम्मेदवारका लागि आजदेखि आवेदन खुलाएको छ ।उम्मेदवार छनौट समितिका संयोजक विपीनकुमार आचार्यले एक सार्वजनिक सूचनामार्फत आन्तरिक उम्मेदवार छनौट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यका लागि आवेदन खुल्ला गरेको जनाएका छन् ।पार्टीको मोबाइल एपबाट आवेदन मागिएको छ आवेदन शुल्क २५ हजार तोकिएको छ । रास्वपाले समानुपातिकको उम्मेदवारका लागि भने ५० हजार शुल्क निर्धारण गरेको छ ।आर्थिक अभावले आवेदन शुल्क तिर्न नसक्ने अवस्थामा विपन्नताको परिचय पत्र, पार्टीको पालिका समितिको सिफारिस
काठमाडौं— नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ । गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनबाट आएको बाढीले आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स)मा ठूलो क्षति पुर्याएको थियो । हेडवक्र्सको मर्मतपछि अस्थायी रुपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन)गरी विद्युतगृहमा रहेका तीनवटा युनिटमध्ये एउटा युनिट शनिबारबाट सञ्चालनमा ल्याइएको हो । १११ मेगावाट जडित क्षमताको आयोजनाको एउटा युनिटबाट ३७ मेगावाट विद्युत उत्पादन हुन्छ । बाँकी दुईवटा युनिट एक महिनाभित्र संचालनमा ल्य
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.