आर्थिक

    Showing 271-280 of 4,486 items.
  • एपिएफको पैसा मात्रै होइन, पर्यटन कम्पनी पनि 'स्क्याम' गरे लीला लामा ! विश्वास जितेर करोडौँको खेल, संस्थापकको घर लिलामीको संघारमा

    काठमाडौं— एपिएफ स्कूलको करोडौँ रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका लीलाबहादुर लामा तामाङको अर्को चकित पार्ने कर्तुत सार्वजनिक भएको छ। यसपटक उनीमाथि तीन दशकदेखि पर्यटन क्षेत्रमा प्रतिष्ठा कमाएको हिमाल रिजाइन प्रा.लि.लाई योजनाबद्ध रूपमा कब्जामा लिएर करोडौँ रुपैयाँको आर्थिक क्षति पुर्‍याएको आरोप लागेको छ।स्रोतका अनुसार लाजिम्पाटस्थित पालु रेष्टुरेन्ट तथा एमडी एडभेन्चर टुर एण्ड ट्राभल्स सञ्चालन गर्दै आएका लामाले गत वर्ष कम्पनीको ७५ प्रतिशत शेयर किन्ने प्रस्ताव राख्दै सञ्चालक विष्णु अधिकारीको विश्वास जितेका थिए। सुरुमा लगातार हिमाल रिजाइनबाट ठूलो परिमाणमा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दै विश

    • प्रकाशित मितिः असार २३, २०८३
    • 718 पटक पढिएको
  • यस्तो आयो नेपाल राष्ट्र बैंकको मौद्रिक नीति पूर्णपाठ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार गभर्नर डा।विश्वनाथ पौडेलले राष्ट्र बैंकको ६० औं मौद्रिक नीति सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष २०८३/८४ मा निजी क्षेत्रतर्फ ११ प्रतिशतको कर्जा विस्तार हुने र १४ ब्रोड मनि स्पलाई हुने प्रक्षेपण गरिएको छ । यस्तो छ आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको पूर्णपाठ १– नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम यस बैंकले आफ्नो उद्देश्य हासिल गर्ने गरी आर्थिक वर्ष २०५९/६० देखि मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । यस क्रममा आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति पच्चिसौं हो ।२– मौद्रिक नीति सार्वजनिक गर्

    • प्रकाशित मितिः असार २३, २०८३
    • 2,676 पटक पढिएको
  • मौद्रिक नीतिको समीक्षा सार्वजनिक, अर्थतन्त्रमा सुधारका संकेत

    काठमाडौं / नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले विश्व अर्थतन्त्रमा देखिएका राजनीतिक तनाव र अनिश्चितताका बीच पनि नेपालको आन्तरिक अर्थतन्त्र क्रमशः सुधारको बाटोमा रहेको देखाएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा नेपालको उपभोक्ता मुद्रास्फीति नियन्त्रणमै रहेको छ । सो अवधिमा औसत उपभोक्ता मुद्रास्फीति २ दशमलव ६६ प्रतिशत मा सीमित भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, बाह्य क्षेत्र पनि सबल अवस्थामा रहेको राष्ट्र बैंकले जनाएको छ । देशको विदेशी विनिमय सञ्चिति थप बलियो बन्दै गएको र हालको सञ्चितिले १९ दशमलव  २ मह

    • प्रकाशित मितिः असार २३, २०८३
    • 216 पटक पढिएको
  • तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको हो । यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ । त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ । अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ ।  समस्याग्रस्त सहकारी व्यवस्थापन सम

    • प्रकाशित मितिः असार २३, २०८३
    • 159 पटक पढिएको
  • सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घट्यो

    काठमाडौं / नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदीको मूल्य ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको छ । 

    • प्रकाशित मितिः असार २३, २०८३
    • 174 पटक पढिएको
  • सिद्धार्थ बैंकमा किर्ते कागजात र कर्जा अनियमितताको आरोप, छानबिनको माग

    काठमाडौं / सिद्धार्थ बैंकको मनिग्राम रुपन्देही शाखाले किर्ते कागजातको प्रयोग गरी सेवाग्राहीलाई झुटो कर्जामा फसाएको भन्दै पिडित सेवाग्राहीले छानबिनको माग गरेका छन् ।बैंकले कालोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको तथा राष्ट्र बैंकको कारबाहीबाट बच्न आफूहरुलाई प्रयोग गरिएको भन्दै पीडितहरुले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै छानबिन गर्न माग गरेका हुन् । पीडितमध्येका एक दिलिप ओलीले मनिग्राम रुपन्देही शाखाले आफूले माग नगरेको कर्जा स्वीकृत गराएको, किर्ते कागजात तयार गरी कालोसूचीमा रहेको कम्पनीका नाममा करोडौं रुपैयाँ कर्जा प्रवाह गरेको तथा त्यसलाई ढाकछोप गर्न आफूलाई प्रयोग ग

    • प्रकाशित मितिः असार २३, २०८३
    • 239 पटक पढिएको
  • नेप्से २६ अङ्कले ओरालो लाग्यो

    काठमाडौं— धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव २९ अङ्कले ओरालो लागेर दुई हजार ६२७ दशमलव ११ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५३ अङ्कले ओरालो लागेर ४५६ दशमलव २७ मा पुगेको छ । कूल ३५६ कम्पनीको ७५ लाख ४० हजार ४१८ कित्ता शेयर रु तीन अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ मूल्यमा खरिद बिक्री भएको छ । 

    • प्रकाशित मितिः असार २२, २०८३
    • 481 पटक पढिएको
  • राष्ट्रिय तथ्यांक कार्यालयले माग्यो करारमा १८० कर्मचारी (सूचनासहित)

    काठमाडौं— प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्यांक कार्यालय, थापाथलीले करार सेवामा जनशक्ति माग गरेको छ ।कार्यालयले सोमवार सूचनामार्फत राष्ट्रिय आर्थिक गणना, २०८२ को संकलित फारामहरूको कोडिङ, एडिटिङ र तथ्यांक प्रविष्टि (डाटा इन्ट्री)कार्यका लागि कर्मचारी आह्वान गरेको हो ।योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त फाराम भर्नुपर्ने कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार २२, २०८३
    • 418 पटक पढिएको
  • नेप्सेका सिईओ चुडामणि चापागाईंको राजीनामा

    काठमाडौं— नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) चुडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन्।उनले सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।चापागाईंले व्यक्तिगत कारण देखाउँदै पदबाट अलग हुने निर्णय गरेको बताएका छन्। उनी २०८१ साल चैत १९ गते नेप्सेको सिईओमा नियुक्त भएका थिए।उनको राजीनामापछि नेप्सेको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा अब सरकारले आवश्यक प्रक्रिया अघि बढाउनेछ।

    • प्रकाशित मितिः असार २२, २०८३
    • 477 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । सोमबार सुनको मुल्य तोलाको ९ सयले घटेर तोलाको २ लाख ८९ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि आइतबार सुन तोलाको २ लाख ९० हजार ३ सयमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर तोलाको ४५८५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४६०५ मा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः असार २२, २०८३
    • 610 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.