आर्थिक

    Showing 3,101-3,110 of 4,499 items.
  • स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित दुई भारतीय नागरिक पक्राउ

    बिर्तामोड / प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ८१ वर्षीय राम नरेश सिंह र रितेश देस्वान रहेका छन् ।उनीहरूलाई शुक्रबार विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटमा एउटा बोलेरो गाडीसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल बराह बाहिनी सुनसरीका अनुसार ७ लाख ७९ हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेको रकम र गाडीसहित उनीहरूलाई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 224 पटक पढिएको
  • विमानस्थलमा बरामद भएको सुनबारे छानबिन गर्न निर्देशक पौडेलको संयोजकत्वमा समिति गठन

    काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब एक क्विन्टल सुनबारे छानबिन गर्न समिति बनाइएको छ । बुधबार साँझ अवैध सुन बरामद गरेपछि भन्सार विभागले विभागकै अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन गर्न समिति बनाएको हो ।गत बुधबार राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा उक्त सुन बरामद गरेको थियो । बरामद सुन तौलिन नेपाल राष्ट्र बैंक पठाइएको छ । उक्त प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन । राजश्व अनुसन्धान विभागले विशेष सूचनाको आधारमा बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो ।

    • प्रकाशित मितिः साउन ४, २०८०
    • 259 पटक पढिएको
  • नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च

    काठमाडौं / नेपाली बजारमा बिहीबार सुन  हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भइरहेको हो । यसअघि १८ जेठमा सुनले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको कारोबार १ लाख १३ हजार १ सय रुपैयाँमा भएको थियो ।आज प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेको हो । आज तेजाबी सुनको मूल्य १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको कारोबार आज १४ सय ९५ रुपैयाँ प्रतितोलामा भइरहेको छ । बुधबार १४ सय ९० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।

    • प्रकाशित मितिः साउन ४, २०८०
    • 221 पटक पढिएको
  • फेरी बढ्यो सुनचाँदीको मूल्य चाँदीको मूल्य भने हालसम्मकै उच्च

    काठमाडौँ / नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । चाँदीको यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला १० रुपैयाँ बढी हो ।

    • प्रकाशित मितिः साउन ३, २०८०
    • 250 पटक पढिएको
  • प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौँ / नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुन तोलामा १ लाख ११ हजार ६५० रुपैयाँमा किनबेच भइरहेको जनाएको  हो  । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः असार ३१, २०८०
    • 207 पटक पढिएको
  • आज सुनको मूल्यमा ८०० रुपैयाँले वृद्धि

    काठमाडौँ / आज नेपाली बजारमा बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको  महासङ्घले जनाएको छ ।बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।बिहीबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ । बुधबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ किनबेच भएको थि

    • प्रकाशित मितिः असार २८, २०८०
    • 250 पटक पढिएको
  • अवैध रूपमा विदेश लैजान लागेको अमेरिकी डलर सहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

    काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १ सय दरको ९० थानसहित भारतीय नागरिक २१ वर्षीय शिवम कुमार सैनीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍यान्ड ब्यागेज चेकिङ एरियामा शरीर तलासी गर्ने क्रममा उनको साथबाट उक्त अमेरिकी डलर फेला परेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ । 

    • प्रकाशित मितिः असार २७, २०८०
    • 243 पटक पढिएको
  • सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले वृद्धि

    काठमाडौँ  / साताको पहिलो दिन आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।  यस्तै, आज चाँदीको मूल्य पनि बढेको भएको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको हो ।

    • प्रकाशित मितिः असार २४, २०८०
    • 246 पटक पढिएको
  • यस्तो छ आजको सुनचाँदी बजार भाउ

    काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार  १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ आज २० रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।   

    • प्रकाशित मितिः असार २२, २०८०
    • 197 पटक पढिएको
  • मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन महानगरको निर्देशन

    काठमाडौं । महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका चलचित्र भवनलाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणालीमा ल्याउन निर्देशनसहित पत्राचार गरेको छ ।महानगरभित्र रहेका १७ चलचित्र भवनलाई मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क सङ्कलन गरेको भए तीन दिनभित्र त्यसमा पहुँच दिन र डिजिटल प्रणालीमा कर सञ्चालन नगरेकाले भने पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणालीमा ल्याई उक्त प्रणालीमा राजस्व विभागलाई पहुँच दिलाउन भनिएको छ ।डिजिटल प्रणालीबाट बिक्री गरिने टिकटको युजर आइडी र पासवर्ड मागिएको महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए । उनले

    • प्रकाशित मितिः असार २०, २०८०
    • 305 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.