काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार  १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

साथै तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ आज २० रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।