आर्थिक

    Showing 3,121-3,130 of 4,499 items.
  • काठमाडौं महानगरमा आठ अर्ब राजस्व सङ्कलन 

    काठमाडौं / काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँड र आन्तरिक अनुदान गरी आव २०७९ / ८० को ११ महिनामा रु आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । उनका अनुसार यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशतमात्रै हो ।महानगरपालिकाले चालु आवका लागि राजस्व लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख रुपैयाँ राखेको थियो । यसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ गरेको छ । राजस्व सङ्कलनमध्ये महानगरपालिकाले आन्तरिक आयतर्फ ९८ दशमलव ८७ प्रतिशत हासिल गरेको जनाएक

    • प्रकाशित मितिः असार ५, २०८०
    • 271 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकद्वारा कर्जा प्रवाहमा सहजता

    काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्यम व्यवसायको लागि कर्जामा सहजता बनाइदिएको छ । केन्द्रीय बैंकले वित्तीय सचेतनाका लागि एक सूचना जारी गर्दै ५ करोडसम्मको कर्जाको लागि अतिरिक्त २० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्न नपर्ने प्रावधान ल्याएको छ ।नवप्रवर्तन (स्टार्टअप) तथा उद्यमशीलता विकासमा टेवा पुर्याउन र यस्तो प्रयोजनमा कर्जा प्रवाह सहज होस् भन्ने उद्देश्यले व्यक्तिगत वा संस्थागत जमानी लिई परियोजना धितोमा (अन्य सम्पत्ति धितो नलिई)मात्र प्रवाह भएको ५ करोडसम्मको कर्जाको लागि सो प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न नपर्ने प्रावधान राखेको हो ।केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले प्रस्तावित

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 303 पटक पढिएको
  • पाथीभरा मन्दिरको रकम हिनामिना सम्बन्धमा छानबिन समिति गठन

    फिक्कल । इलामको रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीले दान गरेको भेटी हिनामिना भएको भन्दै व्यापक गुनासो बढेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । सदस्यमा कोष तथा लेखा नियन्त्रण कार्यालय इलामका देवीचरण भण्डारी, सहरी विकास तथा भवन कार्यालयका तर्फबाट पशुपतिकुमार मण्डल, अडिटर किशोरकुमार ताम्राकार रहेका छन् । एक सदस्य रोङ गाउँपालिकाले तोक्ने छ ।गाउँपालिका र सर्वदलीय बैठकबाट नै स्थानीय तहबाट अपारदर्शी हिसाब छानबिन गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइएको थियो। पत

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • 586 पटक पढिएको
  • पाँच अर्ब ७७ करोड पुनर्कर्जा लगानी

    काठमाडौँ   ।    नेपाल राष्ट्र बैङ्कले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जातर्फको लगानी २०७९ चैत मसान्तमा पाँच अर्ब ७७ करोड रुपियाँ रहेको छ ।२०७९ चैत मसान्तमा एक लाख ४७ हजार ८०७ ऋणीलाई प्रवाह भएको दुई खर्ब पाँच अर्ब ११ करोड रुपियाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको राष्ट्र बैङ्कले जनाएको छ। यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार दुई सय ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब ६५ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ७५१ महिला उद्यमीलाई प्रवाह भएको ६२ अर्ब २८ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ ।सहुलियतपूर्ण कर्जाका अ

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • 202 पटक पढिएको
  • विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८४ करोड ऋण र २ अर्ब ६० करोड रुपैयाँ अनुदान

    काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र दुई अर्ब ६० करोड रुपैयाँ (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।आज बुधवार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थ सचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फारिस हदाद जर्भोसले यो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।विश्व बैंकअन्तर्गतको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आईडीए) ले ‘ग्लोबल पार्टनरशिप फर एजुकेसन’ कार्यक्रममार्फत नेपालका सरकारी विद्यालयको पाठ्यक्रम विकास, पूर्वाधार निर्माण र सिकाइ गुणस्तर

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 333 पटक पढिएको
  • राप्रपाका अध्यक्ष लिङ्देन र प्रमुख सचेतक शाहीको बजेट बारे बेग्ला बेग्लै प्रतिक्रीया

    झापा   ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेट जनतामा आशा जगाउने किसिमको नआएको बताएका छन् । सोमबार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । मुलुकको वर्तमान आर्थिक संकट र चुनौतीको समाधान गर्नुपर्ने अवस्था भए पनि त्यसअनुरुप बजेट आउन नसकेको बताउँदै उनले विगतका सरकारले ल्याउने बजेट सुन्दा राम्रो भए पनि कार्यान्यनमा समस्या हुने गरेको बताए । अहिलेको बजेट पनि कार्यान्वयनमा चुनौती रहेको बताए । बजेट अनुदान र ऋणमा आधारित भएर आएकाले आशा गर्ने ठाउँ नभएको उनको भनाइ छ । बजेट

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • 400 पटक पढिएको
  • विद्युतीय गाडिमा बढ्यो कर, कुनमा कति

    झापा   ।   सरकारले बिध्युतिय गाडिमा कर फेरबदल गरेको छ । आज सार्वजनिक भएको आर्थिक विधेयकमा करका दर परिवर्तन भएको हो ।अर्थमन्त्री डा. प्रकाशशरण महतले ईभीको करमा फेरवदल गर्दै नयाँ करका दर निर्धारण गरेका हुन् । पहिलो पटक ५० किलोवाटसम्मको नयाँ शिर्षक थप गरेर कर लगाएका छन् ।यसअघि १० प्रतिशत कर लगाउँदै आएको १०० किलोवाटसम्मका गाडीमा १५ भन्सार र १० प्रतिशत अन्तःशुल्क थप भएको छ । अहिले १० अन्तःशुल्क थपिएको हो भने, ५ प्रतिशत भन्सार वृद्धि भएको हो ।यश अघि ३० प्रतिशत कर अन्तःशुल्क र ३० प्रतिशत भन्सार लाग्दै आएको १०० देखि २०० किलोवाटका गाडीमा २०–२० प्रतिशत अन्तःशुल्क र भन्सार लगाइएक

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 448 पटक पढिएको
  • यस्तो छ आर्थिक वर्ष २०८०/८१ को बजेट [पूर्णपाठ]

    काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलव २० प्रतिशत र पुँजीगत अर्थात् विकास बजेटतर्फ तीन खर्ब दुई अर्ब सात करोड अर्थात् ७ दशमलव २५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।    समृद्धि र सुशासन कायम गर्न, डिजिटल र हरित अर्थतन्त्र निर्माणमा पनि बजेट केन्द्रित गरिने भएको छ

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 903 पटक पढिएको
  • पूर्व-पश्चिम राजमार्ग निर्माणका लागि ३१ अर्ब बजेट

    झापा  ।  सरकारले पूर्वपश्चिम राजमार्ग निर्माणका लागि ३१ अर्ब दुई करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुना्। पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीब्रता दिइने अर्थमन्त्री डा. महतले बताएका छन्। नारायणगढ-बुटवल र कमला-कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ।कमला- ढल्केवर,पथलैया, वुटवल, गोरूसिङ्गे, काकडभिट्टा, लौकही, पथलैया, नारायणगढ र लमही,भालुवाङ्ग सडक खण्डको स्तरोन्नति सुरू गरिने भएको छ। नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 265 पटक पढिएको
  • १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट सार्वजनिक

    झापा   ।   सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसदको संयुक्त सदनमा चालु आर्थिक वर्ष २०७९/८० को भन्दा ४२ अर्ब सानो बजेट प्रस्तुत गरेका हुन्। गत वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट आएको थियो।महतले गरेको कूल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड छुट्याइएको छ।

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 415 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.