आर्थिक

    Showing 3,141-3,150 of 4,499 items.
  • लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरका लागि अन्तिम सम्झौता

    काठमाडौं। लक्ष्मी बैंक र सनराइज बैंक बराबरी हैसियतमा गाभिने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डीडीए) प्रतिवेदन आएपछि दुवै बराबरी हैसियतमा गाभिने सम्झौता भएको हो। राजधानीको र्‍याडिसन होटलमा दुवै पक्षबीच सम्झौता भएको हो।अब दुवै बैंकले विशेष साधारणसभा डाकेर मर्जर प्रस्ताव पारित गर्ने छन्। मर्जरपछि बैंकको प्रमुख कार्यकारी लक्ष्मी बैंकका अजयबिक्रम शाह हुने समझदारी भएको छ। सञ्चालक समितिमा लक्ष्मीबाट

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • 284 पटक पढिएको
  • कोशी प्रदेशको बजेट अधिवेशन जेठ १४ देखि

    विराटनगर   ।    कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले दोस्रो तथा बजेट अधिवेशन जेठ १४ गतेका लागि आह्वान गर्ने निर्णय गरेको छ ।प्रदेश प्रमुख परशुराम खापुङलाई बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय सोमबार नै जानकारीका लागि पठाइसकेको कोशी प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले बताए ।प्रदेश प्रमुख खापुङले प्रदेश अधिवेशन आह्वान गरेको जानकारी कोशी प्रदेशको प्रदेश सभालाई जानकारी गराएपछि प्रदेश अधिवेशन सुरु हुनेछ । अधिवेशनले पूर्व बजेट छलफल प्रारम्भ भई सरकारको नीति तथा कार्यक्रम पेस हुने छ ।त्यस्तै बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेट सरकारले

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • 276 पटक पढिएको
  • अर्थतन्त्र सुधार्ने अर्थमन्त्री महतले रणनीति

    काठमाडौं   ।  अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गरेका छन्। सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गरेका हुन्। अर्थमन्त्री महतलाई सांसदहरुले वर्तमान अवस्थाबारे जिज्ञासा राखेका थिए ।सांसदहरुको जवाफ दिँदै मन्त्री महतले भने, 'स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नुहुँदैन। हामी नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो।'  युवाहरुको क्षमता छ जसलाई देशभित्रै प्रयोग गर्ने मान्यतालाई प्राथमिकतामा राखिने उनले बता

    • प्रकाशित मितिः जेठ ७, २०८०
    • 461 पटक पढिएको
  • आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ ।महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट रु दुई खर्ब १८ अर्ब ५७ करोड नाघेको देखिएको हो ।यो अवधिसम्ममा सरकारले गरेको कूल आम्दानीभन्दा कूल खर्च सवा दुई दशमलव नौ प्रतिशत विन्दुले बढी हो ।यो अवधिसम्ममा सङ्कलन भएको सरकारी राजस्वले चालु खर्च धान्न नसक्ने अवस्था छ भने पुँजीगत खर्च निकै कम छ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार नौ महिनामा सरकारले वार्षिक विनियोजनको ५२ दशमलव ५७ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड

    • प्रकाशित मितिः वैशाख १, २०८०
    • 473 पटक पढिएको
  • वाणिज्य बैंकहरूले घटाए ब्याजदर

    काठमाण्डौ  ।  वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले मुद्दती तथा बचत खाताको ब्याजदर वैशाखदेखि घटाउने निर्णय गरेको हो।बैठकको निर्णय अनुसार एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको छ। त्यस्तै संस्थागत निक्षेपको ब्याजदर ७.९९ प्रतिशतमा आएको छ। बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ। कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ। अहिले झरेको निक्षेपको ब्याजको असर आधार दरमा साउनदेखि पर्नेछ। बचतको ब्याजदर तत्कालै घट्ने भएकाले आधार दर कम भएर नयाँ ऋणीलाई कम ब्याजमा पैसा उपलब्ध हुने छ।बैंकहरुमा अहिले लोनेबल

    • प्रकाशित मितिः चैत २९, २०७९
    • 349 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा तीन रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १ सय ६० रुपैयाँमा बिक्री हुनेछ ।

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 370 पटक पढिएको
  • सौर्य एयरलाइन्सले काठमाडौं पोखरा उडान भर्ने

    काठमाडौं । निजी स्तरको कम्पनी सौर्य एयरलाइन्सले अब काठमाडौं पोखरा दैनिक चार उडान भर्ने भएको छ।आगामी चैत १९ गतेदेखि सौर्य एयरलाइन्सले दिनमा चार उडान गर्ने एयरलाइन्सका व्यवस्थापक मुकेश खनालले जानकारी दिएका छन।आन्तरिक उडान गर्दै आएको कम्मनीले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पहिलोपटक दिनमा चार उडान गर्ने योजना सार्वजनिक गरेको थियो। यसअघि पोखरा रुटमा दैनिक २ उडान मात्रै हुँदै आएको थियो।पहिलोपटक जेट विमानमार्फत सौर्यले दैनिक बिहान ८ः३० बजे, ९ः३५ बजे र दिउँसो २ः४० बजे र ३ः३० बजे उठडान तालिका बनाएको  मुकेस खनालले जानकारी दिए।सौर्य एयरलाइन्सले हाल विराटनगर, भद्रपुर

    • प्रकाशित मितिः चैत १८, २०७९
    • 299 पटक पढिएको
  • सुनचाँदीको भाउ आज

    काठमाण्डाै - सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो। आज सुनको भाउ तोलामा १ लाख ९ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुन तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 180 पटक पढिएको
  • सुनकाे भाउ आज

    काठमाण्डाै - हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ।आज सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।अस्ति सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ थियो।सुनको भाउ घटे पनि आज चाँदीको भाउ भने बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः चैत १२, २०७९
    • 270 पटक पढिएको
  • सुनको भाउ आज

    काठमाण्डाै - सुनको भाउ आज फेरि बढेको छ । हिजो तोलामा १२ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ८ सय रुपैयाँले बढेको हो । आज सुनको भाउ तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ पुगेको छ । यसअघि गएको ५ गते आइतवार सुनको भाउ बढेर अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँमा पुगेको थियो । आज चाँदीको भाउ भने स्थिर छ।चाँदी हिजो जस्तै आज पनि तोलामा १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १०, २०७९
    • 334 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.