आर्थिक

    Showing 3,871-3,880 of 4,500 items.
  • गुण एयरलाइन्सले काठमाडौं–सुर्खेत उडान सुरु गर्दै

    काठमाडौं / निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ । सन् २०२२ को सुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो । हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौं–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबार (पुस १८ गते) देखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिए ।काठमाडौं–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ । अनलाइन टिकटमा काठमाडौं–सुर्खेतका लागि रु आठ हजार ५४५, नौ हजार ५४५ र ११ हजार ४२० भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८ः३० बजे काठमाड

    • प्रकाशित मितिः पुस १७, २०७८
    • 111 पटक पढिएको
  • इलामको जुनतारा सामुदायिक वनका तत्कालीन अध्यक्षविरुद्ध मुद्दा

    इलाम / इलामको माईनगरपालिका –९ स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम हिनामिना गरेको आरोपमा थेबे विरुद्ध मुद्दा दायर गरेको हो । अनुसन्धानको क्रममा थेबेले वन समूहका अन्य पदाधिकारीहरूलाई थाहा नदिई वन समूहको काठ दिने प्रलोभन दिएर ठेकदार तथा स–मिलसँग रकम असुली गरेको पाइएको आयोगको आरोप पत्रमा उल्लेख छ । यसैगरी थेबेले कोषाध्यक्षको किर्ते हस्ताक्षर गरी रकम निकालेर हिनामिना गरेको पनि आरोप पत्रमा उल्लेख छ ।

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 143 पटक पढिएको
  • राठीको ७० टन सुपारी कोलकातामै रोकियो

    विराटनगर / विराटनगरका व्यवसायी दिनेश राठीले इन्डोनेसियाबाट अम्बे भवानी ट्रेड लिंक फर्मको नाममा आयत गरेको ७० टन सुपारी विगत तीन महिनादेखि कोलकाता बन्दरगाहमा अड्किएको छ।केपी शर्मा ओलीका पालाका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जारी गरेको कोटामा आयात गरेको सुपारीलाई राष्ट्र बैंकको निर्देशनमा लक्ष्मी बैँकले भुक्तानी नदिएका कारण बन्दरगाहमा अड्किएको हो। राष्ट्र बैंकले गत्त कात्तिक १२ गते सबै वाणिज्य बैंकलाई परिपत्र जारी गर्दै वाणिज्य विभागले जारी गरेको अनुमति पत्र अन्तर्गत आयात गरिएका मालवस्तुको विदेशी मुद्राको सटही सुविधा फुकुवा गरेको थियो। तर अर्थ मन्त्रालयको हस्तक्षेपका

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 336 पटक पढिएको
  • तोलामा ६ सय बढ्यो सुनको मूल्य

    काठमाडौं / नेपाली बजारमा आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 145 पटक पढिएको
  • मानापाथी त्रिपल एम बहुउद्देश्यीय सहकारी का अध्यक्ष पक्राउ

    काठमाडौं ।काठमाडौंको मैतीदेवीमा रहेको एक सहकारी संस्थाका अध्यक्षलाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मानापाथी त्रिपल एम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामप्रसाद कँडेल रहेका छन्। बाग्लुङ जिल्लाको साविक बिहु गाविस–२ (हाल काठखोला गाउँपालिका–६) स्थायी घर भई काठमाडौं महानगरपालिका–२८ बागबजार बस्दै आएका ५२ वर्षीय कँडेल बैंकिङ कसुरमा पक्राउ परेका हुन्। काठमाडौं बस्ने वर्ष ५७ वर्षीय व्यक्तिले दिएको मुद्धा जाहेरीका आधारमा उनलाई काठमाडौं महानगरीय प्रहरी विभाग सिंहदरबारले बागबजारबाट पक्राउ गरेको हो। मुद्धा जाहेरी परेपछि सहकारीका सचिव एवम् संस्थापक सदस्य टीकाराम गौतम भने फरार भएका छन् ।गौतमको

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 162 पटक पढिएको
  • दुई करोडको चेक अनियमितता गरेकाे आरोपमा एसएसपी सिंहमाथि छानबिन

    काठमाडौँ / चेक अनियमितताको आरोप लागेका नेपाल प्रहरीका एसएसपी अशोक सिंहमाथि छानबिन सुरु भएको छ । सिंह महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुख हुँदा चेक अनियमितताको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयले छानविन सुरु गरेको हो । सिंहको छानविन गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी राजेशलाल कर्णको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । छानबिन समितिमा एसपी आभूषण तिम्सिना र डीएसपी सन्तोष तामाङ छन्।सिन्धुलीका राजकुमार बरालले हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउने उद्देश्य राखेको भन्दै एसएसपी सिंहविरुद्ध गृह मन्त्रालयमा पुस ९ गते उजुरी गरेका थिए । गृह मन्त्रालयले छानबिन ग

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 143 पटक पढिएको
  • रसुवा भन्सारमा ८८ प्रतिशत भन्दा बढी राजस्व संकलन

    रसुवा / रसुवा भन्सार कार्यालय टिमुरेले मंसिर महिनामा लक्ष्यको ८८.३९ प्रतिशत राजस्व संकलन गरेको छ ।भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार मङ्सिरमा ५४ करोड ७१ लाख १९ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा १ अर्ब ३ करोड ६ लाख ९७ हजार राजस्व संकलन भएको हो । जुन मंसिर महिनामा राखिएको लक्ष्यको तुलनामा ४८ करोड ३५ लाख ७८ हजार  राजस्व बढी संकलन भएको हो ।गत वर्ष मंसिर महिनामा ३६ करोड ९८ लाख ०८ हजार राजस्व संकलन भएको थियो ।  गत वर्षको तुलनामा यो वर्ष ६६ करोड ८ लाख ८९ हजार बढी राजस्व संकलन भएको छ । रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लग

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 105 पटक पढिएको
  • पाँच महिनामा १४ करोडको नुन बिक्री

    वीरगञ्ज  / साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश नं. २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाका अवधिमा कूल १४ करोड  रुपैयाँ बराबरको नुनजन्य सामग्री बिक्री गर्न सफल भएको छ।कार्यालयका अनुसार आव २०७८/७९ साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कुल रु चौध करोड ३५ लाख २५ हजार ३२५ बराबरको नुनजन्य सामग्री बिक्री गरेको थियो।कार्यालय प्रमुख अमोज लामिछानेले गत आर्थिक वर्ष २०७७/७८ मा रु २७ करोड १० लाख ५५ हजार ८५० बराबरको नुनजन्य सामग्री बिक्री गरेको जानकारी दिए। २०२० साल भदौ २७ गते सार्वजानिक निजी साझेदारीमा स्थापित सो कर्पोरेशनले पछिल्लो समय फड्को मारेको छ। संस्थामा सरकारको २२ प्रतिश

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 115 पटक पढिएको
  • तरकारीको आजको मूल्य सूचीसहित यसप्रकार

    काठमाडौं / विभिन्न तरकारीको आज मङ्गलबारको मूल्यसूची कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  सार्वजनिक गरेको छ । बजारले सार्वजनिक गरेको मूल्य सुचीका अनुसार आज केही तरकारीको मूल्य घटेको छ भने केहीको मूल्यमा वृद्धि भएको देखिएको छ ।सूचीमा आज रातो आलु प्रतिकेजी ३२ रुपैयाँ रहेको छ भने सेतो आलु २३ रुपैयाँ ५० पैसा रहेको सार्वजनिक गरिएको छ। त्यस्तै, कागतीको औसत मूल्य प्रतिकेजी एक सय ५ रुपैयाँ , गोलभेँडाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ र प्याजको औसत मूल्य प्रतिकेजी ५१ रुपैयाँ रहेको छ । 

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 90 पटक पढिएको
  • यस्तो छ विभिन्न देशको विनिमयदर

    काठमाडौं / मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ७० पैसा र बिक्रीदर १२० रुपैयाँ ३० पैसा कायम गरेको छ ।युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३६ रुपैयाँ १३ पैसा छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर १६० रुपैयाँ ४३ पैसा र बिक्री दर १६१ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७७ पैसा रहेको छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४४ पैसा र बिक्रीदर १० रुपैयाँ ४९ पैसा रहेको छ भन

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 128 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.