आर्थिक

    Showing 3,991-4,000 of 4,500 items.
  • कोभिडले रोजगारी गुमाएका परिवारलाई राहतस्वरुप दश हजार दिने

    काठमाडौं  / सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारलाई राहतस्वरुप रु दश हजार बाड्ने कार्यविधि तयार पारेको छ ।कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि–२०७८ गत कात्तिक पहिलो साता बसेको मन्त्रिरिषद्को बैठकले स्वीकृति गरेको थियो । सो स्वीकृत कार्यविधिलाई अर्थ मन्त्रालयले कात्तिक १५ गते राजपत्रमा सूचना प्रकाशन गरेपछि कार्यान्वयनको बाटो खुलेको छ । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधयेकमार्फत कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारले राहतस्वरुप रु दश हजार बाड्ने कार्यक्रम ल्याएका थिए ।“कोभिड–१९ को प्रभावबाट रोजगारी र आयआ

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 124 पटक पढिएको
  • राष्ट्र बैंकद्वारा जिएमई–पे को अनुमति खारेज

    काठमाडौं  / नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले मङ्गलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो ।“यस बैंकबाट २०७७ कोे असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौंलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमतिपत्र प्रदान गरिएकामा भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७७ को विनिमय ३५ को उपविनिमय १ को (क) को व्यवस्थाबमोजिम उक्त अनुमतिपत्र खारेज गरिएको हो”, बैंकद्वारा जारी सूचनामा भनिएको छ ।राष्ट्र बैंकका भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार सो वालेटले

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 126 पटक पढिएको
  • बाढी पीडित किसानलाई राहत वितरण कार्यविधि तयार

    काठमाडौँ / सरकारले बाढीपडित किसानलाई राहत दिनका लागि कार्यविधि तयार गरेको छ । असोज ३१ गतेदेखि लगातार चार दिनसम्म परेको पानीले गर्दा धनजनमा क्षति पु(याएको छ ।त्यसमा सबभन्दा बढी क्षति कृषिमा गरेको छ । कृषि मन्त्रालयको प्रारम्भिक क्षति विवरणअनुसार धानमा मात्र ११ अर्ब रुपियाँभन्दा बढीको क्षति भएको छ । सरकारले साढे पाँच अर्ब रुपियाँ पीडित किसानलाई राहतस्वरूप दिने निर्णय गरेको छ । त्यसका लागि प्रधानमन्त्री कार्यालयले सचिव शिशिर ढुङ्गानाको संयोजकत्वमा एउटा समिति बनेको छ ।कृषि मन्त्रालयको समन्वयमा सो कार्यविधि तयार गरेको छ । समितिका संयोजक एवं प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुङ्गानाले कार्यव

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 145 पटक पढिएको
  • अरुणबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउँछः अर्थमन्त्री शर्मा

    तुम्लिङटार  / अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताए ।खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए। नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण, किमाथाङ्का अरुण निर्माण गर्न लागिएको सो अवसरमा उनले जानकारी दिए ।“अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दैछ”, मन्त्री शर्माले भने। व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन सङ्खुवासभामा रहेका कारण सर

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 130 पटक पढिएको
  • विद्युत् निर्यात अनुमतिः पहिलो चरणमा ३९ मेगावाट भारत निर्यात हुँदै

    काठमाडौँ  / नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् व्यापारका लागि अनुमति पाएको छ ।  भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत् बिक्री गर्न अनुमति दिएको छ ।पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युतगृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा बिक्री गर्न अनुमति दिइएको हो ।दुई विद्युतगृह उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि अनु

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 127 पटक पढिएको
  • तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा

    कञ्चनपुर /  चाडपर्वको मुखमा कञ्चनपुरमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । वर्षापछि तरकारीको मूल्य तेब्बर बढेको छ । तरकारीको मूल्य एक सातामा २० देखि ८० प्रतिशतसम्म बढेको छ ।तरकारीको मूल्य ह्वात्तै बढ्दा सबैभन्दा बढी मारमा दैनिक मजदुरी गरेर जीविका चलाउने परेका छन् । बाढीका कारण किसानले लगाएको तरकारी बगाएको र डुबानमा परेर नोक्सान भएपछि मूल्यमा वृद्धि भएको व्यवसायीको भनाइ छ । “वर्षाको पानीले निम्त्याएको विनाशका कारण तरकारी बजारसम्म पुग्न सकेकोे छैन”, कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले भने, “किसानका खेतबारीमा वर्षाले केही बाँकी राखेन । तरकारीको अभाव भएसँगै मूल्य

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 124 पटक पढिएको
  • सुन तोलाको ९२ हजार रुपियाँ

    काठमाडौँ /  नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.२०० ले बढेर रु.९२ हजार कायम भएको छ । पहेँलो धातु सोमबार प्रतितोला रु. ९१ हजार ८०० मा कारोबार भएको थियो ।    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार ५०० रहनेछ जसको मूल्य सोमबार प्रतितोला रु. ९१ हजार ३०० तोकिएको थियो ।     महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले बढेर एक हजार २५० कायम भएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुन

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 115 पटक पढिएको
  • मोरङमा बाढीका कारण ४१ करोडको क्षति

    मोरङ / कात्तिकको पहिलो साता आएको बाढीले मोरङमा कूल ४१ करोड ६१ लाख रुपैयाँ बराबरको क्षति भएको छ । कोशी बक्राहा नदी व्यवस्थापन आयोजनाका अनुसार वर्षा र बाढीले बक्राहामा तीन हजार ३७० मिटर कटान गर्दा १६ करोड ८६ लाख रुपैयाँको नोक्सानी भएको छ। लोहन्द्रा नदीमा तीन हजार २५० मिटर कटान गरी रुआठ करोड २५ लाख, चिस्याङ खोलामा तीन १५ मिटर कटान गरी १२ करोड ६ लाख रूपैयाँ र दसबरहा नदीमा एक हजार ११० मिटर कटान गरी चार करोड ४४ लाख रूपैयाँ बराबरको क्षति भएको आयोजना प्रमुख कैलाश श्रेष्ठले जानकारी दिए ।कोशीसहित पाँचनदी व्यवस्थापनका लागि स्थापना गरिएको उक्त आयोजनाले प्रारम्भदेखि नै अध्ययन गरी काम गर्दै आ

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 150 पटक पढिएको
  • सामलिङ्ग पावरको आईपीओ भर्ने ९७ प्रतिशतको हात खाली

    बिर्तामोड / सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपिओ) बाँडफाँट भएको छ । गत कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको ७ लाख ३० हजार कित्ता सेयरको आईपीओ कम्पनीले आज (मंगलबार) बाँडफाँड गरेको हो । कम्पनीको आईपीओ ६७ हजार ८९० जनाले १० कित्ताका दरले पाएका छन्। बिक्री प्रबन्धक एसबीआई क्यापिटलका अनुसार सामलिङ्ग पावरको आइपिओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए। जस मध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको छ। सामलिङ्ग पावर कम्पनीको आईपीओ योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० पाएका छन् । यसको मतलब अधिकतम ९६.९१ प्रतिशत आवेदकहरुको हात खाली भ

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 137 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा वृद्धि, प्रतितोला कति ?

    बिर्तामोड / नेपाली बजारमा आज (सोमवार) सुनको मूल्यमा वृद्धि भएको छ । स्थानीय बजारमा सुनको भाउ अघिल्लो कारोबार दिन अर्थात् आइतवारको तुलनामा १०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । छापावाला सुनको आइतबार मूल्य प्रतितोला ९१ हजार ७००  रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो कारोबारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला १००  रुपैयाँले बढेको हो ।त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३००  रुपैयाँमा कारोबार भएको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला ९१ हजार २००  रुपैयाँमा कारोबार भएक

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 163 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.