आर्थिक

    Showing 4,211-4,220 of 4,500 items.
  • नेप्सेमा भारी वृद्धि, नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट

    काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । गत साता सामान्य अङ्कले सुधार भएको बजारमा यस साताको पहिलो कारोवार दिन नै नेप्सेमा ५४.३१ विन्दुले उकालो लागेर तीन हजार ५८.६३ मा पुगेको छ ।ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.७४ विन्दुले बढेर ५७४.०२ मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार रकम पनि आज उल्लेख्य वृद्धि भएको छ । कूल २२३ कम्पनीको चार करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ मूल्यमा खरिद बिक्री भएको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा ११ उप

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 127 पटक पढिएको
  • करोडौँको राजस्व छली विफल

    गलकोट / धौलागिरिका विभिन्न उद्योग तथा व्यवसायीका  राजस्व छलीका प्रयासलाई आन्तरिक राजस्व कार्यालयले विफल बनाइदिएको छ। साविक धौलागिरिको चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङको राजस्व सङ्कलनको जिम्मेवारी पाएको बागलुङ स्थित आन्तरिक राजस्व कार्यालयले छानबिन, परीक्षण र अनुसन्धानका क्रममा यहाँका पेशा, व्यवसाय तथा उद्योगले विभिन्न बाहनामा करिब पाँच करोड राजस्व छली गरेको फेला पारेको हो । कर बुझाउने १७ हजार करदातामध्ये शङ्कास्पद देखिएका व्यवसाय, उद्योग तथा फर्मको अनुगमन गरिएको थियो । बस्तु खरीद बिक्रीको अनुपात नमिलेको, खरीद गरिएका सामग्री बिक्रीतर्फ नदेखिएकोजस्ता राजस्व छलीका शङ्

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 112 पटक पढिएको
  • चितवनमा ९२ प्रतिशत रोपाइँ सकियो

    चितवन / जिल्लामा हालसम्म ९२ प्रतिशत धान रोपाइँ सकिएको छ । यहाँका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा १० र माडी नगरपालिकामा ५ प्रतिशत रोपाइँ गर्न बाँकी छ ।कृषि ज्ञान केन्द्र भरतपुरले दिएको जानकारी अनुसार पूर्वी चितवनका स्थानीय तहमध्ये राप्ती, खैरहनी रत्ननगर, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा सबै रोपाइँ सकिएको छ ।ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार जिल्लाका सात स्थानीय तहमध्ये भरतपुर महानगरको धानयोग्य जमीनले झण्डै आधा क्षेत्रफल ओगटेको छ । भरतपुरको अन्य स्थानमा रोपाइँ सकिए पनि पश्चिम क्षेत्रमा मकै थन्क्याउन र धानको बीउनै ढिला राख्ने हुँदा रोपाइँमा ढिलाइ भएको हो । पूर्व

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 100 पटक पढिएको
  • एक अर्ब ४० करोड बराबरको सिमेन्ट बिक्री

    वाग्मती / वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा कूल रु एक अर्ब ४० करोड ३३ लाख ९९ हजार ४४.१५ पैसा बराबरको सिमेन्ट बिक्री गरेको जनाएको छ । सो आवमा कूल १८ लाख ५३ हजार ७६४ बोरा सिमेन्ट बिक्रीबाट सो बराबरको आर्थिक कारोवार गरेको हेटौँडा सिमेन्ट उद्योगले जनाएको छ । उक्त आवमा कूल ३१ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि कोरानाको असहज परिस्थिति, पुरानो मेसिनरी उपकरण र पटक–पटक मर्मतसम्भार गर्नुपर्दा लक्ष्यअनुसार सिमेन्ट उत्पादन हुन नसकेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिएका छन

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 128 पटक पढिएको
  • दुग्ध उत्पादक किसानलाई अनुदान

    बन्दीपुर / गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान प्रदान गरेको छ । दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा रु एक अनुदान दिने व्यवस्था गरेको हो ।गाउँपालिकाले वडा नं १ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानलाई शनिबार उत्पादनमा आधारित कार्यक्रमअनुरुप अनुदान रकम प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, वडाध्यक्ष भानुभक्त पोख्रेल, दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मानबहादुर खातीको रोहवरमा किसानलाई अनुदान रकम वितरण गरिएको हो । उक्त स

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 101 पटक पढिएको
  • झापाका कृषकलाई दुई करोड अनुदान

    बनियानी / कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७७÷७८ मा जिल्लाका कृषकलाई करिब दुई करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ । केन्द्रले कृषि कार्यक्रमअन्तर्गत विभिन्न ११ शीर्षकमा १५९ व्यक्ति, कृषि समूह, कृषि सहकारी, फार्मलगायतलाई एक करोड ९९ लाख ५४ हजार ९०० रुपैयाँ अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले जानकारी दिएका छन् ।मागमा आधारित कार्यक्रमअन्तर्गत पाँच पालिकाका किसानलाई दुई लाख ५० हजार रुपैयाँ, कागती खेतीमा सात पालिकाका १२ फार्मलाई २१ लाख २३ हजार ३०० रुपैयाँ, व्यावसायिक फलफूल बगैँचा स्थापनार्थ चार पालिकाका पाँच फार्मलाई नौ लाख एक हजार १०० रुपैयाँअनुदा

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 129 पटक पढिएको
  • सहारा नेपाल ज्ञानेचोक सेवाकेन्द्रद्वारा दिवंगत सदस्यको ऋण मिनाहा

    भद्रपुर / झापाको भद्रपुर स्थित ज्ञानेचोकमा रहेको सहारा नेपाल (साकोस)को सेवाकेन्द्रले दिवंगत भएका सदस्यको  ऋण मिनाह गरेको छ । साकोसले ३ जना सदस्यको ११ लाख ६८ हजार  ऋण मिनाहा गरेको सेवाकेन्द्रका प्रमुख सुदिप खड्काले जानकारी दिएका छन् । भद्रपुर नगरपालिका गौरीशंकर स्थित पूर्णिमा सहारा महिला समूह नं.३४ की दिवंगत सदस्य सीतादेवी दाहालको ८ लाख ६८ हजार रुपिँया ऋण मिनाह गर्दै मृतककी आमा तिलरुपा दाहाललाई आज एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण भएको थियो । दाहालको ३ महिना अगाडी घाँस काट्न जानेक्रममा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । उनले ल

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 368 पटक पढिएको
  • लक्ष्यभन्दा बढी राजस्व

    बागमती / आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले गत आर्थिक वर्ष २०७७/७८ मा पाँच अर्ब ५२ करोड  ८२ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले अघिल्लो आव २०७६/७७ को तुलनामा गत आवमा बढी राजस्व सङ्कलनसमेत गरेको बताइएको छ । आव २०७६/७७ मा चार अर्ब ७८ करोड ७३ लाख ४० हजार राजस्व सङ्कलन भएको थियो । कार्यालयले लक्ष्यको तुलनामा बढी राजस्व सङ्कलन गरेको   कार्यालय प्रमुख शालिकराम आर्चायले जानकारी दिए । कार्यालयले गत आव २०७७/७८ मा पाँच अर्ब ३९ करोड ९४ लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा त्योभन्दा बढी  पाँच अर्ब ५२ करोड ८२ लाख ४८  राजस्व सङ्कलन भएको उनले बताए

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 156 पटक पढिएको
  • काँकडभिट्टाबाट बङ्गलादेश व्यापार : आयात बढी निर्यात कम

    काँकडभिट्टा / पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्कमा नेपालमा उत्पादित सामान ६७ करोड ३८ लाख ९१ हजारको निर्यात भएको देखिन्छ भने सात अर्ब १५ करोड ७२ लाख ३४ हजारको सामान आयात भएको देखिएको छ । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्र विश्वकर्माले एक वर्षमा मात्र नेपाल–बङ्गलादेश व्यापार घाटा छ अर्ब ४८ करोड ३३ लाख ४३ हजार भएको बताएका छन् । उनले प्रत्येक वर्ष नेपाली सामानको निर्यात घट्दै गएको र बङ्गलादेशी सामानको आयात बढ्दै गइरहेको कारण व्यापार घाटा बढेको बत

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 230 पटक पढिएको
  • लक्ष्यको ९९ प्रतिशत राजस्व सङ्कलन

    दमौली / आन्तरिक राजस्व कार्यालय तनहुँले लक्ष्यको ९९.२५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ ।कोरोना कहर र निषेधाज्ञाका बाबजुद पनि कार्यालयले आफ्नो लक्ष्य भेटाएको हो । आर्थिक वर्ष ०७७/७८ मा कार्यालयले आठ अर्ब ५० करोड २६ लाख ६१ हजार राजस्व सङ्कलन गरेको प्रमुख कर अधिकृत डा नारायण ढकालले जानकारी दिएका छन् । कार्यालयले उक्त आवमा आठ अर्ब ५६ करोड ६८ लाख ३७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । “विषम् परिस्थितिका बाबजुद पनि लक्ष्य नजिक राजस्व सङ्कलन भएको छ”, उनि भन्छन्, “कोरोना कहर र निषेधाज्ञा नभएको भए झन बढी राजस्व सङ्कलन हुन्थ्यो ।” उनका अनुसार निषेधाज्ञाका कारण बढी कर तिर्ने उद्योग

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 109 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.