रसुवा । बुधबार बिहान आएको भीषण बाढीपछि रसुवाको स्याफ्रुबेंसी क्षेत्रको जनजीवन अझै प्रभावित बनेको छ । बाढीले बजार तथा आसपासका बस्तीमा ठूलो क्षति पुर्‍याएपछि स्थानीयवासी त्रास र अन्योलबीच दैनिकी चलाउन बाध्य छन् ।

बाढीका कारण सडक, पुललगायतका भौतिक संरचनामा क्षति पुगेको छ । सडक तथा पुलमा क्षति भएपछि स्याफ्रुबेंसी क्षेत्रमा आवतजावतसमेत कठिन बनेको छ ।बाढीले घर, पसल तथा अन्य संरचनामा क्षति पुर्‍याएपछि प्रभावित स्थानीयको दैनिकी थप कष्टकर बनेको छ । बाढीपछिको अवस्था सामान्य हुन नसक्दा स्थानीयमा अझै त्रास कायमै छ ।

क्षतिग्रस्त सडक तथा संरचनाको मर्मत र आवागमन सहज बनाउन सम्बन्धित निकायले काम अघि बढाउनुपर्ने अवस्था देखिएको छ ।