खेलकुद

    Showing 1,431-1,440 of 1,639 items.
  • टी –२० विश्वकप : भारतसँग नामिबिया ९ विकेटले पराजित

    बिर्तामोड / आईसीसी टी –२० विश्वकपमा नामिबियालाई भारतले ९ विकेटले पराजित गरेको छ । सोमबार सुपर –१२ को समूह –२ मा रहेको भारतले नामिबियालाई ९ विकेटले हराउँदै तेस्रो स्थानमा रहँदै विश्वकप २०२१ को अन्त्य गरेको हो ।जितका लागि १३३ रनको लक्ष्य पाएको भारतले १५ ओभर २ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । ओपनर रोहित शर्माले सर्वाधिक ५६ रन बनाए । भारतका ओपनर के एल राहुल ५४ रनमा अविजित रहे ।यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनायो । नामिबियाका डेभिड विजाले सर्वाधिक २६ रन बनाए ।भारत ५ खेलमा ३ जित र २ हारसहित ६ अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरियो

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 306 पटक पढिएको
  • अल इन वान र द हन्टर को बिजयी सुरुवात

    बिर्तामाेड / झापाको झापा गाउँपालिकामा आइतबार देखि सुरु भएको खुल्ला नकआउट फुटबल प्रतियोगितामा अल इन वान सैनिक मोड र द हन्टर गौरादहले बिजयी सुरुवात गरेका छन ।उद्घाटन खेल खेल्ने अवसर पाएको अल इन वनले डाँगीबारी बाह्रदशीको टिम सँग ट्राइबेकरमा जित निकाल्दै बाजी मारेको हो।खेलको ४० औँ मिनेटमा अल इन वानका विश्वास लिम्बुले टिमलाई अग्रता दिलाए सँगै डाँगीबारीका दिपेश श्रेष्ठले खेलको ४३ औँ मिनेटमा एक गोल पुनः जस्ताको तस्तै अल इन वानलाई फर्काएका थिए।निर्धारित समयमा दुबै तर्फ १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा ५–५ सुटको अवसर पाएका दुबै टिममा अल इन वान ३–२ को गोलअन्तरले बिजयी

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 240 पटक पढिएको
  • स्पेनिस ला लिगा : बार्सिलोनाको निराशाजनक बराबरी

    एजेन्सी / स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले निराशाजनक बराबरी खेलेकाे छ । आईतबार राति बार्सिलोनाले सेल्टा डी भिगोसँग ३–३ गोलको बराबरी खेलेको हो ।सुरुवाती तीन गोलको अग्रतालाई जोगाउन नसक्दा बार्सिलोनाले बराबरी खेल्न बाध्य भयो । अंशु फाती, सर्जियो बुस्केट्स र मेम्फिस डेपेले गोल गर्दै बार्सिलोनलाई ३–० ले अघि बढाएका थिए ।तर दोस्रो हाफमा लगातार तीन गोल गर्दै सेल्टा भिगोले खेल बराबरीमा ल्यायो। सेल्टा भिगोका लागि लागो अस्पासले दुई तथा नोलिटोले एक गोल गरे ।शनिबार मात्र बार्सिलोनाले जाभी क्लब फर्कने पक्का गरेको थियो । उनले सोमबारदेखि आधिकारिक रुपमा क्लबको जिम्मेवारी लिनेछन् ।जाभीले नवौं स्थानमा रहेको

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • 163 पटक पढिएको
  • मेयर कप भेट्रान्सको उपाधि झापाले जित्यो

    बिर्तामोड / झापा भेट्रान्स फुटबल क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनलमा झापाले एफई खुमलटार भेट्रान्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । झापालाई उपाधि दिलाउन दुबै गोल श्याम कुमार गोलले गरे । खुमलटारका लागि एकमात्र गोल कप्तान नरेन्द्र लामाले गरेका थिए । प्रतियोगिताको विजेता झापाले ५ लाख तथा उपविजेता खुमलटारले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।लिगकम नकआउट प्रणालीमा खेलाएको प्रतियोगितामा २१ टिम सहभागी थिए ।

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 273 पटक पढिएको
  • राखेपको सदस्य सचिवमा ढकाल नियुक्त

    काठमाडौं  / राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त भएका छन् ।युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमिक्त सचिव डा. कमल प्रसाद पोखरेलले जानकारी दिए ।युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा कात्र्तिक १६ गते (मंगलबार) बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको पोखरेलले बताए ।

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 163 पटक पढिएको
  • इंग्ल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

    काठमाडौँ / इंग्ल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । इंग्ल्यान्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनायो । जितसँगै समूह १ मा रहेको इंग्ल्यान्डले ४ खेलमा ८ अंक जोडेको छ । समूहको शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड सेमिफाइनल पुग्ने पहिलो टिम समेत बनेको छ । अपराजित रहेको इंग्ल्यान्डले एक खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको हो ।यसअघि इंग्ल्यान्डले वेस्ट इन्डिज, बंगलादेश र अष्ट्रेलियालाई हराएको थियो । श्रीलंकाको भने

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 157 पटक पढिएको
  • बार्सिलोनामा नै फर्किएर क्लबलाई सहयोग गर्ने मेस्सीको चाहना

     अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले क्याटालान टोलीसँग २१ वर्ष बिताउँदै आफूलाई विश्वकै उत्कृष्ट खेलाडीका रुपमा स्थापित गर्न सफल भएका थिए । तर, क्लबले नयाँ करार दिन असमर्थ भएपछि यो सिजन ३४ वर्षीय खेलाडी बार्सा छाड्न बाध्य भएका थिए ।मेस्सीले फुटबल सन्यास लिएपछि प्राविधिक सेक्रेटरीको पदमा बार्सिलोनामै फर्किएर क्लबलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।हाल पेरिस सेन्ट जर्मेनमा रहेका मेस्सीको मन भने अझै क्याम्प नाउमा रहेको देखिएको छ । आफ्नो करियर अन्त्य भएपछि उनले कुनै न कुनै रुपमा बार्सामा नै फर्किने योजना पनि बनाउन सुरु गरिसकेका छन् । स्पोर्टसँगको अन्तरवार्तामा मेस्सीलाई ‘कुनै दिन बा

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 138 पटक पढिएको
  • टी–२० क्रिकेटकाे वरियतामा नेपाल १३ औँ स्थानमा

    बिर्तामोड / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ ।आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो । वरियतामा इङ्ग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । त्यसैगरी भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् । 

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 166 पटक पढिएको
  • एएफसी यु – २३ एसियन छनौटमा आज नेपाल र लेबनानबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं / एएफसी यु –२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज (आइतबार) लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । खेल रिपब्लिकन सेन्ट्रल स्टेडियममा दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।नेपाल र लेबनान दुवै प्रतियोगिताबाट बाहिरिसकेको टोली हुन् । प्रतियोगितामा नेपालले यसअघि २ खेल खेलिसकेको छ ।नेपाल पहिलो खेलमा इरानसँग ४–० ले र दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोलले पराजित भएको थियो । उक्त जितसँगै ताजिकिस्तान अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने नेपाल नेपाल अङ्क तालिकाको अन्तिममा रहेको छ ।

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 179 पटक पढिएको
  • टी–२० विश्वकप : पाकिस्तानको लगातार तेस्रो जित

    बिर्तामोड / पाकिस्तानले आईसीसी टी–२० विश्वकपमा लगातार तेस्रो जित हात पारेको छ । शुक्रबार भएको सुपर १२ को समूह २ को खेलमा पाकिस्तानले अफगानिस्तानलाई पाँच विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो । जितका लागि १४८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभरमा ५ विकेटको क्षतिमा १४८ रन बनाएको हो । पाकिस्तानको जितमा ओपनर तथा कप्तान बाबर आजमले सर्वाधिक ५१ रनको योगदान दिए । आसिफ अली २५ रनमा अविजित रहे । अफगानिस्तानका राशिद खानले ४ ओभरमा २ विकेट लिए । मुजिब उर रहमान र मोहम्मद नाबी र नविन उल हकले समान १–१ विकेट लिए ।यसअघि आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 162 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.