काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा उरुग्वे र केप भर्डेले बराबरी खेलेका छन् । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा केप भर्डेले उरुग्वेसँग २/२ गोलको बराबरी खेलेको हो । केप भर्डेले यसअघि स्पेनसँग बराबरी खेलेको थियो ।खेलको २१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत गोल गरेका थिए । त्यसपछि खेलको ४४औं मिनेटमा उरुग्वेका म्याक्सी अराजोले गोल गर्दै बराबारी बनाए ।पहिलो हाफको इन्जुरी समयमा अगस्टिन कानोबियोले गोल गर्दै उरुग्वेलाई २/१ को अग्रता दिलाए ।६१औं मिनेटमा केप भर्डेका हेलियो भारेलाले गोल गर्दै बराबरी बनाए ।
काठमाडौं । निसर्ग बाटिका स्कुलको आयोजनामा ’प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप २०२६’ को उपाधि पुष्पा सदन सेकेन्डरी बोर्डिङ स्कुलल हात पारेको छ । काठमाडौँको रातोपुलस्थित निसर्ग बाटिका स्कुलमा हिजो शनिबारदेखि सुरु भएको प्रतियोगितामा पुष्पा सदन १२ अङ्कका साथ प्रथम हुन सफल भएको हो । प्रतियोगिताको अन्तिम नतिजामा राराहिल मेमोरियल स्कुल दोस्रो ९रनर अप० र स्वर्णिम स्कुल तेस्रो सेकेन्ड रनर अप भएका छन्। यसका साथै, एलआरआईका सुजल माडाई १४५ अङ्कका साथ प्रतियोगिताकै सर्वाधिक अङ्क ल्याउने खेलाडी घोषित भए भने पुष्पा सदन सेकेन्डरी बोर्डिङ स्कुलका मातृका बुढाथोकी ’मोस्ट भ्यालुएबल प्लेयर’बन्न
काठमाडौं । फिफा विश्वकप २०२६ समूह ‘ई’ अन्तर्गत कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्दै आफ्नो इतिहासकै पहिलो विश्वकप अंक हासिल गरेको छ ।कान्सास सिटी स्टेडियममा भएको खेलमा कुरासाओका गोलरक्षक एलोय रुम नायक बने । उनले विश्वकप इतिहासकै कीर्तिमान बराबरी गर्ने गरी १५ वटा प्रहार बचाउ गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण अंक दिलाए । ३७ वर्षीय रुमले अमेरिकाका पूर्व गोलरक्षक टिम हावर्डको विश्वकपमा एक खेलमा सर्वाधिक १५ सेभ गर्ने कीर्तिमान बराबरी गरेका हुन् । हावर्डले सन् २०१४ मा बेल्जियमविरुद्धको खेलमा १५ सेभ गरेका थिए । खेलको तेस्रो मिनेटमै रुमले इक्वेडरका कप्तान एनर भ्यालेन्सियाको नजिकबाट आएको प्रहार रोकेर
काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘एफ’ मा जापानले ट्युनिसियामाथि ४–० को प्रभावशाली जित निकाल्दै नकआउट चरणको सम्भावना बलियो बनाएको छ।खेलको चौथो मिनेटमै डाइची कामाडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। त्यसपछि आयुसे उएडाले ३१औँ र ८३औँ मिनेटमा दुई गोल थपे। जापानका लागि अर्को गोल जे आइटोले ६९औँ मिनेटमा गरेका थिए। पहिलो हाफमै दुई गोलको अग्रता बनाएको जापानले दोस्रो हाफमा थप दुई गोल गर्दै ट्युनिसियालाई खेलभर दबाबमा राख्यो।यसअघि नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको जापानले दोस्रो खेलमा प्रभावशाली जित निकाल्दै दुई खेलबाट चार अंक जोडेको छ। समूह ‘एफ’ मा नेदरल्यान्ड्स, जापान र स्विडेनको समान चार–
काठमाडौं । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका बुबा होर्हे मेस्सी स्वास्थ्य समस्याबाट गुज्रिरहेको र हाल चिकित्सकीय निगरानीमा उपचाररत रहेको परिवारले जनाएको छ ।परिवारद्वारा जारी विज्ञप्तिअनुसार होर्हे मेस्सीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहे पनि उनी चिकित्सकको निगरानीमा छन् । पछिल्ला केही घण्टायता सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका विभिन्न हल्ला र अड्कलबाजीप्रति परिवारले असन्तुष्टि व्यक्त गर्दै यसलाई पूर्ण रूपमा निजी पारिवारिक विषय भएको जनाएको छ ।विश्वकपको उद्घाटन खेलमा अल्जेरियाविरुद्ध गोल गरेपछि लियोनल मेस्सी भावुक हुँदै आँसु झारेका थिए । खेलपछि उनले आफू भावुक हुनुको कारण खेलसँग सम्
काठमाडौँ। मेक्सिको फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । समूह ‘ए’ अन्तर्गतको आफ्नो दोस्रो खेलमा दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको जारी प्रतियोगिताको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो । मेक्सिकोको इस्तादियो ग्वादालाहारा स्टेडियमा आज भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० गोलअन्तरले पराजित ग¥यो । मेक्सिकोको जितमा लुइस रोमो नायक बने । उनले खेलको ५०औँ मिनेटमा गरेको गोल नै मेक्सिकोको लागि निर्णायक गोल सावित भयो । यस जितसँगै विश्वकपको समुह ‘ए’ मा रहेको मेक्सिकले दुई खेलमा ६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । मेक्सिकोले आफनो पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराज
काठमाडौँ। फिफा विश्वकप फुटबल २०२६ प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकिएको छ । अमेरिकाको एटलान्ट स्टेडियममा आज भएको समूह ‘ए’को खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको छैटौँ मिनेटमा चेक रिपब्लिकका मिचल सादिलेकले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।त्यसपछि खेलको ८३औँ मिनेटमा पेनाल्टीमार्फत दक्षिण कोरियाले एक गोल फर्कायो । खेलको ८३औँ मिनेटमा डिबक्सभित्र चेक रिपब्लिकका खेलाडीको हातले बललाई छोएपछि दक्षिण अफ्रिकाले पेनाल्टी पाएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै दक
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि शिक्षा तथा खेलकुद क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पोखरेलले उक्त बजेट कुल राष्ट्रिय बजेट २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको १०।२८ प्रतिशत रहेको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको तुलनामा शिक्षा क्षेत्रको बजेट अनुपातगत रूपमा ०।४७ प्रतिशतले घटे पनि रकमका हिसाबले भने करिब सात अर्ब रुपैयाँले वृद्धि भएको छ । यसले शिक्षा क्षेत्र सरकारको प्राथमिकतामा रहेको स्पष्ट हुने उनको भनाइ थियो
काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप २०२६ को पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । डिआर कंगोसँग १–१ गोलको बराबरीमा टुंगिएको खेलमा उनले जम्मा २५ पटक मात्र बल छोएका थिए । यो उनको विश्वकप करिअरकै सबैभन्दा कम सक्रिय प्रदर्शनमध्ये एक मानिएको छ ।ईएसपीएन एफसीका अनुसार खेलभर रोनाल्डोले तीन पटक गोलपोष्टमा प्रहार गरे पनि कुनै पनि प्रहार लक्ष्यमा पुग्न सकेन । अधिकांश समय डिआर कंगोको रक्षापंक्तिले उनलाई प्रभावहीन बनाइरह्यो । रोनाल्डोको सीमित सहभागिताले पोर्चुगलको आक्रमणमा समेत असर परेको देखियो । विश्व फुटबलका चर्चित फरवार्डका रूपमा चिनिने उनी यस खेलमा विपक्षी रक्षकह
काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ ले पराजित गरेको छ।मर्सिडिज बेन्ज स्टेडियममा बिहीबार भएको खेलमा कोलम्बियाका लागि ४०औँ मिनेटमा डिएगो मुनोज, ६५औँ मिनेटमा लुइस डियाज , ९० औँ मिनेटमा जोन काम्पाजले गोल गरे उज्बेकिस्तानका लागि ६०औँ मिनेटमा अजीजबेक फैजुल्लाएभले गोल गरे । खेलको पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि कोलम्बियाले ४०औँ मिनेटमा अग्रता बनाएको थियो।डिएगो मुनोजले लुइस डियाजको पासमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। त्यसपछि पहिलो हाफमा थप गोल हुन नसक्दा कोलम्बिया १–० ले अघि रहँदै विश्राममा गएको थियो।दोस्रो हाफको ६०औँ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.