मनोरञ्जन

    Showing 1,171-1,180 of 2,224 items.
  • झिल्कोको नाच पुतली

    काठमाडौं । नेपाली फिल्म ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक भएको छ । शुक्रवार इन्टरनेटमार्फत सार्वजनिक गरिएको यो गीत मार्मिक भावनासँग जोडिएको छ, जसमा दुखी बालिकालाई फकाउँदै उसलाई खुसी बनाउने प्रयास गरिएको देखिन्छ । गीतमा आनन्द अधिकारीको शब्द, दिपक शर्माको सङ्गीत र सहिमा श्रेष्ठको स्वर रहेको छ । भिडियोमा आश्मा विश्वकर्मा र चाहना पुनको नृत्य छ । उनीहरू दुवैले फिल्मकी मुख्य कलाकार आयुषी ढकाललाई फकाउने प्रयास गरेको देखिन्छ, जसले भिडियोलाई थप रहस्यमयी बनाएको छ । यसका साथै, भिडियोमा अभिनेता सुनिल पोखरेलको उदासीपूर्ण उपस्थिति देखाइएको छ, जसले फिल्मको कथाको गम्भीरतालाई दर्शाइरहेको छ ।आगामी वैशाख

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 241 पटक पढिएको
  • जलाकी निर्माणको घोषणा

    काठमाडौं । गत असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आएको यसवर्षको हिट फिल्म ‘खुस्मा’ निर्माण टिमले नयाँ फिल्म ‘जलाकी’को घाषणा गरेको छ । अशोक थापा मगरले निर्देशन गर्ने फिल्मको शुक्रबार टाइटल मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।पोखराको बिन्ध्याबासिनी मन्दिरमा शुभ मुहूर्त गरिएको फिल्मको छायांकन आजदेखि बागलुङको कालिका भगवती मन्दिरमा भैइरहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित यो फिल्ममा ‘शाम्बाला’ फेम्ड अभिनेता सोनाम तोप्देन, उपासना सिह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भुमिका रहेको छ । गायक सुशान्त केसीको गीत ‘बार्दली’बाट उदाएकी मोडल आकृति राजभण्डारीको ‘जला

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 270 पटक पढिएको
  • पिताम्बरबारे के भन्छिन् सुपुष्पा

    काठमाडौं । फिल्म ‘रणवीर’बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री सुपुष्पा भट्टले पछिल्लो फिल्म ‘फेरि रेशम फिलिली’ सम्म आइपुग्दा प्रायः चञ्चले चरित्र निभाइन् । यी अभिनेत्री यही चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’मा केही फरक चरित्रमा देखिँदैछिन् ।सुपुष्पा ‘पिताम्बर’मा ‘बिहानी’ नामको पात्रमा देखिँदैछिन् । ‘बिहानी विधवा छे र इनोनसेन्ट छे । बिहानी कसरी विधवा हुन्छे भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्छ’, सुपुष्पा भन्छिन्,‘मैले गर्न खोजेको क्यारेक्टर पिताम्बरमा छ । यो क्यारेक्टरमा फेज र ग्राफ छ । कहाँदेखि कहाँसम्म के भइरहेको छ भन्ने बिहानीमार्फत थाहा पाइन्छ ।’सुपुष्पाको डेब्यू फिल्म ‘रणवीर’ एक्सन ब

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 186 पटक पढिएको
  • कर्मा ट्रेलर सार्वजनिक

    काठमाडौं । फिल्म ‘कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा बिहीबार एक कार्यक्रम आयोजना गरेर ‘कर्मा’को ट्रेलर सार्वजनिक गरिएको हो ।ट्रेलरमा फिल्मका मुख्य कलाकार अटाएका छन् । विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत कलाकार अटाएको ट्रेलरमा एक्सनले प्रधानता पाएको छ ।सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष र सिधा युवालाई कुन हदसम्म पुर्याउँछ भन्ने देखाएको छ । आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिवन्धमा परेर गुण्डागर्दी र प्रहरीको कष्टडीसम्म पुग्छ भन्ने ट्रेलरमा समावेश छ ।प्रेमसँगै आमाको आशिवार्द र निर्दयी समाजको कथा सिनेमाको ट्रेलरले संकेत गरेको छ । विपी

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 314 पटक पढिएको
  • विश्वव्यापी ट्रेन्डिङमा पिताम्बर

    काठमाडौं । यही चैत २९ गते रिलिज हुने मल्टिस्टारर फिल्म ‘पिताम्बर’ को ट्रेलर वर्ल्ड वाईड ट्रेन्डिङमा परेको छ । गत मंगलबार एक कार्यक्रमकाबीच रिलिज गरिएको ट्रेलर ३ घण्टा नपुग्दै मुभी सेक्सन यूट्यूबको ९ औं स्थानमा ट्रेन्डिङ परेको थियो । अहिले मुभी सेक्सनको तेस्रो नम्बरमा रहेको छ । हाल कोरियामा ८, मलेसियामा १२, अष्ट्रेलियामा १३, साउदीमा २२, जापानमा १०, कतारमा १२, पोर्चुगलमा १५, युएईमा १० मा पर्न सफल भएको छ ।हालसम्म फिल्मको ट्रेलरलाई ११ लाख ४२हजार बढि भ्यूज मिलेको छ । जुन अझै बढ्ने क्रममा रहेको छ । यूट्यूबमा फिल्मको ट्रेलरप्रति देखिएको यसप्रकारको आकर्षणले वक्सअफिसमा यसले बलियो सुरुवात गर्नसक्ने आधार

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 283 पटक पढिएको
  • जेठ २ मा के घर के डेराः घर नं. २

    काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेराः घर नं २’ले एकसाथ ३ पोस्टर रिलिज गरेको छ । ३ पोस्टर रिलिज गर्दै फिल्मले रिलिजमिति समेत परिवर्तन गरेको नयाँ जानकारी दिएको छ । यसअघि जेठ ९ गते रिलिज हुने भनिएको फिल्म अब एक साता पहिले अर्थात जेठ २ मा रिलिज हुने भएको छ ।सार्वजनिक तीन पोस्टरमध्ये एकमा निश्चल बस्नेतलाई सोलो रुपमा प्रस्तुत गरिएको छ जहाँ निश्चललाई कतै पुग्न हतार भएझै गरी कुदिरहेको अवस्थामा देख्न सकिन्छ । यस पोस्टरमा उनको अनुहारले उनी तनावपूर्ण अवस्था रहेको देखाउँछ ।दोश्रो पोस्टरमा अर्का अभिनेता खगेन्द्र लामिछाने तथा अभिनेत्री उपासना सिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 252 पटक पढिएको
  • जन्ते बाख्रोको घामै राजा

    काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको फिल्म ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच संगीतकार बाबुल गिरीको शब्द रचना, संगीत तथा स्वर रहेको गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् ।गीतको अन्तिममा अभिनेता आशिफ शाहलाई पनि सप्र्राइजको रुपमा देखाइएको छ । आगामी जेठ ९ गतेबाट फिल्म देशभर रिलिज हुनेछ । यसअघि फिल्मको फस्टलुक सार्वजनिक गर्दै जेठ २३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म अब जेठ ९ गतेबाट प्रदर्शनमा आउने जानकारी फिल्मको गीत रिलिज कार्यक्रममा गराइयो ।निर्माण सन्तोष गौतमले फ

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 304 पटक पढिएको
  • एक्लोमा फरक बेनिशा

    काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मकी मुख्य अभिनेत्री बेनिशा हमालको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा हमाललाई सुन्दरी देखिएको छ । उनको क्यारेक्टर नाम क्विन मारा रहेको छ। हमालको लुक्सले फिल्म केहि फरक बनेको अनुमान दर्शकले लगाउन सक्नेछन्।फिल्मका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेश्रो निर्देशकीय फिल्म हो। लामो समय देखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउडस्तरको फिल्म बनाउने तयारीका साथ जुटेका छन्। हाल फिल्मको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ। फिल्म दिपावलीको अवसरमा प्रदर्

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 303 पटक पढिएको
  • हिन्दी भाषामा रिलिज हुँदै आउटलः दफा २१९

    काठमाडौं । अमित अग्रहरिको निर्माण र विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘आउटलः दफा २१९’ अब हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । फिल्मका निर्माता अग्रहरिले फिल्म हिन्दी भाषामा डब गरिएको र चाडै नै रिलिज हुने बताए । उनले, फिल्म हलमा रिलिज हुने वा ओटीटीबाट रिलिज गर्ने भन्ने विषयमा कुराकानी भइरहेको बताए ।फिल्मको हिन्दी भर्सनमा ‘केजीएफ’ जस्तो चर्चित दक्षिण भारतीय फिल्ममा आवाज दिने कलाकारहरुले स्वर भरेका छन् । फिल्मको हिन्दी ट्रेलरमा दर्शकको उत्कृष्ट प्रतिक्रिया आइरहेको छ ।फिल्ममा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मले नेपाली

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 155 पटक पढिएको
  • नेपाली फिल्मका लागि अविष्मरणीय वर्ष २०८१

    काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस)मा रु ४६ करोड ८० लाख (ग्रस) कारोबार गर्यो । जसले नेपाली फिल्मका लागि विसं २०८१ मा मात्रै नभई नेपाली फिल्मको इतिहासमै ‘रेकर्ड’ दर्ज ग¥यो । नेपालको गामीण परिवेश र सामाजिक विषयवस्तुलाई उजागर गरी सामाजिक चेतना अभिवृद्धिमा समेत महत्वपूर्ण भूमिका खेलेको फिल्मकर्मीहरू बताउँछन् । यसले सुस्ताएको नेपाली फिल्म क्षेत्रलाई उत्साहित मात्रै बनाएन, नेपाली दर्शकलाई हलसम्म ल्याउने वातावरण पनि बनायो । यसर्थमा पनि नेपाली फिल्मका लागि २०८१ साल अविष्मरणीय बन्न पुगेको छ किनकि यस व

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 223 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा