निर्देशक मिलन तामाङले नयाँ फिल्म ‘कहाँ भेटिएला’ को घोषणा गरेका छन्। निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी चैत २० गतेबाट सुरु हुने र जेठ अन्त्यसम्म पूरा गर्ने योजना छ। यो फिल्मका गीत दृश्य भने माघ महिनामा छायांकन हुने निर्माण पक्षको भनाई छ। यस फिल्मको प्रदर्शन मिति भने अहिले तय गरिएको छैन।यस फिल्ममा को को कलाकार र प्राविधिक रहन्छन् भन्ने बारेमा पनि निर्देशक तामाङले बताएका छैनन्। उनले केहि दिनपछि फिल्मको सम्पुर्ण जानकारी दिने बताए। ‘अहिले फिल्मको टाइटल मात्र रिलिज गरेका हौँ,‘उनले भने,‘केहि दिनमा फिल्मको कलाकार र प्राविधिकहरुको बारेमा जानकारी दिदै जानेछाँै।’निर्देशक तामाङले ‘माइतीघर’बाट
अभिनेता दिपकराज गिरी र रास्वपा नेता तथा पूर्वसांसद असिम शाहबीच सहकार्य हुने भएको छ । चलिचित्र निर्देशक समेत रहेका शाह र गिरीबीच प्रारम्भिक रुपमा कथामाथि छलफल भइरहेको छ ।यस विषयमा शाहले फेसबुकमार्फत् सहकार्य हुन लागेको जानकारी दिइसकेका छन् । हाल अमेरिकामा रहेका गिरीले पनि आफूहरुबीच सहकार्य हुन बताए । उनले भने, ‘एउटा चलचित्र गर्ने कुरा भएको छ ।’तर, प्रारम्भिक चरणमै आफूहरु रहेकाले समय लाग्ने गिरीले बताए । उनले थपे, ‘छक्कापन्जा ६ पछि नै काम हुन्छ होला । अहिले कथाको बारेमा कुरा भइरहेको छ । समय त लाग्ला ।’गिरी आउँदो वर्षको दशैंमा ‘छक्कापन्जा ६’ लिएर आउने तयारीमा छन् । यसको मतलव शाह र गिरीबीचको सहकार
गत फुलपातिबाट प्रदर्शनमा आएका चलचित्रहरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले अपेक्षित कमाइ गर्न सकेनन् । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार यी तीन चलचित्रले १३ दिनमा १२ करोड ५७ लाखको व्यापार गरेको छ ।‘बलिदान’ले ४ करोड ८० लाख, ‘हरिबहादुरको जुत्ता’ले ४ करोड ३२ लाख र ‘माइतीघर’ले ३ करोड ४४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेका छन् । यस वर्षको दशैंमा ठूला बजेटको चलचित्रहरु प्रदर्शन भए पनि अपेक्षाकृत व्यापार गर्न भने सकेनन् । बिहान ५ बजेदेखि मध्यरातिसम्मका शोहरु राखिए पनि चलचित्रहरुले अपेक्षाकृत ओपनिङ गर्न सकेनन् ।गत वर्ष प्रदर्शन भएका ‘१२ गाउँ’, ‘छक्का पन्जा ५’ र ‘ज्वाइँ साब’ले ४० करोड कमाएको थ
कञ्चनपुर : तिहार नजिकिँएसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ का रेशम वादीको मादल बनाउने काममा व्यस्तता बढेको छ । अन्य समयमा घरेलु जुत्ता उद्योग सञ्चालन गरेर जीविकोपार्जन गर्ने उनले दसैँ, तिहारको समयमा मादल बनाउने गर्छन् ।नेपाली सांस्कृतिक चाडपर्वमा विशेष स्थान ओगटेको मादल देउसीभैलो, नाचगान र सांस्कृतिक कार्यक्रमको प्रमुख बाजा भएकाले तिहार नजिकिँदै गर्दा मादलको माग बढेको वादीले बताए ।तिहारमा मादल बिक्रीबाट ४० हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ छ ।केही वर्षअघिसम्म तीजमा पनि मादलको माग बढी आउने गरेको भए पनि पछिल्लो समय आधुनिक प्रविधिको बढ्दो प्रयोगले तीजमा मादल बिक्री हुन छोडेको वादीले बत
रेहान प्रोडक्सनको ब्यानरमा बनेको नयाँ नेपाली चलचित्र ‘मुगलान’ आगामी पुष १० गते (डिसेम्बर २५)देखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सोमबार चलचित्रको पहिलो लुक्स सार्वजनिक गर्दै प्रदर्शत मिति घोषणा गरेको हो।चलचित्रको फस्ट लुक्स सार्वजनिक भएको हो। सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको छ। प्रभातले बासुरी बजाउन लागेको जस्तो देखिन्छन् भने स्मारिका लजालुपनमा छिन्। यसले उनीहरुबीचको प्रेमकथा झल्काएको छ। उनीहरु फिल्ममा नेपाली गाउँ–समाज र परदेश–पृष्ठभूमि समेटिएको संकेत गर्छ।चलचित्रमा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुबे
आगामी मंसिर ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लडाईं पहिचानको’ ले आफ्नो दोस्रो खस देउडा गीत ‘बैशालु जोबन भयो ढलमल’ सार्वजनिक गरेको छ। गीतमा लोकप्रिय अभिनेत्री करिश्मा मानन्धर र अभिनेता रोशन शर्मालाई आकर्षक र रोमान्टिक रूपमै प्रस्तुत गरिएको छ।गीतमा प्रताप दास र बबीना किराँतीको स्वर रहेको छ भने शब्द र संगीत भीम बस्नेतले तयार पारेका हुन्। भीम लामाको लेखन र निर्देशनमा बनेको चलचित्र ‘लडाईं पहिचानको’ ले नेपाली समाजमा पहिचान, आत्मसम्मान र संघर्षका विषयलाई स्पर्श गर्ने बताइएको छ।चलचित्रमा प्रशान्त तामाङ, करिश्मा मानन्धर, धिरेन शाक्य, जेनी घिसिङ, प्रेम सुब्बा, राजेन्द्र खड्गी, सुरवीर पाण्
कार्तिक १४ गते प्रदर्शनमा आउने चलचित्र ‘परान’को टिजर सार्वजनिक भएको छ । वरिष्ठ अभिनेता निर शाहको जन्मदिनको अवसर पारेर आइतबार चलचित्रको पोएटिक टिजर सार्वजनिक गरिएको हो । टिजरमा कवि नवराज पराजुलीको शब्द उनकै आवाजमा प्रस्तुत गरिएको छ ।कवि पराजुलीका शब्दहरूमा चलचित्रका मुख्य कलाकार निर शाहको मनोभावनालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ । कवितामा छोरालाई ईश्वरले दिएको उपहार मान्दै छोरालाई जसरी हुर्काइयो बढाइयो एउटा बाबुलाई पनि छोराले जीवनको अन्तिम समयसम्म सोही प्रकारले साथ दिनुपर्ने कुरा व्यक्त भएको छ । बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको यो चलचित्रको टिजरमा शाहका अलवा मदनकृष्ण श्रेष्ठ,
सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित नेपाली चलचित्र ‘जेरी अन टप’ आगामी असोज ३१ गतेदेखि प्रदर्शन हुने भएको छ । प्रस्तुतकर्ता सरोज न्यौपानेले युवापुस्ताको कथामा नेपालको सौन्दर्य देखिने एउटा स्तरीय चलचित्र बनाउने कोसिस गरेको बताए । उनले भने, “हामीले नेपालको सौन्दर्यलाई चलचित्रमा प्रस्तुत गरेका छौँ, चलचित्रको मुख्य पात्रले सगरमाथा आरोहण गर्ने क्रममा निम्तिने घटनाक्रम देखाइएको चलचित्रले पर्यटनमा टेवा पु¥याउने अपेक्षा लिएको छु, नेपाली चलचित्र भनेर गौरव गर्न मिल्ने गरी हामी सबैले मेहनत गरेका छौँ ।” उनले उक्त चलचित्र यही असोज ३१ गतेदेखि नेपालसँगै अस्ट्रेलिया, संयुक्तराज्य अमेरिका, क्याना
नायिका समृद्धि अर्यालले आफू चलचित्र ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै रहेको बताएकी छन् । आफ्नो उपस्थिति महत्वपूर्ण स्थान र समयमा हुने उनले बताएकी छन् ।“म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ,” समृद्धि भन्छिन्, “दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका गर्न पाएकी छु ।”विजय बरालको अपोजिटमा रहेर काम गरेकी उनले सिनेमामा विजयको जोनमा नै रहेर काम गर्ने प्रयास गरेको उनले बताएकी छन् । “विजय बराल र दयाहाङ राई दुवै जना अग्रज र अब्बल अभिनय गर्ने कलाकार, बोली पनि त्यस्तै राम्रो, त्यसैले च्यालेन्ज त पक्कै थियो,” उनी भन्छिन्, “केरा लागि यो चलतित्र सिक्ने मौका बन्यो ।”सुरुमा स
कातिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को प्रचारप्रसार व्यापक रुपमा गर्न थालिएको छ। निर्माण टिमले आफ्नो फिल्मको प्रचारप्रसारमा व्यापक बनाउन थालेको हो। यसैसिलसिलामा पुर्वका विभिन्न शहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ। यतिबेला पुर्वका अधिकांश इ–रिक्साका साथै अटो मैझारो मय भएको देखिन्छ। जताततै अटोमा मैझारोका फ्लेसहरु झुण्डिएका छ।गायक तथा हास्य कलाकार समेत रहेका फिल्मका निर्देशक तथा निर्माता विल्सन विक्रम राईले आफ्नो फिल्मलाई दर्शकमाझ पुर्याउन कसिएर लागेका छन्। उनी आफ्नै सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई हँसाउदै सांगीतिक धमाका दिदैछन्। उनीसँग राई इज किङ गायक राजेश पायल राई,संगीतक
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.