कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने नेपाली चलचित्र ‘सोल्टिनी’ले आफ्नो नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक गरेको छ। यो गीत लिरिकल शैलीमा तयार गरिएको छ, जसमा शब्द, सङ्गीत र स्वरको माधुर्यसँगै चलचित्रको भावनात्मक कथावस्तु झल्किन्छ।गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर रहेको छ। गीतका शब्द र सङ्गीत निर्देशन पनि प्रशान्त सिवाकोटीकै हुन् भने सङ्गीत संयोजन देवेश राईले गरेका हुन्।‘नौलाख तारा’मा प्रयोग गरिएका भिजुअल र तस्बिरहरूले चलचित्रका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेममा देखा परेका पारिवारिक तथा सामाजिक अड्चनलाई प्रस्तुत गर्छन्। गीतको लिरिकल भिडियोमा पनि ती भावन
चलचित्र ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक भएको छ । अनमोल केसीको मूख्य भूमिका रहेको चलचित्रको टिजर आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो।ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका निर्देशक सुयोग गुरुङ, चलचित्रका दुई नायिका जसिता गुरुङ र आँचल शर्मा, भुवन केसी, उषा खड्गीलगायतका कलाकारहरु उपस्थित थिए। तर कार्यक्रममा चलचित्रका मुख्य अभिनेता अनमोल केसी भने अनुपस्थित रहे। स्वास्थयमा समस्या आएपछि उनी कार्यक्रममा आउन नसकेको अनमोल पिता भुवन केसीले कार्यक्रममा बताए।कार्यक्रममा बोल्दै भुवनले भने,‘अनमोललाई ज्वरो आएको छ । उसलाई बिहीबार अस्पताल पनि लगिएको थियो । अझै ज्वरो घटेको छैन ।’सार्वजनिक ३ म
महानायक राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ । शनिबार काठमाडौंका कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाल लगायतले युगदेखि युगसम्म राजेश महालसँग यज्ञश पुस्तक सार्वजनिक गरेका हुन् ।पत्रकार तथा लेखक यज्ञशसँगको संवादमा तयार भएको पुस्तकमा जीवनयात्रा, चलचित्र जीवनसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचारहरु समेटिएको अभिनेता हमालले जानकारी दिए ।राजनीति, धर्म, केही मनोविज्ञानका कुरा समेत पुस्तकमा समेटिएको उनले बताए । उक्त पुस्तक फाइन प्रिन्टले बजारमा ल्याएको हो । उक्त पुस्तक तयार गर्न करिव तीन बर्ष लागेको हमालले बताए ।
काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह बालेन र धरान उपमहानगरपालिकामा मेयर हर्क साङपाङ सामाजिक सञ्जालको प्रयोगबाट चर्चामा आउने गर्छन् । नेपालीको चाहना भने सामाजिक सञ्जालको स्टाटसभन्दा काम गरेर देशमा परिवर्तनको सन्देश दिने पात्रका रुपमा बालेन र हर्कलाई हेर्न चाहन्छन् । त्यसैले उनीहरूलाई विभिन्न सुझाव पनि आउने गरेको छ । यही सन्दर्भमा चलचित्र निर्देशक निश्चल बस्नेतले बालेन र हर्क सम्पाङलाई एक ठाउँमा उभिन सुझाउँदै उनीहरूसँगको अपेक्षा उल्लेख गरेका छन् । फेसबुकमार्फत उनले दुवैलाई एक ठाउँमा उभिन सुझाएका छन् । हर्क साम्पाङको लागि भोट माग्ने आफू पनि एक भएको भन्दै उनले फेसबुकमार्फत भनेका छन
चलचित्र ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबीचको संघर्ष देखिएको छ ।खोलाको ढुंगा र बालुवाको ठेकेदार रहेका दयाहाङको एकमना खोलामा विजयले आँखा गाडेपछि सुरु हुने द्वन्द्वको वरिपरि सिनेमाको ट्रेलर घुमेको छ ।आफू गरिब भएकै कारण अरूको हेपाइसीमा परेको अनुभूत गर्ने विजय र आफूले ढुंगा, बालुवा उठाइरहेको खोलामा अर्कोले हस्तक्षेप गरेपछि त्यसलाई ठेगान लगाउने दयाहाङको नोकझोक ट्रेलरमा छ ।दयाहाङ अगाडिपछाडि केटा लगाएर रवाफका साथ हिँडिरहेको देखिने ट्रेलरमा विजय एक नवयौवना समृद्धि अर्यालको प्रेममा छन् ।जात र कुल ठेगान नभएका विजयको चोला परिवर्तन गर्ने
नयाँ फिल्म ‘ककाकिकी’को छायांकन सुरु भएको छ । आज (बिहीबार) बिहान शुभमुर्हुत गर्दै ३५ दिने तालिका तय गरेर निर्माण टिमले पर्वतको भूकदेउरालीबाट छायांकन सुरु गरेको हो । अबको २० दिन पर्वतमा गाउँको परिवेशका दृश्यहरु छायांकन हुनेछ । त्यसपछि काठमाडौंमा छायांकन गरिने फिल्मका निर्देशक बिक्की अगरवालले जानकारी दिएका छन् ।अहिले छायांकनमा फिल्मका सबैजसो कलाकार पुगेका छन् । अभिनेत्री तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतका कलाकार अहिले छायांकनस्थलमा छन् । साथै अभिनेत्री गौरी मल्ल केहिदिनमा पुग्ने फिल्मकी अर्की निर्देशक श्रृद्धा प्रसाईंले जानकारी दिइन् । प्रसाईंका
दसैँको अवसर पारेर फूलपाती अर्थात् यही असोज १३ गतेदेखि तीन चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् । चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले असोज २० गते राती ११ बजेर ५५ मिनेटसम्म रु तीन करोड ७५ लाख ५३ हजार २५१ व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ । उक्त चलचित्रले एक लाख १९ हजार ५६१ टिकट बिक्री भएवापत उक्त व्यापार गरेको हो । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाक
फूलपातीको दिनदेखि प्रदर्शनमा आएका फिल्म ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुर’को ८ दिनको व्यापारिक आँकडा सार्वजनिक भएको छ । बुधबार चलचित्र विकास बोर्डले असोज १३ गतेदेखि २० गते राति ११ः५५ बजेसम्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो । ८ दिनमा तीन फिल्मले ९ करोडभन्दा बढीको ग्रस कमाइ गरेका छन् ।तीन फिल्ममध्ये सबैभन्दा बढी कमाइ ‘बलिदान’ले गरेको छ । यसले १ लाख १९ हजार ५ सय ६१ वटा टिकट बिक्री गर्दै ३ करोड ७५ लाख ५३ हजार २ सय ५१ रुपैयाँ कमाएको छ । ‘हरिबहादुरको जुत्ता’ कमाइको हिसाबले दोस्रो स्थानमा छ । ९० हजार ९ सय ४७ वटा टिकट बिक्री गर्दै यो फिल्मले ३ करोड २१ लाख ७० हजार १ सय ६० रुपैयाँ कमाइ गरेको छ ।त्
नयाँ दिल्ली । भारतीय कमेडियन भारती सिंह र उनको श्रीमान् हर्ष लिम्बाचिया छिट्टै दोस्रो सन्तानको माता–पिता बन्न लागेको खबर बाहिरिएको छ । यो जोडीको यसअघि एक छोरा छन् । यसैबिच भारती सिंहले सामाजिक सञ्जालमा हर्ष लिम्बाचियासँगको एउटा सुन्दर तस्बिर सेयर गर्दै आफू फेरि आमा बन्न लागेको बताएकी छिन् ।फोटोमा हर्षले भारतीलाई अँगालो हालेको देखिन्छ । फोटोमा भारतीको ‘बेबी बम्प’ पनि प्रस्टै देखिन्छ । उनको यो पोस्टमा परिणति चोपडा, दिव्या अग्रवाल, नीति टेलर दृष्टि धामी, जेमी लिभर लगायत कयौँ सेलिब्रेटी र फ्यानहरूले बधाई दिइरहेका छन् ।भारती र हर्षले २०१७ मा विवाह गरेका थिए । २०२२ को अप्रिलमा जोडीको पहिलो सन्तान जन
गीतकार विदुरराज गिरीको नेपाली सेनाप्रति समर्पित गीत ‘राष्ट्रसेवक सिपाही’ सार्वजनिक भएको छ।गीतमा नेपाली सेना कसरी निस्वार्थ सेवामा समर्पित छ भन्ने सन्देश छ । जहाँ जस्तोसुकै परिस्थिति आउँदासमेत नेपाली सेना सधैँ घर–परिवारको मायालाई मनमा राख्दै, दिनरात देश र जनताको सेवामा समर्पित छ भन्न खोजिएको छ ।गीतमा राजकुमार आलेमगर र प्रमिला बानियाँको स्वर र विशेष पौडेलको एरेन्ज तथा कम्पोज ,कुमार थापाको मिक्सिङ् छ ।गीतको भिडियोमा दिक्पाल कार्की र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ। भिडियोमा बालकालकारहरू सम्भव राज गिरी र वैभव राज गिरीको समेत अभिनय छ । गीतको भिडियो उमेश गुरुङले निर्देशन गरेका हुन् ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.