मनोरञ्जन

    Showing 321-330 of 2,224 items.
  • ‘परिवर्तन’को फस्टलुक सार्वजनिक, माघ ९ गतेबाट प्रदर्शनमा आउने

    नायक सुशील श्रेष्ठको प्रमुख भूमिका रहेको एक्सन फिल्म ‘परिवर्तन’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म माघ ९ अर्थात जनवरी २३ तारिखबाट रिलिजमा आउने भएको छ ।पोस्टरमा नायक सुशील श्रेष्ठको एक्सन अवतार देख्न सकिन्छ । जसमा आगो, लडाइँ र प्रतिशोधको झल्को स्पष्ट रुपमा देखिएको छ । हातमा तरबार बोकेर आगोको रापमा उनी खेलेको देखिन्छ । यो फिल्म सस्पेन्स र एक्सन कथामा केन्द्रित छ ।पोष्टरमा पृष्ठभूमिमा उनले नेता जस्ता मान्छेहरूलाई रोक्न खोजेको पनि देख्न सकिन्छ । यो फिल्मले देशको सीमानाको कथा भन्नेछ । यो फिल्मलाई सुशीलको अहिलेसम्मकै बबाल एक्सन भनिएको छ । फिल्ममा श्री श्रेष्ठको एक्सन छ ।व

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 137 पटक पढिएको
  • भारतबाट करण जोहरको ‘होमबाउन्ड’ अस्करका लागि सिफारिस

    अस्कर अवार्डका लागि भारतबाट नीरज घायवान निर्देशित फिल्म ‘होमबाउन्ड’ सिफारिस भएको छ । अस्कर अवार्ड अन्तर्गत ‘अन्तर्राष्ट्रिय फिचर’ विधाको लागि भारतबाट आधिकारिकरुपमा होमबाउन्ड छनोट भएको हो ।पीटीआईका अनुसार फिल्म फेडरेसन अफ इन्डियाले कोलकातामा छनोटको घोषणा गरेको हो । छनोट समितिका अध्यक्ष एन चन्द्रका अनुसार विभिन्न भाषाका २४ फिल्म छनोटको प्रतिस्पर्धामा थिए ।‘होमबाउन्ड’ले आगामी अस्करमा विश्वका सयभन्दा धेरै देशबाट सिफारिस भएका फिल्मसँग मनोनयनको लागि प्रतिस्पर्धा गर्नेछ ।निर्माता करण जोहरको निर्माण कम्पनी धर्मा प्रोडक्सनले यस अवसरमा ट्वीट गर्दै खुसी व्यक्त गरेको छ ।ट्वीटमा लेखिएको थियो, ‘हामीलाई यो घ

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 173 पटक पढिएको
  • प्रत्येक फिल्म सुरु हुनुभन्दा अघि एक मिनेट मौनधारण गरेर जेनजी आन्दोलनका शहीदको सम्झना गर्दै वान सिनेमा

    वान सिनेमाले जेनजी आन्दोलनका शहीदको दर्शकका साथ हलमै सम्झना गर्ने गरेको छ । प्रत्येक फिल्म सुरु हुनुभन्दा अघि एक मिनेट मौनधारण गरेर जेनजी आन्दोलनका शहीदको सम्झना गर्ने गरिएको वान सिनेमाका महाप्रवन्धक उमेशराज गिरीले बताए । उनले भने, ‘जेनजी शहीदको सम्झनामा हामीले मौन धारण गर्ने गरेका हौँ । हाम्रो यो कदमले उहाँहरूले उठाएका मुद्दाको सुनुवाइ होस । जेनजीका सपना पूरा हुन मद्दत पुगोस् भन्ने कामना छ ।’दर्शकले पनि हलको यो नियमलाई मानेको र शहीदको सपना पूरा गराउने अभियानमा जोडिएको गिरीले बताए । हलमा दर्शक भेला भएपछि एउटा डिस्प्ले देखाइन्छ । जहाँ लेखिएको छ, ‘भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा हामी

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 139 पटक पढिएको
  • ‘अभिमन्यु : च्याप्टर १’ असोज २४ गतेदेखि प्रदर्शनमा आउने

    चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ पुनः सरेको छ । असोज १३ गते अर्थात् दशैंको फूलपातीमा रिलिज हुने भनिएको चलचित्र अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।निर्माण पक्षले आइतबार विज्ञप्ति जारी गर्दै रिलिज मिति पछाडि सारिएको जानकारी दिएको हो । सोज १३ गतेकै दिन चारवटा नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउने भएपछि शो संख्या कम हुने चिन्ता बढेको र प्रदर्शक तथा वितरकहरूको आग्रहलाई मध्यनजर गर्दै नयाँ मिति तोकिएको जनाइएको छ ।यस दिन चलचित्रलाई नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने निर्माण पक्षले स्पष्ट पारेको छ ।विज्ञप्तिमा भनिएको छ, “हामीले भदौ २७ गते प्रदर्शन

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 135 पटक पढिएको
  • मिसेस मंगोल नेपालको ताज टिनालाई

    काठमाडौं ।  यो पटकको मिसेस मंगोल नेपाल–२०२५ को ताज टिना आले कवर मगरले पहिरिन सफल भएकी छन् । निर्णायकको अन्तिम प्रश्नको सटिक उत्तरसँगै उनले चाँदीबाट बनेको ताज पहिरिन सफल भएकी हुन्। ताजसँगै उनले सन् २ं०२६ मा लण्डनमा आयोजना हुने एन.एफ.इ.ए अर्वाडको लागि इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छन् ।कार्यक्रमको फस्र्ट रनरअपमा संगीता राना मगर र सेकेण्ड रनरअपमा शान्ति गुरुङ बन्न सफल भए । शनिबार राजधानीको ज्यापु प्रज्ञा भवनमा सम्पन्न सो कार्यक्रम  मिसेस मंगोल श्रृंखलाको ११ औं संस्करण हो ।हिमायलयन मुभिजद्वारा  आयोजित सो कार्यक्रम मंगोलियन समुदायका विवाहित महिलाहरु समावेश हुने एक राष्ट्रियस

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 209 पटक पढिएको
  • ‘जेरी अन टप’को प्रचारप्रसार सुरु

    नायक अनमोल केसी र नायिका जसिता गुरुङले कालिम्पोङबाट आगामी फिल्म ‘जेरी अन टप’को प्रचारप्रसार थालेका छन् ।त्यहाँको शहीद मैदानमा आइतबार हुन लागेको ‘शहीद कप टुर्नामेन्ट २०२५’मा अनमोल-जसिता अतिथि बनेर पुगेका हुन् । उनीहरूसँगै फिल्म निर्देशक सुयोग गुरुङ पनि छन् ।सोही क्रममा उनीहरूले आफूहरू अभिनित रोमान्टिक फिल्मको प्रचारप्रसार पनि गर्नेछन् । आइतबार बेलुका हुने प्रतियोगिताको फाइनलमा १० हजारभन्दा धेरै दर्शक सहभागी हुने अपेक्षा छ ।नेपालीभाषी बहुल कालिम्पोङ नेपाली फिल्मको राम्रो बजार हो । कतिपय फिल्मले पश्चिम बंगाल र सिक्किममा राम्रो कमाइ गरेका थिए ।  ‘जेरी अन टप’ प्रचारप्रसारको अर्थ, यो फिल्म पूर्

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 160 पटक पढिएको
  • हाम्रो फेक आइडीबाट ठग्नेदेखि होसियार : एलिना र रचना

    गायिका एलिना चौहान र रचना रिमालले आफूहरूको फेक आइडी बनाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन सबैलाई आग्रह गरेका छन् । विशेषगरी, आफूहरूको नाममा आइडी खोलेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई सहयोग गर्ने भन्दै पैसा मागिएको उनीहरुको भनाई छ । गायिका रचना रिमालले आफ्नो नाम र फोटो प्रयोग गर्दै फेक आइडी बनाएर पैसा मागिएको उल्लेख गरेकी छिन् । उनले, आफूले कसैसँग पनि पैसा नमागेको भन्दै यस्तो आइडी खोल्नेहरूलाई तुरुन्त बन्द गर्न चेतावनी समेत दिएकी छिन् । सांगीतिक क्षेत्रमा लोकप्रिय यी दुई गायिका सांगीतिक टुरमा व्यस्त छन् । तर, जेनजी आन्दोलनबाट घाइते भएका र आर्थिक रुपमा कमजोर भए

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 167 पटक पढिएको
  • अभिनेता अनुपविक्रम शाहीको बलिउड यात्रा तय, सलमान खानसँग स्क्रिन सेयर गर्दै

    नेपाली चलचित्रका अभिनेता अनुपविक्रम शाहीले बलिउड यात्रा तय गरेका छन् । उनी बलिउड स्टार सलमान खानसँग स्क्रिन सेयर गर्दै बलिउड यात्रा गर्ने तय भएको हो ।सलमानको फिल्म ‘ब्याटल अफ गल्वान’मा अनुपले अभिनय गर्नेछन् । सलमान खान फिल्मसको ब्यानरमा तयार हुन लागेको यो वार ड्रामामा सलमानसँगै अनुप प्रमुख भूमिकामा हुनेछन् ।सन् २०२० मा गलवान भ्यालीमा भारतीय र चिनियाँ सेनाबीच भएको युद्धको कथामा यो चलचित्र बन्न लागेको हो । फिल्मको पहिलो चरणको छायांकन भारत र चीनबीचको हिमाली बोर्डर लद्दाकमा सम्पन्न भएको छ । हालै अनुप छायांकन सकाएर नेपाल फर्केका छन् ।यो फिल्मको दोस्रो छायांकन सेड्यूअल अक्टोबर नोभेम्बरको बीचमा मुम्ब

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 193 पटक पढिएको
  • साहित्य समाजमा रामलाल

    सुदूरपश्चिमको अग्रणी साहित्यिक संस्था सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा रामलाल जोशी सर्वसम्मत निर्वाचित भएका छन्। साहित्य समाजको सभाहलमा शनिबार आयोजित ११औं अधिवेशन तथा साधारण सभाले मदन पुरस्कार विजेता तथा वरिष्ठ साहित्यकार जोशीलाई अध्यक्षमा चयन गरेको हो।जोशी नेतृत्वमा १५ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ। सदस्यमा टोपेन्द्र शाह ‘रसिक’, रुपा स्वाँर, यशोदा भण्डारी, तीथराज भण्डारी ‘गडसेरी’, गणेशबहादुर नेपाली, पुस्करराज पन्त, शान्ति जोशी, मानबहादुर साउँद, चित्रराज भट्ट, बाबुराम आचार्य, प्रेम विवस चन्द, पुष्पराज जोशी ‘पुकार’, दुर्गा कुमारी बम मल्ल, यज्ञराज जोशी र नवराज ओझा

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 191 पटक पढिएको
  • रुजन सिवाकोटीको स्वर रहेको गीत ‘चञ्चले आँखा’मा केकी

    गायक रुजन सिवाकोटीको स्वर रहेको गीत ‘चञ्चले आँखा...’ सार्वजनिक भएको छ । गायक रुजनलाई गीतमा महिलाको स्वर गायिका मेलिना राईले दिएकी छिन् ।डीपी खनालको शब्द तथा देवेन्द्र बरालको सङ्गीत रहेको गीतमा विषम आचार्यको सङ्गीत संयोजन छ ।गीतको भिडियोमा सुनिल क्षत्री र केकी अधिकारीको अभिनय देख्न सकिन्छ । सुनिलकै निर्देशन रहेको भिडियोलाई दर्शकले रुचाउने गायक रुजनले आस गरेका छन् । भिडियोमा अबी वाग्लेको कोरियोग्राफी, दिनेश पराजुलीको छायाङ्कन, अमृत चापागाईँको सम्पादन छ ।

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 126 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा