मनोरञ्जन

    Showing 331-340 of 2,224 items.
  • 'ऊनको स्वीटर' ओटीटीमा रिलिज, एमएसएम भिडियोमार्फत् घरमै बसेर हेर्न सकिने

    गत वैशाख २६ गते सिनेमा हलहरूमा प्रदर्शनमा आएको सफल चलचित्र 'ऊनको स्वीटर' अब ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ। बक्स अफिसमा १२ करोडभन्दा बढीको व्यापार गर्न सफल यो चलचित्र अब विश्वभरका दर्शकहरूले घरमै बसेर मोबाइल, टेलिभिजन वा कम्प्युटरमा हेर्न सक्नेछन्।आर्टमान्डूले निर्माण गरेको 'ऊनको स्वीटर'ले नेपाली समाजको यथार्थपरक कथा, सशक्त अभिनय र कर्णप्रिय सङ्गीतका कारण दर्शकहरूलाई आकर्षित गरेको थियो। मिडिया र स्वतन्त्र समीक्षकहरूबाट पनि सकारात्मक समीक्षा पाएको यस चलचित्रको निर्देशन र लेखन नवीन चौहानले गरेका हुन्।चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 168 पटक पढिएको
  • युट्युब ट्रेन्डिङको पहिलो स्थानमा 'बलिदान' ट्रेलर

    बडादसैँको फूलपातीमा रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’को ट्रेलरले युट्युबमा तहल्का मच्चाएको छ । सार्वजनिक भएको केही घण्टामै यो नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । साथै, नेपालीको बसोबास भएका अन्य मुलुकहरूमा पनि यसले ट्रेन्डिङमा आफ्नो स्थान बनाएको छ ।धेरै समयदेखि चर्चामा रहेको चलचित्र ‘बलिदान’को ट्रेलर शुक्रवार सार्वजनिक भएसँगै दर्शकमाझ यसले थप उत्सुकता जागेको छ । ट्रेलरमा समावेश शक्तिशाली संवाद, तीव्र एक्सन दृश्य र भावनात्मक प्रस्तुतिले धेरै दर्शकको मन जितेको देखिन्छ । विशेष गरी, समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल र अर्पण थापाको फरक अवतार र अभिनयले ट्रेलरलाई आकर्षक बनाएको छ ।ट्रे

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 186 पटक पढिएको
  • ‘महादशा’ मा निरुता सिंह र उत्तम प्रधान अनुबन्धित

    नेपाली चलचित्र महादशा ले आफ्ना मुख्य कलाकारको रुपमा लोकप्रिय अभिनेता उत्तम प्रधान र चर्चित नायिका निरुता सिंहलाई भित्र्याएको छ। दुवै कलाकारलाई निर्माण पक्षले स्वागत गरेको हो।उत्तम प्रधान र निरुता सिंहजस्ता स्थापित कलाकारको सहभागिताले चलचित्र उद्योगमा निकै सकारात्मक प्रभाव पारेको छ। पछिल्ला केही वर्षमा नेपाली चलचित्र उद्योगमा उतार–चढाव आइरहेका बेला यस्तो ठूलो नाम र अनुभव भएका कलाकारहरूको आगमनले दर्शकलाई फेरि हलसम्म तान्ने अपेक्षा गरिएको छ।किरण नेपालीको निर्देशनमा तयार हुने यस चलचित्रमा समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई प्रस्तुत गरिने बताइएको छ। कलाकारको घोषणासँगै चलचित्रले दर्

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 160 पटक पढिएको
  • ‘बलिदान’को ट्रेलर: समीरको दमदार एक्सन र भावनात्मक संवाद

    नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र ‘बलिदान’को ट्रेलर शुक्रवार सार्वजनिक गरिएको छ। यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फत दर्शकमाझ चर्को उत्सुकता जगाइसकेको चलचित्रले ट्रेलरमार्फत अझ व्यापक रूपमा चर्चा बटुलेको छ।ट्रेलरको सुरुवातमा एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी दृश्य देखिन्छ। अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा प्रस्तुत छिन्। उनले छोरासँग, “देशको माटो र यसको अस्मितामाथि कुदृष्टि लगाउने रक्तबीजहरूलाई तैँले संहार गर्नेछस्” भन्दै वचन लिन खोज्ने दृश्यले ट्रेलरलाई भावनात्मक धरातल दिएको छ।यसपछि दर्शकले आतुरतापूर्वक प्रतीक्षा गरेका अभिनेता समीर भट्टको प्रवे

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 187 पटक पढिएको
  • कमेडी र राजनीतिक मुद्दा उठाइएको ‘हरिबहादुरको जुत्ता’को ट्रेलर

    दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको सिनेमा ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट यो सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।यो फिल्मको ट्रेलरमा कलाकार हरिवंश आचार्यलाई नै प्राथमिकता दिइएको छ । उनको वरिपरी नै यो फिल्मको ट्रेलर घुमेको छ । हरिवंशको बोल्ने शैली, उनको कमेडी र फिल्मको राजनीतिक बिषयवस्तुले दर्शकलाई हलसम्म तान्ने देखिएको छ ।फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणी नेपाल लगायतका कलाकारहरुको अभिनय छ । असोजको १३ गतेबाट रिलिजमा आउने यो फिल

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 138 पटक पढिएको
  • फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक

    दशैंको फूलपातीको अवसर पारेर असोजको १३ गते फूलपातिबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको ट्रेलरमा कमेडी, प्रेम, विछोड, संस्कृतिको कुरा छ । ट्रेलर पावरफुल देखिएको छ । पारिवारिक कथामा यो फिल्म बनेको छ ।  मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार प्रसाद घिमिरे, प्रकाश सपुत, वुद्दि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङ लगायतका कलाकारहरूको अभिनय छ । रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्ममा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माताको रुपमा छन् । रामशरण पाठकको ले

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 179 पटक पढिएको
  • ‘परान’को प्रदर्शन मिति तय, कात्तिक १४ गते आउने

    फिल्म ‘परान’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बिहीबार फिल्मको एक पोष्टर फस्र्टलुक सार्वजनिक गर्दै फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने घोषणा पनि गरिएको हो । पोस्टरमा फिल्मका मुख्य कलाकारद्वय अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई देखाइएको छ । पोस्टरमा यी दुई एकअर्काको अंगालोमा छन् र अञ्जनाको सिउँदोमा सिन्दुर देखिनुले उनीहरू विवाहित जोडीको रूपमा रहेको सङ्केत गर्दछ। यद्यपि, निर्माणपक्षले यसबारे खुलाएको छैन । पोस्टरमा महेश केही गम्भीर मुद्रामा छन् भने अञ्जना उनको छातीमा टाउको अड्याएर शान्त र कोमल भावमा प्रस्तुत भएकी छिन्। महेशको आँखामा देखिएको गम्भीरताले उनीहरूको सम

    • प्रकाशित मितिः असोज २, २०८२
    • 215 पटक पढिएको
  • ‘वरिष्ठ बलराम’को पोस्टरमा दयाहाङ र विजयको घम्साघम्सी

    तिहारको भाइटीकामा रिलिजको तयारीमा रहेको चलचित्र ‘वरिष्ठ बलराम’को पोस्टर सार्वजनिक भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रका दुईवटा पोस्टर सार्वजनिक भएका हुन् ।सार्वजनिक पहिलो पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालसँगै अन्य कलाकार पनि छन् । दयाहाङ विजयले मुख्य स्थान पाएको पोस्टरमा बाँकी अन्य कलाकारलाई पनि देख्न सकिन्छ ।अनुहार थोरै बडी पार्टमा देखिएका दयाहाङ सोचमग्न छन् । विजय पनि केही सोच्दै रिसाएको भावमा कसैलाई नियालिरहेका छन् ।पोस्टरमा समृद्धि अर्याल भने दन्तलहर देखाएर मुस्कानमा देखिएकी छन् । मुख्य तीन कलाकार दयाहाङ, विजय र समृद्धिसँगै अन्य पाँच कलाकार प

    • प्रकाशित मितिः असोज २, २०८२
    • 207 पटक पढिएको
  • 'सोल्टिनी'को टिजर सार्वजनिक

    नेपाली चलचित्र 'सोल्टिनी'को टिजर सार्वजनिक गरिएको छ। कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने यस चलचित्रको टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुबीचको प्रेम, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई झल्काइएको छ।यसअघि चलचित्रका चार फरक–फरक पोस्टर सार्वजनिक गरिएको थियो, जसले कथावस्तु प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित रहेको सन्देश दिएको थियो। नयाँ सार्वजनिक टिजरले पनि त्यही पक्षलाई थप प्रस्ट्याउँदै ग्रामीण जीवनशैली, प्रेमकथा र सामाजिक सङ्घर्षलाई दृश्यात्मक ढङ्गले उतारेको छ।चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्

    • प्रकाशित मितिः असोज २, २०८२
    • 126 पटक पढिएको
  • उर्फ दारासिङ्ग दमकमा मञ्चन हुने

    मोरङ, २ असोज । कुनै समय दारासिङ्ग,किङ्गकङ्ग र फाइटर नाम सुन्ने वितिक्कै डरले थुरथुर हुने वा उनीहरुकै आडमा बलियो हुनेको संख्या कम थिएन् पुर्वमा ।पाँचथरमा हुर्किबडेका र झापा झरेका दारासिङ्ग अर्थात कर्ण बहादुर केरुङ्गको जिवनीमा आधारीत नाटक उर्फ दारासिङ्ग झापामा मञ्चन हुने भएको छ ।  पाँचथरको फालेलुङमा जन्मिएका केरुङ ठूलो ज्यान र आट्टि स्वभावका थिए । पहाड बाट तराई हुँदै बसाई सरेर आएको उनले जम्मा ३३ बर्ष मात्र बाँच्न पाए ।पुष मसान्तको जाडोमा झापाको माई स्थित माईमेलाको भिडमा रहस्य मय भएको उनको मृत्युको वास्तविकता अझै खुलेको भने छैन । सोही दारासिङको आत्माकथालाई लिएर चुलाचुली रंगमञ्च टिमले ‘उ

    • प्रकाशित मितिः असोज २, २०८२
    • 175 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा