बिर्तामोड (अन्नपूर्ण पोष्ट दैनिकबाट) सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज ९मात्रा० खरिद प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खरिद प्रक्रिया सुरु गरिएको जानकारी दिए। त्यसपछि कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने खोप उपलब्ध गराइनेछ। त्यसले २० प्रतिशत जनसंख्यालाई पुग्ने जनाइएको छ।दोस्रो पटक कति मूल्यमा खोप खरिद गर्न लागिएको भन्ने यकिन भइसकेको छैन। ‘सेयरजस्तै उत्पादक कम्पनीले खोपको मूल्य बढाउन पनि सक्छन्। तर, हामीले बजारको मूल्यभन्दा सस्तोमा पनि खरिद गर्न सक्छौं’, सचिव अर्यालले भने।यसअघि भारतको सेरम इन्स्टिच्युटसँग चार डलरका दरमा २०
बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर अन्तर ९स्प्रेड दर० सीमा नघाउने बैंकहरूलाई कारबाही गर्ने भएको छ । बैंकहरूले ४ दशमलव ४ प्रतिशतभन्दा बढी स्प्रेड दर कायम गर्न नपाउने नीतिगत व्यवस्था भए पनि केही बैंकले यसको पालना नगरेको भन्दै राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिएको हो । स्प्रेड दर सीमाभन्दा बढी भएमा पनि कर्जाको ब्याजदरमा भार पर्नसक्ने भएकाले केन्द्रीय बैंकले यसमा नियन्त्रण गर्न खोजेको बताएको छ ।राष्ट्र बैंकले आइतवार परिपत्र जारी गर्दै कुनै महीनामा ब्याजदर अन्तरको सीमा नाघेमा सोही त्रयमाससम्ममा सीमाभित्र ल्याउन निर्देशन दिएको छ । ‘ब्याजदर अन
बिर्तामोड (नागरिक दैनिकबाट) प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरेपछि राजनीतिक रूपमा विभाजित नेकपा कानुनी रूपमा विभाजन नहुँदा समस्या परेको छ। संसद्मा अविश्वासको प्रस्ताव ल्याउनेदेखि ओलीलाई संसदीय दलको नेताबाट हटाउन दाहाल–नेपाल समूहलाई समस्या भएको छ भने संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएपछि दाहाल–नेपाल समूहले फ्लोर क्रस गरेमा कारबाही गर्न समस्या भएको छ।फ्लोर क्रस गर्ने सांसदहरूलाई कारबाही गर्ने पार्टीको केन्द्रीय कमिटीबाट अनुमोदन गर्नुपर्ने भएकाले दाहाल–नेपाल समूहका सदस्यहरूलाई कारबाही गर्न ओली समूहलाई अप्ठेरो छ। नेकपा राजनीतिक रूपमा विभाजन भए पनि कानुनी रूपमा वि
बिर्तामोड (नेपाल समाचारपत्रबाट) सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापित गरेपछि राजनीतिक दलको ध्यान संसद्मा केन्द्रित बनेको छ । सर्वोच्चको फैसलाअनुसार फागुन २३ गतेभित्र नै संसद् बैठक बोलाउनुपर्नेछ । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक अझै आह्वान गर्नुभएको छैन ।संसद् बैठक सुचारु भएसँगै नयाँ सरकार गठनको प्रक्रियासमेत अगाडि बढाउन नेकपा प्रचण्ड–नेपाल समूहले सक्रियता देखाएको छ । नयाँ सरकार गठनका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग प्रारम्भिक छलफल
बिर्तामोड कान्तिपुर दैनिकबाट कांग्रेसले नेकपाको आन्तरिक झगडाका कारण राष्ट्र र संसद्लाई लामो समय बन्धकमा राख्न नमिल्ने भन्दै विवाद चाँडो टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहलाई आग्रह गरेको छ । वैधानिक रूपमा नेकपा विभाजन हुनेरनहुने टुंगो लाग्न नसक्दा भावी सत्ता समीकरणमा अन्योल बढ्दै गएको छ ।कांग्रेसले प्रधानमन्त्री ओलीलाई पार्टी विभाजनका लागि अप्ठ्यारो परेमा दल विभाजनलाई सहज हुने गरी यसअघि ल्याएकै अध्यादेशलाई विधेयकका रूपमा ल्याए सहयोग गर्ने संकेत पनि दिएको छ । ‘हामीले नेकपालाई विभाजन गर्नुहोस् भन्न त भएन तर आन्तरिक झगडाका कारण लामो समय मुलुकलाई बन
बिर्तामोड नयाँ पत्रिकाबाट विश्वविद्यालयले झापास्थित बी एन्ड सी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन गरेको निर्णय विवादित बनेको छ । गत बुधबार भएको विश्वविद्यालय सभामा सहकुलपति तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बी एन्ड सीले सम्बन्धन पाउने–नपाउने टुंगो लगाउन प्रस्ताव गरेका थिए । त्यसमा सहमति भने भएको थिएन । तर, पछि रजिस्ट्रारबाट सभा सदस्यलाई पठाइएको माइन्युटमा भने सम्बन्धन प्रक्रिया अघि बढाउने निर्णय भएको उल्लेख छ ।शिक्षामन्त्री श्रेष्ठले बी एन्ड सीले सम्बन्धनका लागि ०७३ सालमा निवेदन दिएको, तर अहिलेसम्म सम्बन्धन दिने–नदिने निर्णय नभएकाले त्यसलाई टुंग्याउनुपर्ने प्रस्ताव राखेका थिए । त्
बिर्तामोड (कान्तिपुर दैनिकबाट) न्यायपालिकाको नेतृत्वका रूपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकाप्रति प्रश्न उठाउँदै कानुन व्यवसायीले संविधान संशोधनको माग अघि सारेका छन् ।नेपाल बार एसोसिएसनको साधारणसभा तथा ४७ औं केन्द्रीय कार्यकारिणी परिषद्ले १० वटा विषयमा ३० बुँदे घोषणापत्र जारी गर्दै संवैधानिक इजलासबारे संविधानमा भएको व्यवस्था संशोधनको माग गरेको हो । यीमध्ये पाँच विषयवस्तु न्यायालयको नेतृत्वसँग सम्बन्धित छन् ।नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कान्तिपुरसँग भने, ‘हामीले प्रधानन्यायाधीश भनेर व्यक्ति नै किटेका त छैनौं तर कतिपय विषय औंल्याएर सुझाव दिइएको छ, यी
बिर्तामोड( गोरखापत्र दैनिकबाट) फागुन १६ गते । प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा भएको छ । यो अवधिमा प्रदेश सरकारले सडक निर्माणलाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गरिरहेका छन् ।वार्षिक बजेटको ठूलो हिस्सा भौतिक पूर्वाधार निर्माणमा खर्च भइरहेको अवस्थामा सडक निर्माणले गति लिएको छ । प्रदेश सरकारले नागरिकको जीवनलाई सहज बनाउन र सेवा सुविधामा पहुँच वृद्धि गर्न सडक सञ्जाल विस्तारलाई प्राथमिकतामा राखेर काम गर्दै आएको हो ।प्रदेश सरकारले खासगरी आर्थिक सामाजिक विकासका लागि प्रादेशिक महìवका सडक तथा प्रदेश राजधानी, जिल्ला सदरमुकाम, स्थानीय तह र वडाका केन्द्र जोड्ने सडकलाई प्राथमिकताका साथ कार्यान्वयन गरिरह
बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) नेपालमा रोजगारीका लागि विभिन्न मुलुकबाट आउने नयाँ विदेशी कामदारको संख्या घटेको पाइएको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म नयाँ विदेशी कामदारको संख्या ३५ दशमलव ६ प्रतिशतले घटेको पाइएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।विभागका अनुसार माघ मसान्त (७ महीना) सम्म ५०४ जना नयाँ विदेशी कामदारले नेपालमा काम गर्न श्रमस्वीकृति लिएका छन् । गत आवको सोही अवधिमा भने ७८३ जना नयाँ विदेशी कामदार रोजगारीका लागि नेपालमा आएका थिए ।यस्तै यस अवधिमा नेपालमै कार्यरत ७९३ जना विदेशी कामदारले आफ्नो श्रमस्वीकृति नवीकरण गराएका छन् । गत आवको सोही अ
बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट ) नेपाल दाना उद्योग संघले कुखुराको दानाको मूल्य बढाउने तयारी गरेको छ । दाना उत्पादनका लागि आवश्यक कच्चापदार्थको मूल्य बढेपछि संघले यस्तो तयारी थालेको हो । यसअघि गएको माघमा समेत प्रतिकिलो २ रुपैयाँका दरले दानाको मूल्य बढाएको संघले पुनः प्रतिकिलो २ रुपैयाँ मूल्य बढाउने भएको छ ।अहिले अन्तरराष्ट्रिय बजारमै दाना उत्पादनका लागि आवश्यक पर्ने मुख्य कच्चापदार्थ ९भटमास०को मूल्य र यसको ढुवानी भाडादर समेत बढेको संघले बताएको छ । सोहीकारण दानाको मूल्य बढाउनैपर्ने अवस्था आएको नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले बताए । ‘अबको २ साताभित्र मूल्य बढाउने तयारी गरिएको छ,’
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.