पत्रपत्रिका

    Showing 321-330 of 1,254 items.
  • समय दोब्बर बित्यो, सकिएन व्यापारिक मार्ग विस्तार

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) दुई वर्षमा सक्ने लक्ष्य राखेर विस्तार थालिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग साढे ५ वर्ष बित्न लाग्दा पनि पूरा भएको छैन । देशकै मुख्य नाका र औद्योगिक कोरिडोरलाई जोड्ने व्यापारिक मार्गको स्तरोन्नतिमा भइरहेको ढिलाइले उद्योग व्यापारदेखि समग्र आवागमन समस्याग्रस्त बनेको छ ।वीरगञ्ज–पथलैयाको मितेरी पुलदेखि पथलैया र सुक्खा बन्दरगाह आईसीपी भएर हुने ढुवानी र आवतजावत सकसपूर्ण बनेको छ । शुरूमा ६ खण्डमा बाँडेर ठेक्का लगाएको व्यापारिक मार्ग विस्तार आयोजनाले पुल निर्माणलगायतका काम थपेर ठेक्कालाई १३ खण्डमा पुर्‍याइसकेको छ ।कुनै पनि खण्ड निर्माण सम्पन्न भने भएको छैन । अहिलेसम

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 103 पटक पढिएको
  • थपलियाविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धव थपलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेढ करोड बढी सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको भन्दै मुद्दा दायर गरेको छ ।आयोगले हाल अवकाशप्राप्त थपलियाले ३५ वर्षे सेवा अवधिमा उक्त रकम गैरकानूनी रूपमा आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।आयोगका अनुसार २०४० फागुन ६ देखि अवकाश भएको मिति २०७५ चैत ३० सम्ममा सृजित सम्पत्ति एवं खर्च तथा लगानीहरूमा गरिएको कुल खर्च र सोही अवधिको आयव्यय प्रवाहको विवरणअनुसार जाँच अवधिमा १ करोड २ लाख ८२ हजार २ सय ५८ रुपैयाँको स्रोत खुलेको छ । यहीअनुसार उनले सृजना गरेका सम्

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 102 पटक पढिएको
  • मानव अधिकार उल्लङ्घनमा १३ प्रतिशतलाई मात्रै कारवाही

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) हरेक वर्ष नयाँ नाराका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिए पनि मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरण हुन सकेका छैनन् ।राष्ट्रिय मानव अधिकार आयोगको तथ्याङ्कअनुसार पछिल्लो २० वर्षमा मानव अधिकार उल्लङ्घन, हत्या, हिंसालगायतका क्षेत्रसँग सम्बन्धित १२ हजार ८२५ वटा उजुरी दर्ता भएका थिए । तीमध्ये छ हजार ६१७ उजुरी फस्र्योट भएकोमा दोषीमाथि कानुनी कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन एक हजार १९५ सिफारिस गरिएको थियो ।सरकारलाई गरिएको सिफारिसको कार्यान्वयनको अवस्था भने निकै कमजोर छ । कारबाहीका लागि गरिएको सिफारिसमध्ये १३।६४ प्रतिशत मात्रै पूर्ण रूपमा कार्यान

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 109 पटक पढिएको
  • बालबालिकालाई ४ पुसदेखि मोडेर्ना खोप

    बिर्तामोड (राजधानी दैनिकबाट) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई ४ पुसदेखि कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिइनेछ । हिमाली जिल्लासहित ५७ जिल्लाका विद्यालयमै खोप केन्द्र तोकेर बालबालिकालाई खोप दिइने विभागले जानकारी दिएको छ ।यसअघि फाइजर खोप अभियान सञ्चालन भएका जिल्लाका बालबालिकालाई भने फाइजर खोप दिइनेछ । स्वास्थ्य सेवा विभागका खोप शाखाका प्रमुख सागर दाहालका अनुसार करिब १८ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने लक्ष्य राखिएको छ ।विभागका अनुसार ‘हिमाली जिल्लाको हकमा १ सयभन्दा बढी र अन्य

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 112 पटक पढिएको
  • काँग्रेस महाधिवेशनको अंकगणितमा निर्णायक सिटौला

    बिर्तामोड ( राजधानी दैनिकमाबाट) १३औं महाधिवेशनबाट कांग्रेसभित्र आफ्नो छुट्टै समूह स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाको समूह १४ औं महाधिवेशनमा पनि निर्णायक देखिएको छ । कांग्रेसको ६ वटा प्रदेशमा केही दिनअघि भएको प्रदेश अधिवेशनमा देखिएको परिणामलेसमेत सिटौला जता मिल्यो उही समूहले महाधिवेशनमा जित हात पार्ने देखिएको हो ।प्रदेश अधिवेशनका क्रममा प्रदेश १ मा सिटौला समूह देउवा समूहसँग मिल्दा सिटौला पक्षको पोल्टामा नतिजा आएको थियो भने बाग्मती प्रदेशमा सिटौला समूहले देउवा समूहलाई सघाउँदा देउवा समूहको पक्षका उम्मेदवार सभापतिमा निर्वाचित बनेका थिए ।यी सबै परिणामपछि संस्थापन समूहभित्र सिटौलालाई मिलाएर अघि

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 112 पटक पढिएको
  • एमसिसी संसद्को कार्यसूचीमा राखिँदै

    बिर्तामोड ( नागरिक दैनिकमा बाट) अमेरिकन सहयोग मिलिनिअम च्यालेन्ज कर्पोरेसन(एमसिसी)लाई आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने गरी कार्यसूची तयार गरिँने भएको छ। २०७६ असार ३० गते प्रतिनिधिसभामाको चौथो अधिवेशनमा दर्ता भएको एमसिसीलाई नवौं अधिवेशनमा आएर पारित गर्न खोजे पनि पारित हुन सकेन।दसौं अधिवेशन मंसिर २८ गते बोलाइएको छ। सो दिन पहिलो बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउने, ज्ञातरअज्ञात सहितप्रति एक मिनेट मौनधारण गर्ने र राष्ट्रपतिबाट जारी गरिएका छवटा अध्यादेश टेबुल गर्ने तयारी छ भने सोही दिन दोस्रो बैठक बसेर भए पनि एमसिसी प्रस्तुत गर्ने तयारीमा सरकार रहेको स्रोतको भनाइ छ। सरकारको तयारीका कारण संसद्

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 111 पटक पढिएको
  • ओली, नेपाल र प्रचण्ड एउटै मञ्चमा !

    बिर्तामोड (आजको नेपाल समाचारपत्र दैनिकबाट) नेपाली कांग्रेसको आजबाट शुरु हुने १४औं महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन् । कांग्रेसको निमन्त्रणालाई स्वीकार गर्दै उनी महाधिवेशनमा शुभकामना दिन जाने भएका हुन् । महाधिवेशनमा सहभागी हुन ओलीलाई कांग्रेसका सहमहामन्त्री डा। प्रकाशशरण महतले निवासमै पुगेर आग्रह गरेका थिए । महतको आग्रहअनुसार आफू शुभकामना दिन सहभागी हुने आश्वासन दिएका थिए । यसअघि कांग्रेसको औपचारिक निम्तो लिएर गएका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पनि अध्यक्ष ओलीले महाधिवेशनमा आउने जवाफ दिएका थिए ।एमालेको महाधिवेशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 131 पटक पढिएको
  • आर्थिक वृद्धिदर ७ प्रतिशत हुने अर्थमन्त्रीको दाबी

    बिर्तामोड (आर्थिक अभियान दैनिकमाबाट ) अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै प्राप्त हुने दाबी गरेका छन् । विभिन्न समस्याका कारण विगतमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने गरे तापनि अब त्यस्तो समस्या नहुने बताउँदै उनले लक्ष्य भेटिने दाबी गरेका हुन ।बिहीवार प्रतिनिधिसभाको अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री शर्माले अहिले कोभिड महामारीपछि ९८ प्रतिशत उद्योग, कलकारखानाहरू पुनः सञ्चालनमा आइसकेको बताए । सबैतिर आर्थिक गतिविधि बढेको र यसले पनि आर्थिक वृद्धिमा मद्दत पु¥याउने उनको भनाइ छ ।आर्थिक वृद्धिदर प्राप्त गर्न पछिल्लो समय मुख्य चुनौतीका रूपमा ‘क्लाइमेट

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 100 पटक पढिएको
  • ३३ स्थानीय तह विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) सरकारले १० जिल्लाका ३३ स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयका अनुसार, सुदूरपश्चिम स्थित छ जिल्लाका २० स्थानीय तह, प्रदेश १ स्थित तीन जिल्लाका ११ स्थानीय तह र लुम्बिनी प्रदेशको एक जिल्लाका दुई स्थानीय तह विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी यो घोषणा गरिएको हो ।मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले असोजमा अनपेक्षित रूपमा भएको वर्षाका कारण आएको बाढीपहिरोबाट बढी क्षति भएका तथा बस्ती नै सार्नुपरेका जिल्लाका स्थानीय तहलाई विपत् सङ्कट क्षेत्र घो

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 116 पटक पढिएको
  • एमाले केन्द्रीय कमिटी बैठकः १५ एजेण्डामा छलफल हुँदै

    बिर्तामोड (राजधानी दैनिकबाट) नेपाल कम्युनिस्ट पार्टी ९एमाले० केन्द्रीय कमिटीको बैठकमा बिभिन्न १५ एजेण्डामा छलफल हुनेछ । भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा २५ र २६ मंसिरमा बस्ने बैठकमा छलफल हुने एजेण्डा तय भएको छ ।केन्द्रीय सदस्य शेरबहादुर तामाङका अनुसार विभिन्न १५ एजेण्डामा बैठकमा छलफल हुने बताए । शपथग्रहण गर्न बाँकी केन्द्रीय सदस्यलाई शपथग्रहण गराउने, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय सदस्यमा मनोनयन, स्थायी कमिटी गठन, पोलिटव्युरो कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, नेताका जिम्मेवारी विभाजन, प्रदेशमा रिक्त पदाधिकारी मनोनयन केन्द्रीय कमिटीबाट हुने छन् ।त्यस्तै, जिल्ला र प्रदेश अधिव

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 105 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा