पत्रपत्रिका

    Showing 331-340 of 1,254 items.
  • कांग्रेस १४औं महाधिवेशनः सहमहामन्त्रीको आठ पद, ३३ आकांक्षी

    बिर्तामोड (राजधानी दैनिकबाट) नेपाली कांग्रेसको १४औं महाधिवेशनले १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय कार्यसमिति निर्वाचनमार्फत चयन गर्दै छ । विधानअनुसार कुल १ सय ६७ सदस्यीय केन्द्रीय समिति हुने भए पनि बाँकी भने मनोनीत हुने व्यवस्था विधानमा छ ।कांग्रेसको यो महाधिवेशनलाई संघीय संरचनाअनुसारको नेतृत्व चयनका हिसाबबाट पनि महत्वपूर्ण रूपमा हेरिएको छ । कांग्रेस विधानमा एक निर्वाचित सभापति, दुई जना निर्वाचित उपसभापति, सोही संख्यामा निर्वाचित महामन्त्री र संविधानले व्यवस्था गरेको क्लस्टरअनुसार आठ जना सहमहामन्त्री निर्वाचनमार्फत पदाधिकारीमा चयन हुनेछन् ।कांग्रेस विधानअनुसार सभापति बन्न कम्तीमा १५ वर्ष निरन्त

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 104 पटक पढिएको
  • सिटौला फकाउँदै पौडेल, सल्लाह गर्छुः सिटौला

    बिर्तामोड (राजधानी दैनिकबाट) नेपाली कांग्रेसभित्र महाधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । महाधिवेशनको मिति नजिकिएसँगै सभापतिका आकांक्षीहरू शीर्ष नेताहरूको समर्थन खोज्न दौडधुपमा छन् ।यस्तै, दौडधुप गर्दै बुधबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको चन्डोलस्थित निवासमा पुगे । सो क्रममा पौडेलले सिटौलालाई कांग्रेसले अब नेतृत्व परिवर्तन गरेर अघि बढ्नुपर्ने भन्दै एकपटक आफूलाई सहयोग गर्न आग्रह गरे ।भेटमा सहभागी सिटौलानिकट नेता प्रदीप पौडेलका अनुसार पौडेलले सिटौलालाई आफू सर्वसम्मत रूपमा संस्थापन इतर समूहबाट सभापति बन्ने प्रयासमा रहेको भन्दै सघाउन आग्रह गरेका थिए ।‘राम

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 108 पटक पढिएको
  • पुनर्बीमा निर्देशनसम्बन्धी विवाद : विशेष कार्यदल बनाउने

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) स्वदेशी कम्पनीमै पुनर्बीमा गर्न जारी गरिएको निर्देशनसम्बन्धी विवादलाई समाधान गर्न बीमा समितिले विशेष कार्यदल बनाउने भएको छ । यसै साता विशेष कार्यदल बनाएर पुनर्बीमा निर्देशन विवादलाई सहमतितर्फ अगाडि बढाउने समितिको तयारी छ ।गत मङ्सिर ९ गते बीमा समितिले निर्जीवन तथा जीवन बीमा कम्पनीहरूलाई स्वदेशी कम्पनीमा नै पुनर्बीमा गराउन निर्देशन दिएको थियो । स्वदेशी कम्पनीले पुनर्बीमा लिन नमानेको अवस्थामा मात्र विदेशी कम्पनीमा पुनर्बीमा गर्नुपर्ने समितिको निर्देशन थियो । समितिको उक्त निर्देशन जारी भएपछि बीमा कम्पनी तथा सरोकारवालाहरूले चौतर्फी रूपमा विरोध गर्दै आएका छन् । साथ

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 114 पटक पढिएको
  • उम्मेदवार छान्नै हम्मे

    बिर्तामोड (आजको राजधानी दैनिक) नेपाली काँग्रेसकोे १४ औं महाधिवेशन भोलि शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेस महाधिवेशनमा सभापतिदेखि पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेसभित्रको संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे परेको छ ।संस्थापन पक्षले उम्मेदवारबारे छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार आफ्नो समूहको बैठक राखेको थियो भने संस्थापन इतर पक्षले बिहान बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्ड र दिउँसो ठमेलस्थित नेता प्रकाशमान सिंहको निवासमा बैठक राखेको थियो ।तर, संस्थापन र इतर दुवैतर्फको बैठक उम्मेदवारबारे कुनै टुंगो नै नलगाई बिनानिष्कर्ष सकिएको हो । सं

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 109 पटक पढिएको
  • ‘फ्री भिसा फ्री टिकट’ को विकल्प खोज्न बहस सुरु

    बिर्तामोड (नागरिक दैनिक) वैदेशिक रोजगारीमा लागु भएको ‘फ्री भिसा फ्री टिकट’ को व्यवस्थाबाट सरकार र विदेश जाने दुवै पक्षले फाइदा उठाउन नसकेपछि विकल्प खोज्न बहस सुरु भएको छ।सरकारले नियम लागु गरे पनि म्यानपावर कम्पनीहरूले त्यसअनुसार फ्री भिसा टिकटको व्यवस्था गर्न नसक्दा कामका लागि विदेश जाने युवालाई पहिलेजस्तै हजारौं रुपैयाँ तिर्नुको विकल्प छैन। अर्कोतिर विदेश जानेबाट लाखौं रुपैयाँ लिएर पनि म्यानपावर कम्पनीले १० हजार रुपैयाँभन्दा धेरै आम्दानी देखाउन सकेका छैनन्।यसले वार्षिक करोडौं कमाउने व्यवसायीबाट पनि सरकारले कर असुली गर्न सकेको छैन। फ्री भिसा टिकटको नियमले दुवै पक्ष फाइदामा नदेखिएपछि सरकारले वि

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 105 पटक पढिएको
  • २ सयभन्दा बढी नेपाली चलचित्रको अस्तित्व संकटमा

    बिर्तामोड (आजको राजधानी दैनिकबाट) सम्बन्धित चलचित्रको नेगेटिभलाई राम्ररी भण्डारण गर्न नसक्दा २०३० देखि २०६० सालसम्मका २ सयभन्दा बढी चलचित्रको भौतिक अस्तित्व अहिले संकटमा छ । ती चलचित्रको त्यतिबेला बनाएको प्रिन्ट बिग्रिसकेका छन् । नयाँ प्रिन्ट बनाउन ती नेगेटिभ सही रूपमा चाहिने भएको छ ।यही समस्यालाई मध्यनजर राख्दै निर्माता निर्देशक यादव खरेलले आफ्ना दुई चलचित्र ‘प्रेमपिण्ड’ र ‘आदिकवि भानुभक्त’को नेगेटिभलाई युनिभर्सिटी अफ लस एन्जल्स क्यालिफोर्निया, अमेरिकामा राखेका छन् । विश्वका महŒवपूर्ण सिनेमा राखिएको यो विश्वविद्यालयबाट यी दुई चलचित्रलाई कुनै पनि समय डिजिटलमा प्रिन्ट निकालेर पुनः प्रदर्शन गर्न

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 106 पटक पढिएको
  • के हुँदैछ ललिता निवास प्रकरण ?

    बिर्तामोड (आजको अन्नपूर्ण पोस्ट दैनिकबाट) नक्कली गुठी र मोही बनाएर प्रधानमन्त्री निवास क्षेत्रको १ सय ३६ रोपनी जग्गा बाँडिएको ‘ललिता निवास’ प्रकरण किनारामा पुुगेको छैन। अर्बौं रुपैयाँ बराबरको सरकारी सम्पत्ति अपचलन गरिएको उक्त प्रकरणमा १ सय ७५ जनालाई अख्तियारले मुद्दा चलाएको छ।राजनीतिकर्मी, कर्मचारी र भूमाफियाको मिलेमतोमा मूल्यवान सरकारी जग्गा कसरी व्यक्तिका नाममा पुग्छ भन्ने यो दह्रिलो उदाहरण हो। यसमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास नै हडपिएको छ।यसलाई छानबिन गर्न सरकारले २०७५ जेठ १४ मा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति बनायो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्र

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 110 पटक पढिएको
  • राष्ट्रिय सभा निर्वाचनः पुस २० मा मनोनयन, माघ १२ मा मतदान

    बिर्तामोड (आजको राजधानी दैनिक)  निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त हुन गइरहेको १९ पदमा १२ माघमा निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम तथा कार्यतालिका स्वीकृत गरेको छ ।आयोगले २० फागुनबाट रिक्त हुने राष्ट्रिय सभातर्फका १९ पदमा १२ माघमा निर्वाचन गर्नेगरी मंगलबार निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको हो । स्वीकृत तालिकाअनुसार २० पुसमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभातर्फ रिक्त हुन गइरहेको १९ पदमा १२ माघमा निर्वाचन गर्नेगरी कार्यक्रम तय गरिएको जानकारी दिए ।‘राष्ट्रिय सभातर्फ १९ पद रिक्त हुँदै छ, रिक्त हुनुअघि नै निर्वाचन गर्नेगरी आयोगले

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 141 पटक पढिएको
  • बास्मती चामल प्रकरणः खाद्यलाई सरकारले किन कारवाही गरेन ?

    बिर्तामोड ( आजको राजधानी दैनिकबाट) उपभोक्तालाई झुक्यार कुहिएकोे बास्मती चामल बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई कारबाही नगरी सरकार मौन बसेको छ खाद्य कम्पनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर्गतको हो । कम्पनीको सञ्चालक समितिको अध्यक्ष मन्त्रालयको सचिव रहने व्यवस्था हुन्छ । कम्पनीले मनपरी गर्दा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई विभागीय मन्त्रालयले समेत कारबाही गर्न सक्छ । तर, मन्त्रालयले कारबाही गर्नुको साटो उनीहरूलाई नै प्रोत्साहित गर्ने गरेको छ ।सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गर्न नसक्दा सो मन्त्रालयको जिम्मेवारी स्वयं प्रधानमन्त्री शेरबहादु

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 116 पटक पढिएको
  • ओमिक्रोन भेरियन्ट देखिएका दुई विदेशी संक्रमणमुक्त

    बिर्तामोड (आजको गोरखापत्र दैनिकबाट) कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएका दुई जना विदेशी नागरिकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।उनीहरूलाई मङ्गलबार कोरोना परीक्षण गरिएकोमा कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले मङ्गलबार गरिएको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।गत मङ्सिर ३ गते नेपाल आएका ६६ र ७१ वर्षीय दुई विदेशी नागरिकको जिन सिक्वन्सिङ गर्दा उनीहरूलाई कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।प्रवक्ता डा. पौडेलले हाल पनि उनीहरूको अवस्था सामान्य रहेको र क्वारेन्टाइनमा बसिरह

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 108 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा